• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हैट्, जागिरे जमाना!

64x64
नेपाल लाइभ आइतबार, पुस ६, २०७६  ०६:३०
1140x725

जागिरे जीवनबारे तपाईं कतिसम्म दिक्क हुनुहुन्छ कुन्नी? तर, ‘भोलि फेरि उही जागिरमा हाजिरी गर्नुपर्छ’, त्यही झन्झटिलो काम गर्नुछ’, भन्ने अभिव्यक्ति दिँदै हुनुहुन्छ भने ठान्नुहोस् जागिर र तपाईंको अन्र्तसम्बन्धका विषयमा बहस गर्न सकिन्छ।

मानौं तपाईंलाई यस्तै लाग्छ। अब प्रश्न गरौं, किन यस्तो दिग्दारी लाग्छ? यसको जरा कहाँसम्म छ? जागिर जीविकोपार्जनसँग जोडिएकाले पनि यसबारे विमर्श वाञ्छनीय छ।

झट्ट हेर्दा हामीकहाँ धेरैले जागिरको विकल्प नै नभएको जस्तो सोच्छन्। जनसंख्याको अनुपातमा उत्पादन निकै कम भएकाले सीमित स्रोत साधनका कारण रोजगारी सिर्जना गर्न या व्यवसायी हुने वातावरण अनुकूल नभएको जस्तो देखिन्छ। विकसित भनिएका मुलुकमा समेत बेरोजगारीको बढ्दो र विकराल समस्याले जागिर पाउनुलाई नै उपलब्धि मान्न सकिन्छ। 

एउटा व्यक्तिको लागि जागिर त्यति महत्वपूर्ण हुन्छ? यो प्रश्न जटिल भइकन पनि सरल छ। जागिर भनेको एउटा व्यक्तिले दैनिक रूपमा गर्ने काम हो। जागिर सोझै व्यक्तिको दक्षता र सीपसँग जोडिएको विषय हो। कुनै व्यक्तिले आफ्नो जागिरको दायरा सीमित राख्नाले उसले आफ्नो दक्षता र सीप पनि सीमित ठानेको महशुस गर्न सकिन्छ। सफलता मापन गर्ने विभिन्न दृष्टिकोणहरू छन्।

एउटा जागिरेले बीस/तीस वर्ष जागिर गरेर आफ्नो परिवारप्रतिको दायित्व निर्वाह गरेको सन्तुष्टि लिँदै उसको जीवनलाई ‘सफल’ ठान्छ। तर सफल जीवन सार्थक जीवन नहुन पनि सक्छ। सार्थकता मापन गर्ने पनि विभिन्न दृष्टिकोणहरू छन्। लेखकको बुझाइमा एउटा व्यक्तिको जीवन सार्थक हुन्छ जब उसले आफ्नो आत्मसम्मानलाई थाति राखेर कुनै पनि अवस्थामा सम्झौता गर्दैन। ऊ आफ्नो जीविकोपार्जनका लागि आफ्नो सीप र आत्मबलको भरमा कार्य गर्छ। जागिरै गर्नुपरे पनि आफ्ना मूल्य र मान्यताको तिलाञ्जली कहिल्यै दिँदैन।

आत्मबल, ज्ञान र सीपको कमीले नै व्यक्तिलाई जागिरप्रति आश्रित बनाउँछ। जागिर नभए जीविकोपार्जन नै असजिलो हुने ऊ ठान्छ र जागिर बचाऊ अभियान अन्तर्गत अनेक तिकडम अपनाउँछ। यो प्रवृत्ति हावि हुँदै गएपछि उही राणाकालीन अवस्थाको चाकरी प्रथा मौलाउन थाल्छ। यो नवसामन्तवादी चिन्तनले धनी र गरिबको दूरी अझ बढाउँछ।

आत्मसम्मानसँग शिक्षा पनि दह्रो ढंगले जोडिएको छ। हाम्रो शिक्षा प्रणालीमा वस्तुगत परिवर्तन आएपनि मूल्यगत परिवर्तन आएको छैन। शिक्षा घोकन्ते पारामा भएपछि त्यसको उत्पादन पनि त्यही अनुरूपको हुन्छ। त्यो घोकन्ते र सीपरहित विद्यार्थी नै पछि गएर घोकन्ते र सीपरहित शिक्षक बन्छ र फेरि विद्यार्थीलाई घोकाउँछ तर सीप सिकाउँदैन।

यो असफलताको चक्र घुमेको दशकौं भइसकेको छ र अझै पनि जारी छ। शिक्षामा स्नातकोत्तर गरेको विद्यार्थीले आफू शिक्षक भएर पढाउँदा त्यही किताबी ढाँचा सिकाउँछ तर अन्तरवस्तुमा प्रवेशै गर्दैन। अर्थशास्त्रको विद्यार्थीले देशको कुल ग्रार्हस्थ उत्पादन किन यति मात्र भयो भनेर सोध्दा उत्पादनमूलक क्षेत्रमा कम लगानी भएकाले भन्छ तर उसले नेपालीहरूको गैर उत्पादनमूलक लगानी (जस्तै विवाह, घर जग्गा)को पाटो केलाउनै सक्दैन। 

nimb
nimb
Ncell 2
Ncell 2

यसको एकमात्र कारण हो, ज्ञान, सीप र सोचको सीमितता। केही आधुनिक समुदायले हाम्रो परम्परागत पूर्वीय दर्शनले ल्याएको शिक्षा प्रणालीको विरोध गर्दै पश्चिमी शैलीमा पठनपाठन गराउन खोजेका पनि छन्। तर पूर्वीय दर्शनको सूक्ष्म अध्ययन गर्ने हो भने शिक्षामा त्यस्तो परतन्त्र भाव वा गुरुलाई सर्वोपरी ठान्नुपर्ने भाव झल्किएको पाइँदैन। अझ आफूले हासिल गरेको ज्ञानप्रति शंका र प्रश्न गर्न स्वयम् पूर्वीय दर्शन अन्तरगत ‘लोकायत’ दर्शनले करिब २५०० वर्ष अघि नै त्यो छुट दिएको थियो। 

