• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विश्वासमा लुटिएको मनिताको अस्मिता : जहाँ उनकै केटी साथी भए मतियार

आरोपित युवकको बयान- अनि दुई थप्पड हानें
64x64
नेपाल लाइभ बुधबार, पुस ९, २०७६  ०८:०१
1140x725

काठमाडौं- ‘सानोतिनो जागिर कतै छ भने खबर पाउँ है।’

बाँकेको कोहलपुर नगरपालिकाकी १९ वर्षीया मनिता (नाम परिवर्तन) काठमाडौंको कोलाहलमा जागिरको खोजीमा भौंतारिएकी थिइन्। मनितालाई सानोतिनो जागिरले महँगो काठमाडौंको बसाइ सहज बनाउनु थियो। उनी चिनेजानेका साथीहरूसँग जागिरबारे सोधखोज गरिरहन्थिन्।

०००

जुम्लाको सिँजा गाउँपालिका–२ रनुखाना घर भई काठमाडौं जडिबुटी बस्ने १८ वर्षीया निर्मला शर्मा पहिला बाँकेमै अध्ययनरत थिइन्। सोही समयमा शर्मा र मनिताबीच चिनजान भएको थियो।

अझ काठमाडौं आएपछि जागिरको खोजीमा भौंतारिदै हिँडेकी मनितालाई निर्मलाले जागिरको आश्वासन दिएपछि मनिता निर्मलासँग झन् नजिकिइन्। महँगीले अन्धकार बनाएको मनिताको काठमाडौं बसाइ निर्मलाको आश्वासनले कालो बादलमा देखिएको चाँदीको घेरा जस्तै बनेर आयो। 

निर्मलामाथि मनिताको विश्वास झन् बढ्यो।

०००

मनितालाई जागिर मिलाइदिने आश्वासन दिए पनि ६/७ महिनाअघि मात्रै काठमाडौं आएकी निर्मला आफैं जागिरकै खोजीमा थिइन्। जसरी मनितालाई निर्मलाले जागिरको आश्वासन देखाइन्, त्यसैगरी उनलाई मिना खत्रीले आश्वासन दिएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

कैलालीको जानकी गाउँपालिका–८ घर भई काठमाडौं बुद्धनगर बस्दै आएकी २२ वर्षीया मिना रिमाल भन्ने मिना खत्रीसँग काठमाडौं आएपछि नै निर्मलाको चिनजान भएको थियो। साथीमार्फत् चिनजान भएका मिना र निर्मला केही दिनको घुलमिलपछि नै घनिष्ट साथी बने। 

यतिसम्मकी उनीहरू एकअर्काको कोठामा आउने–जाने, बस्ने गर्न थालेका थिए। गत साउनमा निर्मलाको साथीको बर्थ डेमा समेत मिना उनको कोठामा गएकी थिइन्। सोही बेला जागिरको खोजीमा रहेकी मनितासँग मिनाको चिनजान भएको थियो।

जागरिको आश्वासनकै कारण यी तीन मनिता, निर्मला र मिना झनै नजिक भए। यी दुवैलाई मिनाले जागिर लगाइने आश्वासन दिएकी थिइन्। यही जागिरको लोभमा निर्मला र मिनासँग घनिष्ट भएर विश्वास गरेकी मनिताको अन्ततः अस्मिता नै लुटिन पुग्छ। जसको मतियार यिनै दुई (निर्मला र मिना) युवती भएको आरोपसमेत लाग्छ।

०००

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत मंसिर ५ गते बिहान साढे ८ बजे। दिदीसँग कीर्तिपुरमा बस्दै आएकी मनिता जागिरका लागि भनेर कोठाबाट निस्किन्छन्। सिनामंगलमा रहेको एक कन्सल्टेन्सीले अन्तर्वार्ताका लागि बोलाएको छ भनेर कोठाबाट निस्केकी मनिता दिनभर फर्किनन्। 

‘साँझ ६ बजेसम्म कोठामा बहिनी नआएपछि फोन गर्दा सम्पर्क हुन सकेन,’ मनिताकी दिदीले प्रहरीसमक्ष भनेकी छिन्, ‘बहिनीको साथी निर्मला र मिना समेतलाई सम्पर्क गर्दा तिम्रो बहिनीको आज सिनामंगलस्थित रहेको कन्सल्टेन्सी अफिसमा अन्तर्वार्ता छ, सोही अन्तर्वार्तामा गएकी छिन् भनी बताएका थिए।’

त्यसपछि केही मन शान्त बनाएर बसेकी मनिताको दिदीको मथिंगल हल्लिने गरी राति साढे ९ बजे म्यासेन्जरमा एउटा म्यासेज आउँछ। जहाँ लेखिएको हुन्छ, ‘अप्ठ्यारो अवस्थामा छु, मलाई बचाऊ।’

फोनमै मनिताकी दिदीले प्रश्न गरिन्, ‘रात पर्‍यो कोठामा आउन ढिला हुन्छ। अब कसरी आउँछे त?’ 

