• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

झाडी, बगर र चिहान यसरी बन्यो हराभरा कृषि भूमि

कृषि, भेटनरी र व्यवस्थापनका स्नातक भन्छन्- कृषिमै लाग्छौं
64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १६:२४
1140x725

भैरहवा- रुपन्देहीको गैडहवा गाँउपालिका-८ हसनापुरस्थित बगरैबगरको कुट्टा नाका। दानव नदी छेउको उक्त स्थानमा बगरबाहेक केही थियो भने त्यो हो झाडी र चिहान। उजाडलाग्दो देखिने त्यो ठाँउमा कुनै खेती अनुमानसमेत गर्न सहज लाग्दैनथ्यो धेरैलाई कतिपय ठाउमा पानी जम्ने गर्दथ्यो भने कतिपय ठाँउमा बालुवा र ढुङगाका थुप्रा थिए। आठ वर्षअघिसम्म यस्तै थियो कुट्टा नाका वरपरको स्थान र दृश्य। तर अहिले सो स्थानको स्वरूप फेरिएको छ। खोला छेउका पानी जम्ने ठाउँमा पाखेरी खनेर माछापालन गरिएको छ भने बाँकीमा व्यवसायिक कृषि खेती। 

झाडी र बगरमात्र भएको सो स्थानमा माछापालनदेखि व्यवसायिक कृषि खेती र व्यवसायिक पशुपालन गरिएको देख्न सकिन्छ। हराभरा देखिने सो उराठलाग्दो स्थान अहिले मनमोहक बनेको छ। घुम्नलायक बनेको छ। 

बाँझो र बगरलाई हरियाली र मनमोहक बनाउने काम शुद्धोधन गाँउपालिका-७ का कृषि प्राविधिक नारदमुनि यादवको परिवारले गरेका हुन्। नारदमुनिले ३ भाई छोरालाई साथमा लिएर व्यवसायिक कृषि कर्ममा जुटेपछि उक्त स्थान मरुभूमिबाट हरियालीमा परिणत भएको हो। नारदमुनि र छोराहरू गार्जेस, दुर्गेश र दिनेशको अथक प्रयासबाट व्यवसायिक कृषि शुरु गरिएको हो। उनीहरुले आरम्भ एकीकृत कृषि फर्मको स्थापना गरी स्थानीय सामुदायिक स्कुल र बनको उपयोगहीन जग्गालाई ठूलो परिश्रम र लगानी लगाएर बगरलाई हरियालीमा परिणत गरेका हुन्। 

गैडहवास्थित हसनापुर माविको ६८ बिघा, शुद्धोधन गाँउपालिका-३ स्थित गुरौली माविको ११ बिघा र देउराली सामुदायिक वनको ५ बिघा र २ बिघा बगैंचा गरी ८४ बिघा जग्गामा व्यवसायिक कृषि पेसा शुरु गरेका छन्। 

नारदमुनिले छोराहरूलाई कृषि, भेटनरी तथा व्यवस्थापन विषय पढाएर सबैको साथ र सहयोगमा व्यवसायिक कृषि खेतीको सुरु गरेको बताए। नारदमुनिका जेठो छोरा गार्जेसले भेटेनरी विज्ञानमा स्नातक (ब्याचलर इन भेटनरी साइन्स) गरेका छन्। माइला दुर्गेशले बिएससी-एजीको अन्तिम सेमेस्टर अध्ययन गरिरहेका छन्। र कान्छो छोरा दिनेशले बिबिएस पढेका छन्।

उनीहरू तीनै जना कृषि व्यवसाय खटिँदै आएका छन्। बुबा नारदमुनि आफैं पनि कृषि प्राविधिक हुन्। पछिल्लो समय नारदमुनिकका जेठा र माईला छोराले फर्मलाई व्यवस्थित रुपमा चलाउँदै आएका छन्। कान्छा छोराले फर्मको हिसाबकिताब हेर्छन्।

बिएससी-एजीको अन्तिम सेमेस्टर पढ्दै गरेका दुर्गेशले अहिले अधिकांश समय फार्ममा बिताउदै आएका छन्। '२०६८ सालमा २० वर्षका लागि लिजमा लिने बेलामा यो पुरै बगर थियो, कतिपय ठाउँमा पानी जमेको थियो,' २५ वर्षीय दुर्गेशले भने, 'करोडौं लगानी खर्चेर अहिले उजाड जग्गालाई हरियाली बनाएका छौं।' बिएससी एजीको पढाइ पूरा गरेपछि पनि आफू सरकारी तथा नीजि स्तरको नोकरी नगरी कृषिमै रमाउने प्रतिबद्धता जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

