काठमाडौं– प्रहरीले एकैपटक ४ केजी अफिम बरामद गरेको छ। यो हालसम्म एकैपटक बरामद भएको सबैभन्दा ठुलो परिणाम भएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले मकवानपुरका सोमबहादुर तितुङ, बज्र बहादुर बोम्जन र प्रेमबहादुर थिङलाई ४ केजी अफिमसहित दक्षिणकालीबाट पक्राउ गरेको हो।
सोमबहादुरसँग २ केजी र अन्य दुई जनासँग १÷१ केजी अफिम बरामद गरेको हो।
अफिम हेराइन बनाउन प्रयोग हुन्छ। नेपालका कतिपय जिल्लामा अवैध रुपमा अफिम खेती हुने गर्दछ। सो अफिम भारत लैजाने खोजिएको हुनसक्ने ब्यूरोका डिआईजी ठुले राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।