निर्मलाले जवाफ फर्काउँछिन्, ‘आज मेरै कोठामा बस्छिन्।’ 

त्यसपछि केही मन शान्त बनाएर बसेकी मनिताको दिदीको मथिंगल हल्लिने गरी राति साढे ९ बजे म्यासेन्जरमा एउटा म्यासेज आउँछ। जहाँ लेखिएको हुन्छ, ‘अप्ठ्यारो अवस्थामा छु, मलाई बचाऊ।’

म्यासेज बहिनी मनिताकै थियो। तर पठाउने व्यक्ति भने मनिताकै अर्की घनिष्ट साथी बबिता शाही थिइन्।

दिदीलाई सोझै यस प्रकारको म्यासेज पठाउन अप्ठ्यारो लागेर मनिताले साथी बबितालाई उक्त म्यासेज पठाएकी थिइन्। मध्य रातमा आएको उक्त म्यासेज निकै गह्रुंगो थियो। मनिता सायद जिन्दगीकै एउटा असहज मोडमा भएको संकेत म्यासेजले गरेको थियो।

बबिताले मनिताको म्यासेज उनकी दिदीलाई फरवार्ड मात्रै गरेकी थिइनन्, उनी निकै अप्ठ्यारो अवस्थामा भएको हुनसक्ने भन्दै मनिताको अवस्था बुझ्न फोनसमेत गरिन्।

साथीको कोठामा मनिता बस्छिन् भनेपछि केही शान्त भएकी दिदी त्यसपछि एक्लै छट्पटाउन थालिन्। बहिनी मनितासँग उनको सम्पर्क हुन सकेन। छट्पटीमै रात बिताएकी उनलाई भोलिपल्ट बिहान सवा ७ बजे बहिनी मनिताले फोन गर्दै भनिन्, ‘तपाईं केही पिर नगर्नुस् म कोठामा आउँदैछु दिदी।’

अन्तर्वार्ताका लागि भनेर कोठाबाट निस्कएकी मनितालाई आखिर भएको चाहिँ के थियो त?

०००

कैलालीको गौरीगंगा गाउँपालिका–२ घर भई काठमाडौं ओम शान्तिचोक, बानेश्वर बस्ने ३१ वर्षीय रोहितप्रसाद ढुंगाना र मिना अनामनगरस्थित एउटै घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। सोही क्रममा उनीहरूको चिनजान भएको थियो। 

उनीहरू यतिसम्म नजिक भएका थिए कि, रोहितले प्रहरीमा दिएको बयान अनुसार उनीहरूले भाइटीका र राखीसमेत लगाउँदै आएका थिए। 

मिनामार्फत् नै रोहितसँग चिनजान गरेकी निर्मलासमेत रोहितको अफिसमा गएर जागिर मिलाइदिनुपर्‍यो भन्ने आग्रह गरेकी थिइन्। त्यसपछि नजिक भएकाहरूले फेसबुकमा साथीसमेत बनेका थिए भने मोबाइल नम्बर पनि आदानप्रदान भएको थियो।

सोही क्रममा मिना, रोहित र निर्मलाबीच गत मंसिर ५ गते दिउँसो साढे १ बजे बानेश्वरमा भेट गर्ने भन्ने कुरा भएको थियो। ‘भेटघाट योजना अनुसार म साढे २ बजे बानेश्वरको एलायन्स क्याफे अगाडि पुगेको थिएँ,’ रोहितले बयानमा भनेका छन्, मिना र निर्मलासँगै अर्की एक युवती पनि आएकी थिइन्। तर मैले उनलाई चिनिनँ।’

रोहितले चिनिनँ भनेकी ती युवती थिइन् मनिता। जसको अस्मिता उनै रोहितले लुटे। मतियारको आरोप मिना र निर्मलालाई लागेको छ।

०००

साढे २ बजे भेट भएका उनीहरू एलायन्स क्याफे छिरे। मःम र चिसो खाए। यतिन्जेलसम्म मनिता र रोहितबीच चिनजान भइसकेको थियो। खाजा खाइसकेपछि सबै आ–आफ्नो कोठामा जाने कुरा भयो, मनिताको कोठा कीर्तिपुर। 

‘मेरो पनि उतै जाने काम छ। ट्याक्सीमा सँगै जाऔं,’ बानेश्वर नै बस्दै आएका रोहितले जुक्ति निकाले। 

ट्याक्सीमा बसेको केही समयमै रोहितले सहजै मनितालाई प्रस्ताव गरे, ‘घुम्न नगरकोट जाऔं।’

‘मलाई दाइले कीर्तिपुर नै लैजाँदैछन् भन्ने विश्वास भएकाले केही कुरा गरिनँ। पछि रिसोर्टभित्र लगेपछि मात्रै कीर्तिपुर नभई रिसोर्ट लगेको थाहा पाएँ,’ मनिताले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेकी छिन्।

‘नाईं जान्नँ, चिनजान हुन पाएको छैन सिधैं घुम्न?,’ रोहितको प्रस्ताव मनिताले अस्वीकार गरिन्।

