रौतहट- रौतहटस्थित एक इँटाभट्टाका मजदुरमाथि गोली प्रहार भएको छ।
कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदुर ५० वर्षीय रामआशिष यादवमाथि अज्ञात समूहले गएराति गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका–५ महमदपुुर घर भएका यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदुरसँग सुुतिरहेका थिए। राति करिब ११ः३० बजे अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताए।
यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदुरलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।