धरान– धरानस्थित सनराइज बैंकबाट रकम चोरी नभएको बैंकले जनाएको छ। चोरहरुले बैंकको भल्ट फुटाउने प्रयास गरेको तर फुटाउन नसकेपछि उनीहरुले सिसीक्यामराको हार्डडिस्क चोरी गरेको प्रहरीले जनाएको छ। सोमबार बैंकबाट १० लाख चोरी भएको भन्दै प्रचार गरिएको थियो।
विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको परिसरमा रहेको बैंकभित्र आइतबार राती चोरी प्रयास भएको हो। सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण चिमोरियाका अनुसार बैंकबाट पैसा चोरी भएको छैन। चोरहरुले आफुहरुको पहिचान खुल्ने डरले सिसीक्यामराको हार्डडिस्क लगेको हुनसक्ने उनले बताए। उनीहरुले बैंकमा रहेको सिसीक्यामरा पनि निकालेका थिए।
केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।