• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हार्नेलाई दुःख नलागेको एक खेल

64x64
ऋग्वेद शर्मा बुधबार, पुस ९, २०७६  १८:३१
1140x725

पोखरा- खेलको मजा त जितमै छ। प्रदीप सिंह ऐरीले भनेको जस्तो ‘जित्न को नचाहाला, जित्दा को खुसी नहोला?’ कसैको जितको उत्सवमा कसैलाई हुने हारको पीडा खेलमा सँगै जोडिन्छन्। तर, आज एउटा त्यस्तो खेल भयो, जहाँ जित्नेको खुसी चुलिएको थियो भने हार्नेलाई पनि दुःख थिएन। 

दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्स र बुटवल ब्लास्टर खेले। जहाँ विराटनगरले अप्रत्याशित नतिजा निकाल्दै प्लेअफमा स्थान बनायो। विराटनगरको उत्साहपूर्ण जितले प्लेअफको आशमा रहेको काठमाडौं गोल्डेन वारियर्स प्रतियोगिताबाट बाहिरियो। 

‘हामीसँग त्यसरी खेल्नुको विकल्प थिएन। यो खेल जित्नु नै पर्ने थियो। त्यो पनि हामी प्लेअफमा पुग्ने गरी जित्नु थियो। त्यसले गर्दा हामीहरुले आज नडराइकन आफ्नो स्वभाविक खेल देखायौँ। सकारात्मक भएर ब्याटिङमा गयौँ’ जितपछि विराटनगरका कप्तान प्रदीपले भने। 

१ सय ३४ रनको लक्ष्य १२.३ ओभरमा पूरा गर्नुपर्ने स्थितिमा विराटनगरले उत्कृष्ट ब्याटिङ देखाउँदै ११.४ ओभरमा ६ विकेट जाँदा लक्ष्य पूरा गरेको हो। जसले काठमाडौंभन्दा नेट रन रेटमा राम्रो बनाउँदै विराटनगर प्ले अफमा पुगेको छ। दुई–दुई खेल जितेका काठमाडौं र विराटनगरको समान चार अंक थियो। जहाँ विराटनगरको नेट रन रेट ०.४७५ रह्यो भने काठमाडौंको ०.३९ थियो। 

यसअघि लिगको पहिलो खेलमा विराटनगर धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले हराएको विराटनगर तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो। चौथो खेलमा विराटनगर चितवनसँग १८ रनले हारेको थियो। 

यस्तै पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले हारेको थियो। तेस्रो खेलमा पोखरालाई ८ विकेटले हराएको बुटवलले चौथो खेलमा धनगढीलाई ७ विकेटले हराएको थियो। 

पछिल्ला खेलहरुमा बुटवलले जुन स्तर देखाएको थियो त्यसको निरन्तरता विराटनगरविरुद्धको खेलमा भने हुन सकेन। विराटनगरले अनावश्यक ओभर थ्रोमा पाएका केही रन र मिसफिल्डका गल्तीलाई छाडेर हेर्दा पनि खेलप्रति बुटवलको विशेष लगाव थिएन। न त हारपछि नै आफूहरुको खराब प्रदर्शनको चिन्ता नै थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरु प्लेअफमा पुगिसकेकाले फाइनल पुग्ने खेलका लागि सोच बनाइरहेको विराटनगरविरुद्ध बुटवलको कप्तानी गरेका सिद्धान्त लोहनीले बताए। 

‘प्लान खासै त्यही हो, आफ्नो बेस्ट दिने भन्ने थियो। यो खेलमा नयाँ केटाहरुले पनि चान्स पाएको हो, खासै त्यही हो’ खलेलअघिको योजना के थियो भन्ने प्रश्नमा सिद्धान्तले दिएको जवाफ हो यो। 

सोमपाल कामी, ललित सिंह भण्डारी जस्ता खेलाडीलाई आराम दिएको बुटवलले विराटनगरविरुद्ध जितको सोच भन्दा अभ्यास खेलमा जस्तो प्रयोगहरु गरिरहेको थियो। 

Xtrem

Xtrem

‘हामीले खेललाई महत्व नदिएको भन्ने होइन, सोमपाल त पहिलेदेखि नै अलि घाइते रहेकाले आराम दिएका थियौँ। ललितको पनि पछिल्लो खेलमा चोट देखिएकाले महत्वपूर्ण खेलका लागि भनेर आराम दिएका हौँ।

आज खेलाएका केही खेलाडी उतिधेरै अनुभवि थिएनन्। हामीले आजको खेललाई भन्दा पनि फाइनल पुग्ने खेललाई नै केन्द्रमा राखेर सोचेका हौँ’ खेलपछि सिद्धान्तले भने। 

खेलमा पहिले देखिएको जस्तो प्रदर्शन नहुनु र सुरुदेखि नै सम्हालिन नसक्नुमा सिद्धान्त भन्छन्– ‘हामीले सम्हाल्न नसकेको भन्दा पनि मुख्य बलरहरु रेस्टमा थिए। नयाँ बलरहरुलाई मौका दिएका थियौँ। केटाहरुले राम्रै इफोर्ट लगाएका थिए, अलिकति हामी फिल्डङमा यताउता भएर चाहिँ खेल हार्न पुग्यौँ। अलिकति विकेटका लागि गएको र उनीहरुको पार्टनरसिप तोड्न रनआउटको चान्स लिँदा ओभर थ्रोहरु गएको हो।’

