• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हैट्, जागिरे जमाना!

64x64
नेपाल लाइभ आइतबार, पुस ६, २०७६  ०६:३०
1140x725

जागिरे जीवनबारे तपाईं कतिसम्म दिक्क हुनुहुन्छ कुन्नी? तर, ‘भोलि फेरि उही जागिरमा हाजिरी गर्नुपर्छ’, त्यही झन्झटिलो काम गर्नुछ’, भन्ने अभिव्यक्ति दिँदै हुनुहुन्छ भने ठान्नुहोस् जागिर र तपाईंको अन्र्तसम्बन्धका विषयमा बहस गर्न सकिन्छ।

मानौं तपाईंलाई यस्तै लाग्छ। अब प्रश्न गरौं, किन यस्तो दिग्दारी लाग्छ? यसको जरा कहाँसम्म छ? जागिर जीविकोपार्जनसँग जोडिएकाले पनि यसबारे विमर्श वाञ्छनीय छ।

झट्ट हेर्दा हामीकहाँ धेरैले जागिरको विकल्प नै नभएको जस्तो सोच्छन्। जनसंख्याको अनुपातमा उत्पादन निकै कम भएकाले सीमित स्रोत साधनका कारण रोजगारी सिर्जना गर्न या व्यवसायी हुने वातावरण अनुकूल नभएको जस्तो देखिन्छ। विकसित भनिएका मुलुकमा समेत बेरोजगारीको बढ्दो र विकराल समस्याले जागिर पाउनुलाई नै उपलब्धि मान्न सकिन्छ। 

एउटा व्यक्तिको लागि जागिर त्यति महत्वपूर्ण हुन्छ? यो प्रश्न जटिल भइकन पनि सरल छ। जागिर भनेको एउटा व्यक्तिले दैनिक रूपमा गर्ने काम हो। जागिर सोझै व्यक्तिको दक्षता र सीपसँग जोडिएको विषय हो। कुनै व्यक्तिले आफ्नो जागिरको दायरा सीमित राख्नाले उसले आफ्नो दक्षता र सीप पनि सीमित ठानेको महशुस गर्न सकिन्छ। सफलता मापन गर्ने विभिन्न दृष्टिकोणहरू छन्।

एउटा जागिरेले बीस/तीस वर्ष जागिर गरेर आफ्नो परिवारप्रतिको दायित्व निर्वाह गरेको सन्तुष्टि लिँदै उसको जीवनलाई ‘सफल’ ठान्छ। तर सफल जीवन सार्थक जीवन नहुन पनि सक्छ। सार्थकता मापन गर्ने पनि विभिन्न दृष्टिकोणहरू छन्। लेखकको बुझाइमा एउटा व्यक्तिको जीवन सार्थक हुन्छ जब उसले आफ्नो आत्मसम्मानलाई थाति राखेर कुनै पनि अवस्थामा सम्झौता गर्दैन। ऊ आफ्नो जीविकोपार्जनका लागि आफ्नो सीप र आत्मबलको भरमा कार्य गर्छ। जागिरै गर्नुपरे पनि आफ्ना मूल्य र मान्यताको तिलाञ्जली कहिल्यै दिँदैन।

आत्मबल, ज्ञान र सीपको कमीले नै व्यक्तिलाई जागिरप्रति आश्रित बनाउँछ। जागिर नभए जीविकोपार्जन नै असजिलो हुने ऊ ठान्छ र जागिर बचाऊ अभियान अन्तर्गत अनेक तिकडम अपनाउँछ। यो प्रवृत्ति हावि हुँदै गएपछि उही राणाकालीन अवस्थाको चाकरी प्रथा मौलाउन थाल्छ। यो नवसामन्तवादी चिन्तनले धनी र गरिबको दूरी अझ बढाउँछ।

आत्मसम्मानसँग शिक्षा पनि दह्रो ढंगले जोडिएको छ। हाम्रो शिक्षा प्रणालीमा वस्तुगत परिवर्तन आएपनि मूल्यगत परिवर्तन आएको छैन। शिक्षा घोकन्ते पारामा भएपछि त्यसको उत्पादन पनि त्यही अनुरूपको हुन्छ। त्यो घोकन्ते र सीपरहित विद्यार्थी नै पछि गएर घोकन्ते र सीपरहित शिक्षक बन्छ र फेरि विद्यार्थीलाई घोकाउँछ तर सीप सिकाउँदैन।

यो असफलताको चक्र घुमेको दशकौं भइसकेको छ र अझै पनि जारी छ। शिक्षामा स्नातकोत्तर गरेको विद्यार्थीले आफू शिक्षक भएर पढाउँदा त्यही किताबी ढाँचा सिकाउँछ तर अन्तरवस्तुमा प्रवेशै गर्दैन। अर्थशास्त्रको विद्यार्थीले देशको कुल ग्रार्हस्थ उत्पादन किन यति मात्र भयो भनेर सोध्दा उत्पादनमूलक क्षेत्रमा कम लगानी भएकाले भन्छ तर उसले नेपालीहरूको गैर उत्पादनमूलक लगानी (जस्तै विवाह, घर जग्गा)को पाटो केलाउनै सक्दैन। 