आफूलगायत दाजु र भाई पनि कृषिमा नै लाग्ने अठोट व्यक्त गरेको उनले सुनाए। अहिलेसम्म उक्त जग्गामा ५ करोडभन्दा बढीको लगानी लागेको छ। ८४ बिघा जग्गामा अहिले माछा, कुखुरा, भैसी, बाख्रा, व्यावसायिक कृषिदेखि लिएर टिएमआर ब्लक मेकिङ मेसिनबाट टोटल मिक्सर रासन ब्लक उत्पादन गर्दै आएका छन् यादवले। 

प्रदेश ५ सरकारको अनुदानमा टिएमआर ब्लक मेकिङ मेसिन जडान गरी टोटल मिक्सर रासन ब्लक उत्पादन गर्दै आएको दुर्गेशले बताए।

प्रदेश सरकारको अनुदानसमेत रहेको उक्त फर्म प्रदेशकै ठूलो र नमूना एकीकृत कृषि फार्म बनेको छ। 

नेपालमा पछिल्लो समय जग्गा जमीन बाझो राख्ने क्रम बढ्दो छ तर यादव परिवारले भने कृषिमा भविष्य उज्वल देखेको छ। 'हामी कृषि पेशाबाट पूर्ण रूपमा सन्तुष्ट छौं, तर सरहकारी तहबाटै अनावश्यक दुःख दिने काम रोकनु पर्‍यो। सरकारी क्षेत्रबाट सहयोगको सट्टा अनावश्यक टर्चर दिने गरिएको छ,' उनले सरकारले अनुदान दिएकै कारण आफूहरूलाई अनावश्यक सास्ती दिने गरेको गुनासो गरे।  

बगर यसरी बन्यो हरियाली
बाझो र बगरलाई खेतीयोग्य जमिन बनाउन यादव परिवारले कडा परिश्रम गर्नु परेको बताएको छ। करोडौं लगानी र कडा परिश्रमले हामीले यो जग्गालाई देख्न लाएक बनाएका छौं,' दुर्गेशले भने, 'पहिलेको झाडी र बगरलाई यो अवस्थामा देख्दा निकै आनन्द आउँछ।' 

यादव परिवारले सुरुमा मास छरेर फार्म सुरु गरेका थिए। त्यसपछि घाँस, उखु, बदाम, मेवा, खर्बुजाजस्ता बगरखेती गरेको थियो। 'त्यसमध्ये कतिपय खेतीले राम्रै आम्दानी गर्‍यो भने कतिपयले पाठ सिकायो,' दुर्गेश भन्छन्, 'अहिले भैंसी, बाख्रा, माछा र लोकल जातका कुखुरापालन गर्नुका साथै बिज वृद्धिका लागि गहुँको खेती गरिरहेका छौं।'

बगर खेतीलाई उत्कृष्ट बनाएको भन्दै नारदमुनि यादव राष्ट्रपति उत्कृष्ट कृषकबाट २०७१ सालमा नगदसहित सम्मानित समेत भएका थिए। त्यो हौसलाले उनलाई थप प्रेरणा प्रदान गर्‍यो, जसले गर्दा यादव परिवार अहिले मरुभुमिसरह रहेको जमिनलाई हरियाली बनाउन सफल भएको छ। 

मनग्य आम्दानी 
यादव परिवारले कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सफल भएको छ। राम्रो आम्दानीका लागि विदेश जाने प्रवृत्ति निरुत्साहित गर्न पनि कृषि उद्यमबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ यादव परिवार। 'कृषि उद्यमबाट हामीले वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छौं,' दुर्गेसले नेपाल लाइभसँग भने, 'माछा, कुखुरा, बाख्रा र भैंसीबाट राम्रो आम्दानी छ।' 

आरम्भ कृषि फार्मले ५ बिघामा माछापालन, ३५ बिघामा बिज वृद्धिका लागि गहुँ खेती, भैंसी र बाख्रा चरनका लागि ५ बिघा तथा बाँकी जग्गामा बगैँचा स्थापनादेखि अन्य कृषि कार्यका लागि प्रयोग गर्दै आएको छ।

