• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देउवा-पौडेल द्वन्द्वमा कांग्रेसको भविष्य

64x64
नेपाल लाइभ मंगलबार, पुस ८, २०७६  ०९:०१
1140x725

काठमाडाैं- ०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि पार्टीमा पकड सभापति गिरिजाप्रसाद कोइरालाकै थियो। कोईराला देउवालाई अझ कमजोर पार्ने दाउमा थिए। रामचन्द्र पौडेल र शेरबहादुर देउवा भने पार्टीमा आधिपत्य जमाउन खोज्ने कोइरालाविरुद्ध एक थिए। नेपाली कांग्रेस विभाजन गरेर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि भने पौडेल र देउवा अलग भए। 

देउवाको कांग्रेस केही वर्षपछि मुल कांग्रेसमै मिसियो। तर एकताले देउवा र पौडेललाई भने एक बनाउन सकेन। यिनीहरूको दुरी बढ्दै गएको छ। नेपालमा नाम मात्रका कम्युनिष्ट राजनीतिक दल छन्। यीमध्ये कुनैले राजनीतिमा वर्चस्व जमाउन खोज्यो भने पौडेल र देउवा दुवै लोकतन्त्रको दुहाइ दिन्छन्। मानौं यो देशमा साँच्चै कम्युनिष्ट शासन लागू हुन्छ। र, मानिसका वाक स्वतन्त्रता, मानव अधिकार रातारात खुम्चिन्छ। तर यहाँको कम्युनिष्टमा साम्यवाद र समाजवादप्रति विश्वास त्यति नै कमजोर छ, जति देउवा र पौडेलमा लोकतान्त्रिक सँस्कारको छ। देउवा चार पटक नेपालका प्रधानमन्त्री भइसके।

अहिले पार्टी सभापतिको हैसियतले नेपाली कांग्रेसको नेतृत्व गरिररहेका छन्। पार्टी र सरकारमा देउवाले जुन स्थान हासिल गरे, त्यही स्थान हासिल गर्ने चाहना पौडेलमा तीव्र देखिन्छ। यसका लागि पौडेलले कसरत राम्रैसँग गरेका पनि हुन्। तर पौडेल र देउवा दुवै विधि र नीतिमा आधारित भएर पार्टी नेतृत्व गर्न चाहँदैनन्। उनीहरूको आफ्नो गुटलाई मजबुत बनाएर, त्यसको सहयोगका आधारमा पार्टी हाँक्न चाहन्छन्। यो कांग्रेसले आफ्नो स्थापनाकालदेखि बोक्दै आएको लोकतान्त्रिक दर्शन र सिद्धान्तमाथिको आक्रमण हो। यसले कांग्रेस दिन–प्रतिदिन कमजोर बन्दै गएको छ र अझ कमजोर बन्दै जानेछ। एउटा पुरानो लोकतान्त्रिक शक्ति सिद्धान्तबाट च्युत भएर सकिनु नेपालको राजनीतिक परिवेशका लागि निश्चय नै सुखद खबर हुँदैन। 

व्यक्तिगत मान र प्रतिष्ठाका लागि पार्टीमा पद हत्याउन खोज्ने रोग कांग्रेसमा नयाँ भने हैन। बिपी कोइरालाका अनुसार डिल्लीरमण रेग्मी शान–मानका लागि कांग्रेस सभापति बन्न चाहन्थे। यो कुरा रेग्मीले बिपीलाई खुलेर भनेका थिए भने बिपीले रेग्मीको यस्तो ईच्छा पुरा हुन दिएनन्।  बिपीको आरोपमा सत्यता कति छ? त्यो अर्काे पाटो हो। केही हदसम्म रेग्मीमा यस्तो लोभ पक्कै थियो होला। बिपी र मातृकाप्रसाद कोइरालाबीचको द्वन्द्व पनि केही हदसम्म पार्टीमा कसले अधिपत्य जमाउने भन्नेमै थियो। दाजुभाइ कोइरालाको यो स्वार्थमा दरबारले खेल्यो। यसमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको पनि केही न केही हात थियो।  सायद कांग्रेसका सबै नेताहरू, आफ्नो दर्शन, सिद्धान्तप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी भएको भए दरबारले पञ्चायत लाद्न सक्दैन थियो कि?

