• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
झाडी, बगर र चिहान यसरी बन्यो हराभरा कृषि भूमि कृषि, भेटनरी र व्यवस्थापनका स्नातक भन्छन्- कृषिमै लाग्छौं
64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १६:२४
1140x725

भैरहवा- रुपन्देहीको गैडहवा गाँउपालिका-८ हसनापुरस्थित बगरैबगरको कुट्टा नाका। दानव नदी छेउको उक्त स्थानमा बगरबाहेक केही थियो भने त्यो हो झाडी र चिहान। उजाडलाग्दो देखिने त्यो ठाँउमा कुनै खेती अनुमानसमेत गर्न सहज लाग्दैनथ्यो धेरैलाई कतिपय ठाउमा पानी जम्ने गर्दथ्यो भने कतिपय ठाँउमा बालुवा र ढुङगाका थुप्रा थिए। आठ वर्षअघिसम्म यस्तै थियो कुट्टा नाका वरपरको स्थान र दृश्य। तर अहिले सो स्थानको स्वरूप फेरिएको छ। खोला छेउका पानी जम्ने ठाउँमा पाखेरी खनेर माछापालन गरिएको छ भने बाँकीमा व्यवसायिक कृषि खेती। 

झाडी र बगरमात्र भएको सो स्थानमा माछापालनदेखि व्यवसायिक कृषि खेती र व्यवसायिक पशुपालन गरिएको देख्न सकिन्छ। हराभरा देखिने सो उराठलाग्दो स्थान अहिले मनमोहक बनेको छ। घुम्नलायक बनेको छ। 

बाँझो र बगरलाई हरियाली र मनमोहक बनाउने काम शुद्धोधन गाँउपालिका-७ का कृषि प्राविधिक नारदमुनि यादवको परिवारले गरेका हुन्। नारदमुनिले ३ भाई छोरालाई साथमा लिएर व्यवसायिक कृषि कर्ममा जुटेपछि उक्त स्थान मरुभूमिबाट हरियालीमा परिणत भएको हो। नारदमुनि र छोराहरू गार्जेस, दुर्गेश र दिनेशको अथक प्रयासबाट व्यवसायिक कृषि शुरु गरिएको हो। उनीहरुले आरम्भ एकीकृत कृषि फर्मको स्थापना गरी स्थानीय सामुदायिक स्कुल र बनको उपयोगहीन जग्गालाई ठूलो परिश्रम र लगानी लगाएर बगरलाई हरियालीमा परिणत गरेका हुन्। 

गैडहवास्थित हसनापुर माविको ६८ बिघा, शुद्धोधन गाँउपालिका-३ स्थित गुरौली माविको ११ बिघा र देउराली सामुदायिक वनको ५ बिघा र २ बिघा बगैंचा गरी ८४ बिघा जग्गामा व्यवसायिक कृषि पेसा शुरु गरेका छन्। 

नारदमुनिले छोराहरूलाई कृषि, भेटनरी तथा व्यवस्थापन विषय पढाएर सबैको साथ र सहयोगमा व्यवसायिक कृषि खेतीको सुरु गरेको बताए। नारदमुनिका जेठो छोरा गार्जेसले भेटेनरी विज्ञानमा स्नातक (ब्याचलर इन भेटनरी साइन्स) गरेका छन्। माइला दुर्गेशले बिएससी-एजीको अन्तिम सेमेस्टर अध्ययन गरिरहेका छन्। र कान्छो छोरा दिनेशले बिबिएस पढेका छन्।

उनीहरू तीनै जना कृषि व्यवसाय खटिँदै आएका छन्। बुबा नारदमुनि आफैं पनि कृषि प्राविधिक हुन्। पछिल्लो समय नारदमुनिकका जेठा र माईला छोराले फर्मलाई व्यवस्थित रुपमा चलाउँदै आएका छन्। कान्छा छोराले फर्मको हिसाबकिताब हेर्छन्।

बिएससी-एजीको अन्तिम सेमेस्टर पढ्दै गरेका दुर्गेशले अहिले अधिकांश समय फार्ममा बिताउदै आएका छन्। '२०६८ सालमा २० वर्षका लागि लिजमा लिने बेलामा यो पुरै बगर थियो, कतिपय ठाउँमा पानी जमेको थियो,' २५ वर्षीय दुर्गेशले भने, 'करोडौं लगानी खर्चेर अहिले उजाड जग्गालाई हरियाली बनाएका छौं।' बिएससी एजीको पढाइ पूरा गरेपछि पनि आफू सरकारी तथा नीजि स्तरको नोकरी नगरी कृषिमै रमाउने प्रतिबद्धता जनाए।