बानेश्वरबाट कोटेश्वरको भाटभटेनी पुगेपछि रोहितले केही सामान किनेर ल्याउने भन्दै ट्याक्सी रोक्न लगाए।

भाटभटेनीबाट रोहितले १ बोतल वाइन, आधा बोतल रेडलेबल र १ बट्टा चुरोट किनेर ल्याए र ट्याक्सी चढे। 

यतिबेला दिउँसोको ४ बजिसकेको थियो।

०००

बिहानै कोठाबाट निस्किएकी मनिता साथी निर्मलाको कोठा बुद्धनगर गएकी थिइन्। ‘कन्सल्टेन्सीमा रोजगार छ, तिमी भोलि आऊ, अन्तर्वार्ता लिन्छ, पास भयो भने रोजगार मिल्छ,’ निर्मलाले यसो भनेपछि मंसिर ५ गते बिहान मनिता निर्मलाको कोठामा गएकी थिइन्। 

‘तिमीलाई जागिर लगाइदिने मान्छे भनेको रोहितप्रसाद ढुंगाना दाइ हुन्, दाइ धेरै राम्रो छ, तिमीले लभ गरी विवाहसमेत गरे हुन्छ,’ रोहितलाई नभेट्दै निर्मलाले मनितालाई यसो भन्ने गरेकी थिइन्।

जागिरकै लागि भनेर मनिताले रोहितलाई भेटकी थिइन्। 

छुट्ने बेला रोहितसँगै ट्याक्सीमा निस्केकी मनिताले प्रश्न गरिन्, ‘दाइ अन्तर्वार्ता भनेर आएको केही कुरै भएन त?’

‘पछि कुरा हुन्छ, अहिले चिन्ता नगर’ भन्दै रोहितले जवाफ फर्काएको मनिताले भनेकी छिन्। त्यसपछि रोहितले निर्मला र मिनासँग फोनमा केही कुरा गरे।

‘मलाई दाइले कीर्तिपुर नै लैजाँदैछन् भन्ने विश्वास भएकाले केही कुरा गरिनँ। पछि रिसोर्टभित्र लगेपछि मात्रै कीर्तिपुर नभई रिसोर्ट लगेको थाहा पाएँ,’ मनिताले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेकी छिन्।

कीर्तिपुर भनेर रोहितले मनितालाई चलाखीपूर्वक ढंगले गोदावरीस्थित वृन्दाबन रिसोर्ट पुर्‍याएका थिए। 

०००

कीर्तिपुर भनेर रिसोर्ट पुर्‍याएपछि मनिताले प्रश्न गरिन्, ‘यहाँ किन?’

‘तिम्रा साथी मिना र निर्मला पनि आउँदैछन्, हामी बस्दै गरौं। तिमी के खाने बरु भन,’ रोहितले केही फकाउने पारामा जवाफ फर्काए।

रिसोर्ट पुग्दा दिउँसोको साढे ४ बजेको थियो।

मनितालाई ट्याक्सीमै राखी रोहित कोठा बुझ्न रिसेप्सनमा पुगे। दोस्रो तलाको कोठा नम्बर ३४ बुक भयो। एड्भान्सको रुपमा रोहितले २ हजार तिरे। ट्याक्सीलाई १ हजार भाडा दिए।

रुम नम्बर ३४ को पूर्वतर्फ मिटिङ हल थियो। अन्य तीन भागतर्फ खाली जग्गा। कोठा नम्बर ३४ को फलामको सानो भर्‍याङ। आल्मुनियम र सिसाबाट बनेको झ्याल। १८ फिट लम्बाइ र १५ फिट चौडाइको कोठा। दक्षिण–पश्चिमतर्फको भित्तामा सिजीको एलइडी टिभी। कोठामा २ वटा फलामको खाट। दुई खाटको बीचमा टी टेबल। रोहितले बुक गरेको कोठाको चित्र यही थियो।

दुई खाटमध्ये दक्षिण–पश्चिमतर्फको खाटको भुईंमा रेड लेबलको खाली सिसी लडेको। टि टेबलमाथि माउन्टेन ड्युको खाली सिसी। टि टेबलको माथि सनी लखिएको एक थान औंठी। सोही कोठाको दक्षिण–पश्चिमतर्फको झ्यालको बाहिरपट्टी जस्ताको छानोमा सेतो रङको एकातर्फको चेनको भाग छुट्टिएको क्लासिक कम्पनीको घडी। सोही घडीसँगै कालो रङको रबरको जस्तो देखिने ३ थान चुरा। प्रहरीले उठाएको मुचुल्कामा युवतीका घडी, चुरा र औंठीहरू भेटिएको उल्लेख छ।

०००

एकछिन घुममाम भयो। तर निर्मला र मिना गोदावरी गएनन्। उनीहरू जाने कुरै पनि थिएन। रोहितले मनितालाई फकाउन उक्त कार्ड फालेका थिए।

‘दाइ, साथीहरू पनि आएनन्। रात परिसक्यो। मलाई कोठामा पुर्‍याइदिनुस्। नत्र म आफैं जान्छु,’ मनिताले भनिन्। 

रोहितले मनितालाई घर पठाउनुको साटो जबरजस्ती ओछ्यानमा राखे र कोठाको चुकुल लगाए। अनि रक्सी पिउन थाले। 

रात छिप्पिने क्रममा थियो। करिब ७ बजे मनिताले रक्सीले मात्न थालेका रोहितलाई प्रश्न गरिन्, ‘मलाई झुक्याएर रेस्टुरेन्ट ल्याएर यस्तो गर्ने?’