अहिले पनि कांग्रेसले आफैंभित्र लोकतान्त्रिक संस्कार अंगालेर राजनीति गरेको भए, कम्युनिष्टलाई निरंकुशताको द्योतक भनेर प्रचार गर्नु पर्दैन थियो कि? तर यतातिर कांग्रेसका कुनै नेताले सोचेको देखिँदैन। कार्यकर्ताहरू पार्टीभित्र झांगिदै गएको गुटभित्र आफ्नो स्थान कसरी सुरक्षित पार्ने भन्नेमा चिन्तित छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

पौडेल र देउवा दुवै विधि र नीतिमा आधारित भएर पार्टी नेतृत्व गर्न चाहँदैनन्। उनीहरूको आफ्नो गुटलाई मजबुत बनाएर, त्यसको सहयोगका आधारमा पार्टी हाँक्न चाहन्छन्।

एक किसिमले अहिले कांग्रेसभित्र रडाको मच्चिएको छ। सभापति देउवाले कांग्रेसमा विभाग थप्ने प्रस्ताव गरेका छन्। संस्थापन इतरले यसलाई सभापतिको महाधिवेशनकेन्द्रीत रणनीतिको रुपमा बुझेको छ। कांग्रेसमा संस्थापन र इतरपक्षबीच द्वन्द्व चर्किएको छ। अनेकौं पटक बसेकोे बैठकले समाधानको बाटो पहिल्याउन सकेको छैन। हुन त, नेपाली कांग्रेसको निर्णय पार्टीको सिद्धान्त र जनताको आवश्यकताका आधारमा विरलै हुन्छन्। यही कारण कांग्रेसका निर्णयहरू पार्टीभित्रै विवादमा पर्छन्। पार्टीबाहिर जनतामा गएका कार्यक्रम पनि त्यति प्रभावकारी बन्न सकेका छैन्। यस्तो अवस्थामा दुई शीर्ष नेता पौडेल र देउवा दुवैलाई पार्टीको चिन्ता छैन। बस् पार्र्टीमा कसरी आधिपत्य जमाउने भन्नेमात्र चिन्ता छ। पटक–पटक प्रधानमन्त्री भइसकेका बहालवाला पार्टी सभापति देउवाले आफूलाई मात्र योग्य देखिरहेका छन्। पार्टीमा देउवासँगै उत्तिकै समय लगानी गरेका पौडेल म पनि के कम भन्ने मनोविज्ञानबाट ग्रसित छन्। शीर्ष नेताको यो सोचले पार्टीमा लोकतान्त्रिक संस्कार शिथिल हुँदै गएको छ। गुलामी गर्ने संस्कार बढ्दै गएको छ। तसर्थ नेपाली कांग्रेसमा अब यो समस्या देउवा र पौडेलको समस्यामात्र रहेन,  कांग्रेसको आउँदो पुस्ताले अपनाउने अनिवार्य विधि पनि बन्दै गएको छ।  

कांग्रेसमा सम्भावना बोकेका नेताहरू छन्। तर दुर्भाग्य भन्नुपर्छ कि कांग्रेसभित्र गुटवाद संस्थागत भइसक्यो। गुटवादका केही नकारात्मक पक्ष हुन्छन्। यसले गुलामी संस्कारलाई स्थापित गर्छ, जुन नेपाली कांग्रेसभित्र स्थापित भएको छ। यसको अर्थ यो नलागोस् कि कांग्रेसमा मात्र गुलामी संस्कार छ। नेपालका सबै राजनीतिक दलहरू यो समस्याबाट आक्रान्त छन्। अर्काेतिर गुटलाई प्रश्रय दिएर वा गुटको जोडबलमा नेतृत्वमा पुगेका नेता सदैव पद ओगट्न चाहन्छन्। यसको प्रभाव आशा गरिएका युवा नेता वा पछिल्लो पुस्तालाई पर्नेछ। पछिल्लो पुस्ताले सिद्धान्त, योजना र लगनभन्दा बढी गुटवादलाई नेतृत्व हत्याउने बलियो हतियार ठान्न पुग्नेछन्।