आफूलगायत दाजु र भाई पनि कृषिमा नै लाग्ने अठोट व्यक्त गरेको उनले सुनाए। अहिलेसम्म उक्त जग्गामा ५ करोडभन्दा बढीको लगानी लागेको छ। ८४ बिघा जग्गामा अहिले माछा, कुखुरा, भैसी, बाख्रा, व्यावसायिक कृषिदेखि लिएर टिएमआर ब्लक मेकिङ मेसिनबाट टोटल मिक्सर रासन ब्लक उत्पादन गर्दै आएका छन् यादवले। 

प्रदेश ५ सरकारको अनुदानमा टिएमआर ब्लक मेकिङ मेसिन जडान गरी टोटल मिक्सर रासन ब्लक उत्पादन गर्दै आएको दुर्गेशले बताए।

प्रदेश सरकारको अनुदानसमेत रहेको उक्त फर्म प्रदेशकै ठूलो र नमूना एकीकृत कृषि फार्म बनेको छ। 

नेपालमा पछिल्लो समय जग्गा जमीन बाझो राख्ने क्रम बढ्दो छ तर यादव परिवारले भने कृषिमा भविष्य उज्वल देखेको छ। 'हामी कृषि पेशाबाट पूर्ण रूपमा सन्तुष्ट छौं, तर सरहकारी तहबाटै अनावश्यक दुःख दिने काम रोकनु पर्‍यो। सरकारी क्षेत्रबाट सहयोगको सट्टा अनावश्यक टर्चर दिने गरिएको छ,' उनले सरकारले अनुदान दिएकै कारण आफूहरूलाई अनावश्यक सास्ती दिने गरेको गुनासो गरे।  

बगर यसरी बन्यो हरियाली
बाझो र बगरलाई खेतीयोग्य जमिन बनाउन यादव परिवारले कडा परिश्रम गर्नु परेको बताएको छ। करोडौं लगानी र कडा परिश्रमले हामीले यो जग्गालाई देख्न लाएक बनाएका छौं,' दुर्गेशले भने, 'पहिलेको झाडी र बगरलाई यो अवस्थामा देख्दा निकै आनन्द आउँछ।' 

यादव परिवारले सुरुमा मास छरेर फार्म सुरु गरेका थिए। त्यसपछि घाँस, उखु, बदाम, मेवा, खर्बुजाजस्ता बगरखेती गरेको थियो। 'त्यसमध्ये कतिपय खेतीले राम्रै आम्दानी गर्‍यो भने कतिपयले पाठ सिकायो,' दुर्गेश भन्छन्, 'अहिले भैंसी, बाख्रा, माछा र लोकल जातका कुखुरापालन गर्नुका साथै बिज वृद्धिका लागि गहुँको खेती गरिरहेका छौं।'

बगर खेतीलाई उत्कृष्ट बनाएको भन्दै नारदमुनि यादव राष्ट्रपति उत्कृष्ट कृषकबाट २०७१ सालमा नगदसहित सम्मानित समेत भएका थिए। त्यो हौसलाले उनलाई थप प्रेरणा प्रदान गर्‍यो, जसले गर्दा यादव परिवार अहिले मरुभुमिसरह रहेको जमिनलाई हरियाली बनाउन सफल भएको छ। 

मनग्य आम्दानी 
यादव परिवारले कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सफल भएको छ। राम्रो आम्दानीका लागि विदेश जाने प्रवृत्ति निरुत्साहित गर्न पनि कृषि उद्यमबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ यादव परिवार। 'कृषि उद्यमबाट हामीले वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छौं,' दुर्गेसले नेपाल लाइभसँग भने, 'माछा, कुखुरा, बाख्रा र भैंसीबाट राम्रो आम्दानी छ।' 

आरम्भ कृषि फार्मले ५ बिघामा माछापालन, ३५ बिघामा बिज वृद्धिका लागि गहुँ खेती, भैंसी र बाख्रा चरनका लागि ५ बिघा तथा बाँकी जग्गामा बगैँचा स्थापनादेखि अन्य कृषि कार्यका लागि प्रयोग गर्दै आएको छ।