मनिताले बयानमा भनेकी छिन्, ‘त्यसपछि अपशब्द बोल्दै मेरो शरीरका विभिन्न भागमा रोहितले गिजोल्यो। जथाभावी छुने तँ को होस् भन्दा गाला र ओठमा किस गर्‍यो।’ 

रक्सीले मातेका रोहित थाकिसकेका थिए। उक्त थकाई मनिताका लागि भाग्ने सुवर्ण मौका बन्यो। सोही मौकामा मनिताले कोठाको चुकुल खोलिन्। बाहिर निस्किएर रिसोर्टका कर्मचारीसँग रोइकराइ गरिन्। 

रक्सीले मात चढेका रोहितको चित्त यतिले मात्रै बुझेन। मनितालाई जबरजस्ती बेडमा लडाएर करणीको प्रयाससमेत भयो।

‘ममाथि चढेको उसको खुट्टामा लात्ताले हानें र कोठा बाहिर निस्कन लागें। तर ४ पटकसम्म उसले मलाई बेडमा लडाएर थिचिरह्यो,’ मनिताको आरोप छ।

मनिताले लात्ताले हानेपछि रोहितले दुई चड्कन मनिताको गालामा हाने। उनले यो कुुरा प्रहरीसमक्ष घुमाउरो पाराले स्वीकारसमेत गरेका छन्।

‘शारीरिक सम्पर्क राख्न मान्लिन् भनेर करिब ११ बजेतिर शारीरिक सम्पर्क गर्न खोज्दा उनले मानिनन्। त्यसपछि केही समयमा म निदाउन पुगेछु। राति करिब साढे १ बजेतिर मनिता बाहिर जान लागेकी रहिछिन्। मैले बिहान उज्यालो भएपछि जाउँला भन्दा उनले मानिनन्। त्यसपछि विवाद हुँदा मैले मनिताको गालामा २ थप्पड हिर्काएँ।’

बलात्कारको प्रयासको क्रममै तानातान र लछारपछार भयो। मनितामाथि कुटपिट भयो। 

‘मेरो बजारे टपसमेत तानेर रोहितले फ्ँयाक्यो। रक्सीको बोतलले हानेर मार्छु भन्दै मिना र निर्मलालाई फोन गर्‍यो,’ मनिताले बयानमा भनेकी छिन्।

‘यतिमात्रै होइन, मिनाले समेत म्यासेजमा नेकेड फोटो फेसबुकमा ट्याग गर्दिन्छु भन्नु न भनेर समेत म्यासेज गरिन्। त्यो म्यासेज मैले देखेँ,’ मनिताले थपिन्।

रक्सीले मातेका रोहित थाकिसकेका थिए। उक्त थकाई मनिताका लागि भाग्ने सुवर्ण मौका बन्यो। सोही मौकामा मनिताले कोठाको चुकुल खोलिन्। बाहिर निस्किएर रिसोर्टका कर्मचारीसँग रोइकराइ गरिन्। 

०००

वृन्दाबन रिसोर्टमा दीपक सिरमल ३ वर्षदेखि वेटरको रुपमा काम गर्दै आएका छन्। यस घटनाका बारेमा प्रहरीले उनीसँग पनि बयान लिएको थियो।

‘कोठा बुक गरेपछि उनीहरू सँगै कोठामा छिरेका थिए। साँझ खसीको सेकुवा, वाइनका दुई वटा ग्लास मगाएकाले मैले लगिदिएँ। राति ९ बजेतिर रोटी र तरकारी मगाएपछि फेरि मैले नै लगेर दिएँ। त्यस बेलासम्म सामान्य अवस्थामा बसेका थिए। ‘राति रिसोर्टका लेखापाल मिलन गैरे र मसँगै सुत्यौं,’ बयानमा दीपकले भनेका छन्, ‘राति साढे ११ बजेतिर नाइट सर्भिसमा काम गर्ने भाइले उठाएपछि म उठेँ। त्यसपछि युवतीको भनाइबाट बलात्कारको प्रयास भएको थाहा भयो।’

दीपकले नाम लिएका मिलन गैरे वृन्दाबन रिसोर्टमै २ वर्षदेखि काम गर्दै आएका व्यक्ति हुन्। 

