कास्की– कास्कीमा चितुवाको छाला र बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माछापुच्छ्रे गाउँपालिका–२ च्याङ्लुङ बस्ने ४० बर्षीय गम बहादुर गुरुङ र ३१ बर्षीय चन्द्र बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट प्रहरीले भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा र खाली खोका १० थान तथा चितुवाको एएटा छाला बरामद गरेको छ। चितुवा मारी गुरुङलाई राख्न दिएको खुलेपछि पौडेल पनि पक्राउ परेका हुन्।
गुरुङले घरमा अबैध रुपमा हातहतियार तथा चितुवाको छाला लुकाई राखेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दिखोलाबाट खटिएको टोलीले सोमबार घर तलासी गर्दा उक्त भरुवा बन्दुक र चितुवाको छाला बरामद गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।