माछापालनबाट बार्षिक एक करोड बढीको आम्दानी गर्दै आएको जनाएको छ भन्ने अन्यबाट आधा करोड बढीको आम्दानी गर्दै आएको बताएको छ।

फार्मले अहिले मुर्गा र लोकल गरी ३५ भैंसी, ८० बाख्रा, ४ सयभन्दा बढी लोकल कुखुराका साथै माछापालन गरिरहेको छ।

वार्षिक ३ हजार टन पशुको पूर्ण मिश्रित आहार (टोटल मिक्स्चर रासन ब्लक मेकिङ-टिएमआर) उत्पादन गर्ने गरी काम गरिरहेको छ।

पशुपालनका लागि आवश्यक पर्ने गुणस्तरीय आहारा जुटाउन पशु आहार उद्योगको अवधारणा ल्याएको फार्मका संचालक दुर्गेशले उल्लेख गरे।

प्रदेश–५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४५ लाख रुपैयाँ अनुदान र फार्मको ५६ लाख गरी एक करोड बढी लगानीमा पशु आहारको टिएमआर ब्लक उत्पादन गरिरहेको दुर्गेशले बताए। 

यो उद्योगले परालको भुस, गहुँको भुस, मसुरोको भुस आदिमा पौष्टिक तत्तव मिलाएर ब्लक आकारको तयारी आहार उत्पादन गर्ने गरिरहेको छ।

यो उद्योगका लागि आवश्यक कच्चा पदार्थका लागि फार्मले ३५ बिघा खेतमा गहुँ बाली लगाएको छ।

वार्षिक ३ हजार टन टिएमआर ब्लक उत्पादन गर्ने फार्मको लक्ष्य छ।

दुर्गेशका अनुसार, फार्ममा ८ जना नियमित र ४ जना ज्यालादारी गरी १२ जनाले रोजगारी पाएका छन्।

माओवादी द्वन्द्वकालमा मान्छे मार्ने र गाडी लुकाउने ठाँउ
गैडहवा-८ हसनापुरको कुट्टा नाका तत्कालीन समयमा द्वन्द्वरत माओवादीलाई सुरक्षा सेल्टरका लागि सुरक्षित स्थानका रूपमा रुपमा चिनिन्थ्यो।

माओवादीले कब्जामा लिएका सवारी साधन लुकाउनेदेखि लिएर सुरक्षाकर्मीबाट जोगिने ठाँउ थियो यो। जसरी माओवादी रुपान्तरण हुँदै गयो, यो स्थान पनि रुपान्तरण हुँदै अहिले हरियाली बन्न पुगेको छ।

'हामीले लिजमा लिएर कृषिका लागि जग्गा तयार गर्दा कतिपय ठाँउमा मानव कंकालसमेत फेला पारेका थियौं,' कृषक दुर्गेश भन्छन्, 'सबै पन्छाएर अहिले खेती गर्दै आएका छौं।' 

सरकारी नीति सुधार गर्न आग्रह 
व्यवसायिक कृषिलाई अंगाल्दै आएको यादव परिवारले सरकारी नीति किसानमैत्री नभएको बताएको छ। कृषि तथा पशुपालन सम्बन्धी सरकारको नीति सहज नभएका कारण वास्तविक किसानले अहिले पनि निकै दुःख पाउनु परेको दुर्गेशले बताए।

गत वर्ष प्रदेश ५ सरकारबाट टिएमआर ब्लक आहार उत्पादनका लागि ४५ लाख अनुदान पाएको यादव परिवारले सरकारको कृषि नीति र रवैयाका कारण भने प्रताडित हुनु परेको गुनासो गरेको छ। 

प्रदेश सरकारले अनुदान दिए पनि प्राविधिक सहयोग गर्नुपर्नेमा उल्टै निरूत्साहित गर्ने काम गरेको उनको गुनासो छ। 'अनुदान दिएका छौं' भन्दैमा प्राविधिक र व्यवहारिक पक्ष नहेरी हचुवाको भरमा का

म भएको छैन भनेर किसानलाई अनावश्यक दुःख दिने, गलत प्रचार गर्ने र प्रताडित गर्ने काम प्रदेश सरकारबाट भयो दुर्गेशको गुनासो पोख्दै भने सरकारले यस्तै रबैया राखे आफूहरूले लिएको अनुदान फिर्ता गर्नु पर्ने हुन्छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्