उनले समेत मनिता मध्यराति रुँदै कोठा बाहिर निस्किएको बयान दिएका छन्। ‘राति साढे ११ बजेतिर रिसोर्टमै काम गर्ने भाइले बोलाएपछि उठेँ। त्यस बेला मनिता रुँदै कोठा बाहिर आएकी रहिछिन्। उनले जागिरको अन्तर्वार्ताका लागि भनेर बोलाएर रोहितले बलात्कार गर्न खोजेको बताइन्,’ मिलनले भने।

मिलनले कुरोको चुरो बुझ्न खोजे। रोहितलाई यो केटी को हो भन्दै प्रश्न तेस्र्याए। 

‘साली हो’ रोहितले जवाफ फर्काए।

रक्सीमा लट्ठिएका रोहितलाई कोठाबाट निस्किएर जान मिलनले आग्रह गरे। तर उनले उल्टै त्यो केटी कहाँ छ, भेटाइदिनु भन्दै रिसोर्टका लेखापाल मिलनलाई थर्काउन थाले।

‘रक्सी खाने र बलात्कार गर्न खोज्ने, उल्टै थर्काउन थालेपछि हामीले रोहितलाई कोठामा बस्न दिनु आवश्यक ठानेनौं। होटलको हिसाबकिताब तिर्न लगाएर राति नै फर्काइदियौं’ मिलनले बयानमा भनेका छन्। डिपोजिटको २ हजार कटाएर तिर्न बाँकी २१ सय तिरेर रोहित होटलबाट बाहिरिए।

आफूलाई बलात्कार गर्न खोज्ने हिंस्रक रोहित होटलबाट बाहिरिएको जानकारी पाएपछि मनिता केही शान्त भएकी थिइन्।

त्यसपछि उनी पहिलेकै कोठामा गएर सुतिन्। 

‘सुत्नका लागि सुतेँ। तर रातभर निद्रा लागेन। रोहित फेरि फर्केर आउने हो कि? यो कुरा भोलि समाजले थाहा पायो भने के हुने हो भन्नेजस्ता कुरा मनमा खेलिरहे,’ मनिता सुनाउँछिन्।

बिहान झिसमिसेमैं मनिता उठिन्। मिलनले नै ट्याक्सी भाडा १ हजार दिएर ट्याक्सी चढाएर मनितालाई घर पठाए।

लुटिनै लागेको अस्मिता धन्न होटलका कर्मचारीमार्फत् बचाउन सफल भएकी अस्मितालाई अर्को डर मनमा छँदै थियो। ट्याक्सी चढेर कीर्तिपुर लागेकी उनको बल्खुमा दिदीसँग भेट भयो। अप्ठ्यारो मानेर उनले आफूमाथि भएको कुटपिट र बलात्कार प्रयासको घटनाबारे दिदीलाई बताइन्।

अन्तर्वार्ताका लागि भनेर घरबाट निस्केकी बहिनीको कारुणिक कथा सुनेपछि दिदीले उजुरी नदिई बस्न सकिनन्। उनले त्यसै दिन रोहित, मिना र निर्मलालाई विपक्षी बनाउँदै महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिइन्। 

अनुहारको दायाँतर्फको भाग कुटपिटबाट सुन्निएको, छातीमा अर्को व्यक्तिले थिचेको औंलाको डाम देखिएको, कान र आँखा वरपरसमेत चोटपटक देखिएको रिपोर्ट पाटन अस्पतालले दिएको थियो। उक्त रिपोर्टसँगै फरेन्सिक विज्ञको व्याख्याले समेत उनीमाथि जबर्जस्ती गर्न खोजिएको बताएको थियो।

जाहेरी आएकै दिन मंसिर ६ गते साँझ साढे ७ बजे प्रहरीले प्रतिवादी तीनै जनालाई शान्तिनगरस्थित रोहितको कोठाबाट पक्राउ गरेको थियो।

त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरी रिसोर्टको सिसी टिभी फुटेजको अनुसन्धानमा जुटेको थियो। तर ब्याकअप नभएकाले उपलब्ध गराउन नसक्ने जानकारी सहितको पत्र रिसोर्टले प्रहरीलाई पठाएको थियो। रिसोर्टको दैनिक रेकर्डको कागज भने प्रहरीले प्राप्त गरेको थियो।

०००

मनिताले पठाएको कारुणिक म्यासेज उनकी दिदीलाई बबिता शाहीले मध्यराति फरवार्ड गरेकी थिइन्। यसबारे प्रहरीले उनीमाथि सोधपुछ गरेको थियो। गत मंसिर २३ गते इलाका प्रहरी कार्यालय कोहलपुरले यसबारे बबितासँग सोधपुछ गरेको थियो। 

सो क्रममा बबिताले भनेकी थिइन्, ‘मंसिर ५ गते राति मलाई साथीहरूले फसाए। कहिल्यै विश्वास नगर्नु, म समस्यामा छु। भोलि बिहान जसरी भए पनि २ हजार काठमाडौं पठाइदे भन्दै म्यासेज गरेकी थिइन्।’