गुटवादले नेतृत्व हत्याउन नसके पनि च्याँखे थापेर पार्टीलाई मिल्ने अवसर केही हिस्सा हात पार्न सकिन्छ भन्ने मनोविज्ञान पनि हावी हुन्छ। कांग्रेसमा यसको अभ्यास कृष्णप्रसाद सिटौलाले गरिसकेका छन्। सिटौला कुनै समय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए। सुशील कोइराला सभापति हुँदासम्म उनी कोइराला क्याम्पमै थिए। तर पछिल्लो महाधिवेशनमा कोइराला क्याम्पको सभापति उम्मेदवार रामचन्द्र पौडेल हुँदा, सिटौला पनि सभापतिको प्रत्यासी बने। सिटौलाको यो कदमले रामचन्द्र पौडेलको सभापति भन्ने सपनामात्र भत्काएन। सिटौलालाई सानै सही तर आफ्नो छुट्टै गुट निर्माण गर्न सहयोग गर्‍यो। 

वाकपटुतामा तगडा विश्वप्रकाश शर्मा नयाँ पुस्ताले रुचाउने नेतामै पर्छन्। तर प्रवक्ता नियुक्त भएपछि उनको पार्टीप्रतिको आलोचनात्मक चेत कमजोर हुँदै गएको छ। शब्द श्रृंगारमा पारंगत शर्माले पार्टीलाई बचाउँने कोशिस त गरेका छन् तर यसले जनताको नजरमा पार्टी बँच्ने सम्भावना भने देखिएको छैन। उल्टै शर्माको शाख पनि गिर्दै गएको छ। गगन थापालाई पछिल्लो समय सिटौला गुटको नेता भन्न थालिएको छ। सम्भावना बोकेका नेताहरू गुटगुटमा विभाजित गरिनु राम्रो हैन। निश्चय नै लोकतन्त्रमा विस्वास गर्ने र कांग्रेस समर्थकलाई यो कुरा रुचीकर हैन। तर रुचिकर नभए पनि अब यो कांग्रेसीका लागि नियति बन्दै गएको छ। देउवा र पौडेलले ठाउँ नछोडेसम्म अर्काे पुस्ता पनि बुढ्यौलीमा मात्र नेतृत्वमा आईपुग्छ। साथै ती पुस्ताले आजैदेखि गुटवाद र गुलामी संस्कार अँगाल्ने छन्। गुलामी संस्कार आफैमा क्षमता प्रदर्शनको उत्तम र सही बाटो हैन। यस्तो संस्कारले क्षमता निर्माण गर्नमा ऊर्जा पनि प्रदान गर्दैन। समूह रिझाउने तथा ईतरसमूहलाई पन्छाउने अलोकतान्त्रिक अभ्यास सुरु गर्छ। यो अभ्यास हाल शीर्ष नेताको मान र प्रतिष्ठाको लडाइँजस्तो देखिन्छ। तर कालान्तरमा यही अभ्यासले कांग्रेसलाई आर्यघाट पुर्‍याउँन सक्छ। 

लोकतन्त्रका लागि कांग्रेसले कम्युनिष्टलाई गाली गर्नेमात्र हैन। पार्टीभित्र लोकतान्त्रिक संस्कार र अभ्यासलाई बढावा दिएर अघि बढ्नु पर्छ। पार्टीभित्रको प्रतिस्पर्धा नै अस्वस्थ बनाएपछि बाहिर नैतिकता र लोकतन्त्रको वकालत गर्ने हैसियत हँुदैन। तसर्थ देउवा र पौडेलले आफू र आफ्नो गुटमात्र हैन, कांग्रेसलाई केन्द्रमा राखेर सोच्ने बेला आएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्