बुटवललाई विराटनगरविरुद्धको लिगको अन्तिम खेलमा चासो नभए पनि विराटनगरका लागि खेल ‘गर या मर’कै स्थितिमा थियो। यसैले आफूले सक्दो प्रयास विराटनगरका खेलाडीले गरे। त्यसमा बुटवले मिसफिल्डमार्फत दिएका रनहरु त बोनस भइनै हाले। 

‘हामीले आजको खेलमा टस जित्नु पनि आवश्यक थियो। पहिले ब्याटिङ गरेको भए भए धेरै अन्तरमा जित्नुपर्ने हुन्थ्यो। धेरै अन्तरमा जित्न भन्दा पनि थोरै रनमा उनीहरुलाई आउट पारेर छिटो लक्ष्य पूरा गर्न सहज हुन्छ जस्तो लागिरहेको थियो, नभन्दै टस पनि जित्यौं र त्यस्तै भयो’ खुसी हुँदै प्रदीपले सुनाए। 

बुटवललाई अझ कम रनमा रोक्न सक्छौँ जस्तो लागे पनि १ सय ३४ रनको लक्ष्य पाएपछि नै आफूहरुले आवश्यक रन रेटमा नै जित्न सक्छौँ भन्ने सोचेको प्रदीप बताउँछन्।

‘हामी सुरुदेखि नै रनका लागि बढ्नु भन्दा अरु विकल्प थिएन। एक ओभरमा दुई बाउन्ड्री हानेर बढ्नुपर्ने थियो। त्यस्तै हुँदै पनि गयो’ उनले भने।

आफूहरुलाई जित्नैपर्ने दबाब नभई सकरात्मक खेलमा बढ्न पाएकाले हुने प्रदीपको भनाइ छ। ‘हामीहरुको टिममा युवा खेलाडीहरु नै छौं। जित्नै पर्छ भन्ने दबाब छैन। हामीहरु आफ्नो खेलमा ध्यान दिएर खेलिरहेका छौँ। हरेक खेललाई विचार गर्दै बढीरहेका छौँ। ठूलो अन्तरमा खेल हारेका पनि छैनौँ’ उनले भने। 

पाँच खेलमा पाँच खेल नै जितेर चितवन राइनोज फाइनलमा पुगिसकेको छ। बिहीबार साढे १२ बजे हुने विराटनगर र बुटवलबीचकै खेलले फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। 

‘अब भोलिको खेलमा उनीहरुको पनि केही परिवर्तनहरु हुन्छ होला हामी पनि राम्रो खेल्नका लागि योजनाहरु बनाउने छौँ’ प्रदीपले सुनाए। 

सिद्धान्त पनि फाइनल पुग्ने खेलका लागि आफूहरुको योजना केही फरक हुने भन्दै सुनाउँछन्- ‘आज जे जे गल्ती गरियो भोलि सकेसम्म त्यस्तो गल्तीहरु नहोस् भन्ने सोचेर नै खेल्ने हो। सबै केटाहरुले पनि आज हाम्रो कमजोरी के हो भन्ने बुझ्नुपर्छ।’

सबै खेलाडीको योगदान महत्वपूर्ण रहे पनि अरु खेलमा जस्तै बुटवलविरुद्ध विराटनगरको जितमा केन्द्रमा रहे भारतीय खेलाडी पुनित मेहरा र पाकिस्तानी खेलाडी मोहम्मद जायद आलम।

ब्याटिङमा १० बलमा २४ रन हानेका जायद आलमले ४ ओभर बलिङ गरेर २० रन खर्चंदै ४ विकेट लिएका थिए। यस्तै पुनितले चौथो क्रममा ब्याटिङमा आएर १७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए। जसले ओपनिङ ब्याट्सम्यानले दिएको आवश्यक जितको आधार अघि बढ्यो। 

प्रतियोगिताभर ५ इनिङ ब्याटिङमा ५२ रन मात्र बनाएका जायद आलमको ब्याट राम्रो नचले पनि उनले बलिङमा ५ इनिङमा ८ विकेट लिएका छन्। यस्तै बलिङमा ५ इनिङमा ५ विकेट लिएका पुनितले ब्याटिङमा १ सय ८५ रन बनाइसकेका छन्। जुन प्रतियोगिताकै सर्वाधिक तेस्रो रन हो। 

बुटवललाई हराएर प्ले अफमा पुगेको खेलपछि पुनित भन्छन्- ‘यो निकै राम्रो जित हो। हाम्रो टिमको उद्देश्य त्यही नै थियो। अब टिमको मनोबल नै बढेको छ। हामीले सोचेअनुसार नै खेल बढ्यो। सुरुको ओभरदेखि नै राम्रो ब्याटिङ गर्न सक्यौँ।’

‘मैले टिमका सबैबाट राम्रो सहयोग पाइरहेको छु। त्यसरी समर्थन पाएपछि राम्रो गर्न सकिन्छ नै। हामीले जित्नुमा कुनै एक खेलाडीको भन्दा पनि सबैको उत्ति नै योगदान छ’ आफ्नो राम्रो प्रदर्शनबारे पुनितले भने। 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड आइतबार, असोज १८, २०८३
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा आइतबार, असोज १८, २०८३
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी आइतबार, असोज १८, २०८३
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्