माछापालनबाट बार्षिक एक करोड बढीको आम्दानी गर्दै आएको जनाएको छ भन्ने अन्यबाट आधा करोड बढीको आम्दानी गर्दै आएको बताएको छ।

फार्मले अहिले मुर्गा र लोकल गरी ३५ भैंसी, ८० बाख्रा, ४ सयभन्दा बढी लोकल कुखुराका साथै माछापालन गरिरहेको छ।

वार्षिक ३ हजार टन पशुको पूर्ण मिश्रित आहार (टोटल मिक्स्चर रासन ब्लक मेकिङ-टिएमआर) उत्पादन गर्ने गरी काम गरिरहेको छ।

पशुपालनका लागि आवश्यक पर्ने गुणस्तरीय आहारा जुटाउन पशु आहार उद्योगको अवधारणा ल्याएको फार्मका संचालक दुर्गेशले उल्लेख गरे।

प्रदेश–५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४५ लाख रुपैयाँ अनुदान र फार्मको ५६ लाख गरी एक करोड बढी लगानीमा पशु आहारको टिएमआर ब्लक उत्पादन गरिरहेको दुर्गेशले बताए। 

यो उद्योगले परालको भुस, गहुँको भुस, मसुरोको भुस आदिमा पौष्टिक तत्तव मिलाएर ब्लक आकारको तयारी आहार उत्पादन गर्ने गरिरहेको छ।

यो उद्योगका लागि आवश्यक कच्चा पदार्थका लागि फार्मले ३५ बिघा खेतमा गहुँ बाली लगाएको छ।

वार्षिक ३ हजार टन टिएमआर ब्लक उत्पादन गर्ने फार्मको लक्ष्य छ।

दुर्गेशका अनुसार, फार्ममा ८ जना नियमित र ४ जना ज्यालादारी गरी १२ जनाले रोजगारी पाएका छन्।

माओवादी द्वन्द्वकालमा मान्छे मार्ने र गाडी लुकाउने ठाँउ
गैडहवा-८ हसनापुरको कुट्टा नाका तत्कालीन समयमा द्वन्द्वरत माओवादीलाई सुरक्षा सेल्टरका लागि सुरक्षित स्थानका रूपमा रुपमा चिनिन्थ्यो।

माओवादीले कब्जामा लिएका सवारी साधन लुकाउनेदेखि लिएर सुरक्षाकर्मीबाट जोगिने ठाँउ थियो यो। जसरी माओवादी रुपान्तरण हुँदै गयो, यो स्थान पनि रुपान्तरण हुँदै अहिले हरियाली बन्न पुगेको छ।

'हामीले लिजमा लिएर कृषिका लागि जग्गा तयार गर्दा कतिपय ठाँउमा मानव कंकालसमेत फेला पारेका थियौं,' कृषक दुर्गेश भन्छन्, 'सबै पन्छाएर अहिले खेती गर्दै आएका छौं।' 

सरकारी नीति सुधार गर्न आग्रह 
व्यवसायिक कृषिलाई अंगाल्दै आएको यादव परिवारले सरकारी नीति किसानमैत्री नभएको बताएको छ। कृषि तथा पशुपालन सम्बन्धी सरकारको नीति सहज नभएका कारण वास्तविक किसानले अहिले पनि निकै दुःख पाउनु परेको दुर्गेशले बताए।

गत वर्ष प्रदेश ५ सरकारबाट टिएमआर ब्लक आहार उत्पादनका लागि ४५ लाख अनुदान पाएको यादव परिवारले सरकारको कृषि नीति र रवैयाका कारण भने प्रताडित हुनु परेको गुनासो गरेको छ। 

प्रदेश सरकारले अनुदान दिए पनि प्राविधिक सहयोग गर्नुपर्नेमा उल्टै निरूत्साहित गर्ने काम गरेको उनको गुनासो छ। 'अनुदान दिएका छौं' भन्दैमा प्राविधिक र व्यवहारिक पक्ष नहेरी हचुवाको भरमा का

म भएको छैन भनेर किसानलाई अनावश्यक दुःख दिने, गलत प्रचार गर्ने र प्रताडित गर्ने काम प्रदेश सरकारबाट भयो दुर्गेशको गुनासो पोख्दै भने सरकारले यस्तै रबैया राखे आफूहरूले लिएको अनुदान फिर्ता गर्नु पर्ने हुन्छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्