बलात्कार प्रयास भएको राति मनिताले बबितालाई पठाएका म्यासेजका स्क्रिनसट ३ पाना प्रहरीले फोटोकपी गरेरसमेत पेस गरेको थियो। यी म्यासेजसमेत प्रतिवादी विरुद्धका प्रमाण हुनसक्ने भन्दै कोहलपुर प्रहरीले ललितपुर प्रहरीलाई पठाएको थियो। 

०००

अनुसन्धानकै क्रममा प्रहरीले पीडित भनिएकी युवती मनिताको पाटन अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरेको थियो। सो क्रममा मनिताको शरीरको चोटपटकको अवस्थाको जाँच भएको थियो। जसमा मनिताको अनुहारमा भएको चोटपटक अर्को व्यक्तिको कुटपिटबाट भएको पुष्टि भएको थियो।

अनुहारको दायाँतर्फको भाग कुटपिटबाट सुन्निएको, छातीमा अर्को व्यक्तिले थिचेको औंलाको डाम देखिएको, कान र आँखा वरपरसमेत चोटपटक देखिएको रिपोर्ट पाटन अस्पतालले दिएको थियो। उक्त रिपोर्टसँगै फरेन्सिक विज्ञको व्याख्याले समेत उनीमाथि जबर्जस्ती गर्न खोजिएको बताएको थियो।

मंसिर १९ गते पाटन अस्पतालले नै आरोपित रोहितको स्वास्थ्य परीक्षणको रिपोर्टसमेत पठाएको थियो, जहाँ उनको शरीर र लिंगमा कुनै नयाँ चोटपटक लागेको देखिएको थिएन। 

०००

पीडित पक्षको जाहेरी दरखास्त, पीडितको स्वास्थ्य परीक्षण, अभियुक्तको स्वास्थ्य परीक्षण रिपोर्ट, घटनास्थल मुचुल्का, घटनास्थलमा फेला परेको पीडितको चेन चुँडिएको घडी, रबरको चुरा ३ थान, औंठी १ थान, महानगरीय प्रहरी प्रभाग बाडेगाउँको पत्र, होटलका कर्मचारीले दिएको बयान, प्रतिवादी, रोहित, मिना र निर्मलाको बयान, कल डिटेल रिपोर्ट, इलाका प्रहरी कार्यालय कोहलपुरले पठाएको बबिता शाहीको बयान, म्यासेजको ३ पेज स्क्रिन सटलगायत सबुतहरू जुटाएर महानगरीय प्रहरी परिसर ललितपुरले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेस गरेको थियो।

यिनै प्रमाणका आधारमा बलात्कार प्रयासको पुष्टि भएको भन्दै रोहितलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ङ) बमोेजिमको कसुरमा सजायँ हुनुपर्ने माग गरेको थियो। अन्य प्रतिवादीहरू निर्मला र मिनालाई बलात्कार प्रयासको मतियार बनाउँदै सोही अनुसार कारबाही हुनुपर्ने माग गर्दै प्रतिवेदन बुझाएको थियो। 

यिनै प्रतिवदेनका आधारमा गत मंसिर ३० गते जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो। गत मंगलबार जिल्ला अदालत ललितपुरले उनीहरूमध्ये रोहितलाई पुुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो भने निर्मला र मिनालाई १÷१ लाख धरौटी माग गरेको थियो। धरौटी तिर्न नसकेपछि उनीहरू दुवै जनासहित रोहितलाई नख्खु कारागार चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ।

तर आरोपित रोहित बलात्कार प्रयास मान्न तयार छैनन्। 

आरोपित रोहितको बयान
विगत केही वर्षदेखि म काठमाडौं अनमानगरमा डेरा–कोठा गरी बस्दै आएको छु। म बस्ने घरमै मिना रिमाल खत्री समेतले डेरा–कोठा गरी बस्ने भएकाले उनीसँग चिनजान भयो। चिनजानबाट नजिकिएपछि हामी दाजुबहिनीको नाता गाँसियो।

मैले बहिनी मिनासँग भाइटीका, राखीसमेत लगाउँदै आएको थिएँ। 

मलाई प्रहरीले पक्राउ गर्नुभन्दा केही दिन पहिले मिना रिमाल खत्रीसँगै निर्मला शर्मासमेत मैले काम गर्ने अफिसमा आई जागिर मिलाइदिनुप¥यो भनी कुराकानी गरेका थिए। 

तत्काल खाली नभएको र अर्को महिनातिर मिलेमा खबर गरौंला भनेको थिएँ। सोही दिनमा हामीहरूले फेसबुकमा साथी बनी, आ–आफ्नो सम्पर्क नम्बरसमेत आदानप्रदान गरेका थियौं।

निर्मला शर्मासँग कुराकानी हुँदा उनले मलाई गलफ्रेन्ड बनाइदिन्छु भन्ने कुरा गरेकी थिइन्। बेलाबखतमा फोन तथा फेसबुक म्यासेजमार्फत् सामान्य कुराकानी हुने गथ्र्यो। 