जब हाम्रो आफ्नै दर्शनले स्वतन्त्र विश्लेषण गर्न पाउने छुट दिएको छ, हामी आफैं गुरु चेलाको सम्बन्धलाई संकीर्ण नजरले हेर्दै ज्ञानको दायरा सांघुरो बनायौं। गुरुसँग वादविवाद, प्रश्न गर्न पाइँदैन, उनको पाउमा सधैं दबिएर बस्नुपर्छ, उनले बोलेकोनै अन्तिम सत्य हुन्छ, अहिलेसम्म पनि धेरैमा यो अन्धविश्वास रहेको पाइन्छ। 

भनिन्छ, अहिले विज्ञान र प्रविधिको युग हो। विश्वलाई एउटा सानो गाउँको रूपमा चित्रण गर्न थालिएको छ, जहाँ सबै थोक पहुँचबाहिर छैन। यसले व्यक्तिको इच्छा आकांक्षालाई पनि त्यसरी नै मोडिराखेको हुन्छ। अमेरिकाको एउटा कम्पनीले आफ्नो मोबाइलको नयाँ संस्करण सार्वजनिक गर्दा गुल्मीको एउटा गाउँको युवक दंग परेर त्यो चमत्कार युट्युवमा हेर्छ र अनेक सपना देख्न थाल्छ। उसलाई त्यसमा प्रयोग भएको ज्ञान, सीप र अथक प्रयाससँग मतलव हुँदैन। ऊ पूँजीवादले जन्माएको थुप्रै उपभोत्ताहरूको जमातमा रमाउँछ। जागिरेहरू पनि सबै यही पूँजीवादी सोचका उपज हुन्, जहाँ केही बाठा व्यक्तिले आफ्नो ज्ञान र सीपको भरमा भर्तिकेन्द्ररूपी जागिरको स्थापना गर्छन् र जागिरेहरूलाई लोभ्याउँछन्।

आज आएर औंलामा गन्न सकिनेबाहेक अधिकांश व्यक्तिहरूमा आफूले आर्जेको ज्ञान र सीपले जीवनभर गुजारा चल्ने विश्वास छैन।

एउटा कहालिलाग्दो सत्य के हो भने अहिले सम्पूर्ण विश्व जगतमा सामाजिक मूल्य परिवर्तनको लहर आएको छ। अहिलेको विश्व वस्तुवादी चिन्तनबाट ग्रसित छ, उसका हरेक सोच नाफा घाटासँग गाँसिएका छन्। उसको सामाजिक प्रतिष्ठा उसको सम्पत्तिले निर्धारण गर्छ। उसले फगत व्यापारी भएपनि बेलायतको हाउस अफ लर्ड्समा लर्ड अर्थात् भगवानको दर्जा पाउँछ तर उसले लेखेको किताबकै भरमा उसलाई फतवा या मृत्युदण्डसम्मको सजाय सुनाइन्छ।

अहिलेको जमाना भनेको मध्यम वर्गीयहरूको जमाना हो रे। राम्ररी मनन गर्दा आइप्याडमा एउटा युवकले जुन दर्शन, विज्ञान, अर्थशास्त्र, समाजशास्त्रलगायत ज्ञान हासिल गरेर जागिरे हुने सपना बुन्न थाल्छ, उसले ध्यानमा राख्दैन कि ज्ञान आफैंमा एउटा उपलब्धि हो। उसका लागि ज्ञान भनेको पिछडिएको समाजबाट छुट्कारा पाउने र आधुनिक समाजमा भिज्न सक्ने साधनमात्र हो। उसले यो हेक्का राख्दैन कि ती सबै ज्ञान त्यही पिछडिएको पश्चिमी ग्रिस, रोमलगायत युरोपेली समाज, मध्य पूर्वीय मुस्लिम र पूर्वीय आर्य समाजको देन हो।

तसर्थ वर्तमान नेपाली समाज पनि यही मध्यम वर्गीय जागिरे मनोवृत्तिबाट प्रभावित छ। यसले वास्तुवादी चिन्तन र पूँजीवादलाई प्रसय दिन्छ तर विकास यही सोचबाट हुन कठिन छ। झट्ट हेर्दा यसको प्रभाव एउटा व्यक्तिमा मात्रै पर्ने जस्तो देखिन्छ तर समग्र विकासलाई नै यसले असर गर्छ। योजना आयोगको कर्मचारी ढल्किँदै कार्यालय पुग्छ, जागिर बचाउन ठूलाठालुको चाकरी गर्छ तर देशलाई फाइदा हुने योजना बनाउनतर्फ बुद्धि तिखार्दैन।

बैंकको कर्मचारी नाफा घाटाको अंक गणितनै मेरो काम हो भन्ने ठान्छ र किसान र उद्यमीलाई राम्रो योजना ल्याएर लगानीतर्फ प्रोत्साहन गर्न खोज्दैन, प्रहरीले घटनाको अनुसन्धान गर्छ तर प्रवृत्तिको अनुसन्धान गर्दैन, न्यायलयले निर्णय गर्छ तर निक्र्योल गर्दैन, विद्यालयले कक्षा कोठा थप्छ तर गुणस्तर थप्दैन। यसरी जागिरेहरू बनिन्छन्, जीविकोपार्जन हुन्छ  तर जीवन सार्थक हुँदैन।

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्