त्यही क्रममा मंसिर ५ गते दिउँसो साढे १ बजेतिर फोन सम्पर्क तथा म्यासेन्जरमा मिना रिमाल तथा निर्मला शर्मासँंग कुरा हुँदा काठमाडौंको बानेश्वरमा भेटघाट गर्ने कुरा भयो। अन्दाजी साढे २ बजेतिर म बानेश्वर एलायन्स क्याफे अगाडि पुग्दा निजै मिना रिमाल खत्री, निर्मला शर्मा र उनीहरूसँगै रहेकी सोही दिन चिनजान भएकी हाल नाम मनिता समेतलाई भेटी सोही एलायन्स क्याफेमा गई सबै जनाले खाजा खायौं। खाजा खाने समयमा सामान्य कुराकानी र परिचय भयो। 

खाजा खाइसकेपछि बाहिर निस्की सबै जना आ–आफ्नो कोठातिर जाने कुरा भयो। निर्मला शर्मा र मिना रिमाल खत्री आफ्नो कोठातर्फ गए। मनिता समेतले सातदोबाटो हुँदै कीर्तिपुर आफ्नो कोठामा जाने भनेकी र मेरोसमेत सातदोबाटोतिर जाने काम भएकोले सँगै जाऔं भनेर मैले भनेको थिएँ। 

त्यसपछि कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पुगी केहीबेर ट्याक्सी रोक्न लगाई मनितालाई समेत लिएर म सुपरमार्केटमा गई उनलाई १ बोतल वाइन र मेरो लागि आधा बोतल रेडलेबल, १ बट्टा चुरोट किनेर हामी पुन: ट्याक्सी चढ्यौं। 

त्यसपछि हामी एउटै ट्याक्सी चढी कोटेश्वरतर्फ जाँदै गर्दा मैले उनलाई घुम्न जाऔं न आज भन्दा मनिताले कहाँ जाने र भनिन्। मैले नगरकोटतिर जाऔं भने। तर उनले टाढा हुन्छ भन्दै नजाने भनिन्। 

‘त्यसो भए गोदावरी जाऔं न त’ भन्दा उनले हुन्छ तर आफू निर्मला शर्मा तथा मिना रिमालसँगै रहेको छु भनी आफ्नो दिदीलाई भन्नुपर्छ भनिन्। यो कुरा निर्मला शर्मालाई समेत भनी कुरा मिलाउनुपर्छ भनेर मनिताले भनिन्। 

त्यसपछि मनिताले मेरो मोबाइलमार्फत मिना रिमालको मोबाइलमा फोन गरी निर्मला शर्मासँग कुरा गरिन्। निर्मलाले समेत हुन्छ, म दिदीलाई त्यसै भनिदिउँला भनिन्। 

त्यसपछि हामीहरू गोदावरी जाने भनी जाँदै गर्दा मैले मनितालाई वाइन खाने गरेको छ, छैन भनी सोधेँ।

‘कहिलेकाहीं खान्छु’ भनेर मनिताले भनेकी थिइन्। 

त्यसपछि कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पुगी केहीबेर ट्याक्सी रोक्न लगाई मनितालाई समेत लिएर म सुपरमार्केटमा गई उनलाई १ बोतल वाइन र मेरो लागि आधा बोतल रेडलेबल, १ बट्टा चुरोट किनेर हामी पुन ट्याक्सी चढ्यौं। 

करिब साढे ४ बजेतिर ललितपुरको गोदावरीस्थित रहेको बृन्दावन रिसोर्ट अगाडि पुगियो। 

रिसोर्टमा बस्नको लागि कोठा भए–नभएको बुझ्न मनितालाई ट्याक्सीमै राखेर म रिसोर्टको रिसेप्सनमा गई २ हजार एड्भान्स दिएर १ वटा कोठा बुक गरेँ। 

त्यसपछि फर्किएर ट्याक्सी भाडा १ हजार तिरेर मनितालाई लिएर म रिसोर्टको कोठामा गएँ। 

कोठामा गएपछि मैले उनको गालामा किस गरेँ। तर उनले कुनै नेगेटिभ प्रतिक्रिया देखाइनन्। मनिताले समेत मलाई किस गरिन्। 

कोठामा पुगेको केही समयमै मिना रिमालको मोबाइलबाट निर्मला शर्माले मेरो मोबाइलमा फोन गरी मनिताको दिदीले पटकपटक फोन गरिरहेको छ, मनितासँग कुरा गराइदिनु भनेको छ, कसरी कुरा मिलाउने भनी सल्लाह गरिन्। 

मिना रिमालको मोबाइलबाट मलाई फोन गर्ने र निर्मला शर्माको मोबाइलबाट मनिताको दिदीलाई फोन गरी लाउड स्पिकर बनाई निर्मलाकै कोठामा मनिता रहेको छ भनी भन्ने योजना बनायौं। सोही अनुसार मनिताले आफू निर्मलाको कोठामा रहेको, अन्तर्वार्तासमेत भएको र आज कोठामा नआउने जानकारी दिदीलाई दिइन्। 

केही समयपछि सोही रिसोर्टबाट मैले मटन सेकुवा, गिलास तथा वाइनको ओपनर मगाएँ। 

मनिताका गिलासमा वाइन भरें। मैले रेडलेबल भरेँ। हामी दुवै जना पिउँदै गफ गर्दै थियौं। 

उनले अलिकति वाइन खाएपछि अरु खाइनन्। पछि खाना के खाने भनी कुरा हुँदा उनले आफूलाई केही खान मन छैन, जे खान मन लाग्छ, मगाउनु भनिन्। 

मैले रोटी र चिकेन करी मगाएँ। पछि स्टाफले रोटी ल्याइदिएपछि उनले खान्न भनी खाइनन्। मैले अलिकति खाएँ। पहिले कोठामा आएपछि किस गर्दा उनले कुनै नेगेटिभ प्रतिक्रिया नदेखाई आफूले समेत मलाई किस गरेकीले उनी शारीरिक सम्पर्क राख्न मान्लिन् भनेर करिब ११ बजेतिर मनितासँग शारीरिक सम्पर्कको प्रस्ताव राखें। तर उनले मानिनन्। त्यसपछि मैले उनलाई केही भनिनँ, गरिनँ। 

केही समयमा म निदाउन पुगेछु, राति करिव साढे १ बजेतिर मनिता बाहिर जान लागेकी रहिछन्। कहाँ जान लागेको भन्दा उनले रुममा जाने भन्न थालिन्। मैले बिहान उज्यालो भएपछि जाउँला भन्दा उनले मानिनन्। त्यसपछि विवाद हुँदा मैले उनलाई रोक्ने उद्देश्यले रिसको आवेशमा आई गालामा २ थप्पड हिर्काएँ। 

त्यसपछि मनिता त्यहीँ बसिन्। बाहिर निस्किइनन्। कता गइन् मलाई थाहा भएन। म रिसोर्टबाट बाहिर निस्की सातदोबाटोतर्फ आउँदै गर्दा केही समय हिँडेपछि पानी ट्यांकर आएकाले पानी ट्यांकरमा चढी कोटेश्वरसम्म गएँ। त्यहाँबाट ट्याक्सीमा चढी आफ्नो कोठामा गएँ। म कोठामा बिहान ४ बजेतिर पुगेको थिएँ। 

मनिता झन् रिसाइन्। बाहिर रिसेप्सनमा गइन्। म पनि सँगसँगै गएँ। रिसेप्सनका मानिसहरूलाई उठाई आफूहरू जान लागेकाले ट्याक्सी भए व्यवस्था गरिदिनुहोस् भन्दा होटलका स्टाफहरूले राति ट्याक्सी पाईंदैन, रुममा बसी बिहान जानुहोला भने। 

मैले आफू रुममा बस्दिनँ, ढोका खोलिदिनुस् म जान्छु, नभए यही रिसेप्सनमै बस्छु भनें। 

त्यसपछि रिसोर्टको बिल तिर्नुस्, अनि जानुहोस् भने। 

मैले पहिले डिपोजिट गरेको २ हजार कटाई तिर्न बाँकी रहेको २१ सय तिरेपछि ढोका खोलिदिएकोले म बाहिर निस्किएँ।

त्यसपछि मनिता त्यहीँ बसिन्। बाहिर निस्किइनन्। कता गइन् मलाई थाहा भएन। म रिसोर्टबाट बाहिर निस्की सातदोबाटोतर्फ आउँदै गर्दा केही समय हिँडेपछि पानी ट्यांकर आएकाले पानी ट्यांकरमा चढी कोटेश्वरसम्म गएँ। त्यहाँबाट ट्याक्सीमा चढी आफ्नो कोठामा गएँ। म कोठामा बिहान ४ बजेतिर पुगेको थिएँ। 

पछि मनिताको दिदीले मेरो विरुद्धमा जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी दिएकी रहिछन्। यही विषयलाई लिएर मंसिर ६ गते बेलुका अन्दाजी साढे ६ बजेतिर निर्मला शर्मासहित प्रहरी टोली मेरो कोठामा आयो। त्यहीँबाट म र मेरै कोठामा रहेकी मिना रिमाल खत्री समेतलाई पक्राउ गरी ल्याएको हो। 

मैले मनितालाई काममा लगाइदिने प्रलोभनमा पारी ललाइफकाई कीर्तिपुर पुर्‍याइदिने भनी गोदावरीस्थित रहेको उक्त रिसोर्टमा लगी जबरजस्ती करणी गर्न खोजेको होइन। हामीहरू दुवै जना घुम्न जाने भनी राजिखुसीका साथ गएका थियौं। उनीसँग शारीरिक सम्पर्कका लागि प्रस्ताव राख्दा नमानेकी हुँदा मैले शारीरिक सम्पर्क राख्न कोसिस नै गरिनँ। मेरो बायाँ खुट्टा प्यारालाइसिस भई म आफैं राम्रोसँग हिँडडुल गर्न नसक्ने भएकाले उनलाई जबर्जस्ती करणी गर्ने तथा जबर्जस्ती करणी गर्न खोज्ने भन्ने अवस्था नै छैन। 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्