nimb
nimb
Ncell 2
Ncell 2

यसको एकमात्र कारण हो, ज्ञान, सीप र सोचको सीमितता। केही आधुनिक समुदायले हाम्रो परम्परागत पूर्वीय दर्शनले ल्याएको शिक्षा प्रणालीको विरोध गर्दै पश्चिमी शैलीमा पठनपाठन गराउन खोजेका पनि छन्। तर पूर्वीय दर्शनको सूक्ष्म अध्ययन गर्ने हो भने शिक्षामा त्यस्तो परतन्त्र भाव वा गुरुलाई सर्वोपरी ठान्नुपर्ने भाव झल्किएको पाइँदैन। अझ आफूले हासिल गरेको ज्ञानप्रति शंका र प्रश्न गर्न स्वयम् पूर्वीय दर्शन अन्तरगत ‘लोकायत’ दर्शनले करिब २५०० वर्ष अघि नै त्यो छुट दिएको थियो। 

जब हाम्रो आफ्नै दर्शनले स्वतन्त्र विश्लेषण गर्न पाउने छुट दिएको छ, हामी आफैं गुरु चेलाको सम्बन्धलाई संकीर्ण नजरले हेर्दै ज्ञानको दायरा सांघुरो बनायौं। गुरुसँग वादविवाद, प्रश्न गर्न पाइँदैन, उनको पाउमा सधैं दबिएर बस्नुपर्छ, उनले बोलेकोनै अन्तिम सत्य हुन्छ, अहिलेसम्म पनि धेरैमा यो अन्धविश्वास रहेको पाइन्छ। 

भनिन्छ, अहिले विज्ञान र प्रविधिको युग हो। विश्वलाई एउटा सानो गाउँको रूपमा चित्रण गर्न थालिएको छ, जहाँ सबै थोक पहुँचबाहिर छैन। यसले व्यक्तिको इच्छा आकांक्षालाई पनि त्यसरी नै मोडिराखेको हुन्छ। अमेरिकाको एउटा कम्पनीले आफ्नो मोबाइलको नयाँ संस्करण सार्वजनिक गर्दा गुल्मीको एउटा गाउँको युवक दंग परेर त्यो चमत्कार युट्युवमा हेर्छ र अनेक सपना देख्न थाल्छ। उसलाई त्यसमा प्रयोग भएको ज्ञान, सीप र अथक प्रयाससँग मतलव हुँदैन। ऊ पूँजीवादले जन्माएको थुप्रै उपभोत्ताहरूको जमातमा रमाउँछ। जागिरेहरू पनि सबै यही पूँजीवादी सोचका उपज हुन्, जहाँ केही बाठा व्यक्तिले आफ्नो ज्ञान र सीपको भरमा भर्तिकेन्द्ररूपी जागिरको स्थापना गर्छन् र जागिरेहरूलाई लोभ्याउँछन्।

आज आएर औंलामा गन्न सकिनेबाहेक अधिकांश व्यक्तिहरूमा आफूले आर्जेको ज्ञान र सीपले जीवनभर गुजारा चल्ने विश्वास छैन।

एउटा कहालिलाग्दो सत्य के हो भने अहिले सम्पूर्ण विश्व जगतमा सामाजिक मूल्य परिवर्तनको लहर आएको छ। अहिलेको विश्व वस्तुवादी चिन्तनबाट ग्रसित छ, उसका हरेक सोच नाफा घाटासँग गाँसिएका छन्। उसको सामाजिक प्रतिष्ठा उसको सम्पत्तिले निर्धारण गर्छ। उसले फगत व्यापारी भएपनि बेलायतको हाउस अफ लर्ड्समा लर्ड अर्थात् भगवानको दर्जा पाउँछ तर उसले लेखेको किताबकै भरमा उसलाई फतवा या मृत्युदण्डसम्मको सजाय सुनाइन्छ।

अहिलेको जमाना भनेको मध्यम वर्गीयहरूको जमाना हो रे। राम्ररी मनन गर्दा आइप्याडमा एउटा युवकले जुन दर्शन, विज्ञान, अर्थशास्त्र, समाजशास्त्रलगायत ज्ञान हासिल गरेर जागिरे हुने सपना बुन्न थाल्छ, उसले ध्यानमा राख्दैन कि ज्ञान आफैंमा एउटा उपलब्धि हो। उसका लागि ज्ञान भनेको पिछडिएको समाजबाट छुट्कारा पाउने र आधुनिक समाजमा भिज्न सक्ने साधनमात्र हो। उसले यो हेक्का राख्दैन कि ती सबै ज्ञान त्यही पिछडिएको पश्चिमी ग्रिस, रोमलगायत युरोपेली समाज, मध्य पूर्वीय मुस्लिम र पूर्वीय आर्य समाजको देन हो।

तसर्थ वर्तमान नेपाली समाज पनि यही मध्यम वर्गीय जागिरे मनोवृत्तिबाट प्रभावित छ। यसले वास्तुवादी चिन्तन र पूँजीवादलाई प्रसय दिन्छ तर विकास यही सोचबाट हुन कठिन छ। झट्ट हेर्दा यसको प्रभाव एउटा व्यक्तिमा मात्रै पर्ने जस्तो देखिन्छ तर समग्र विकासलाई नै यसले असर गर्छ। योजना आयोगको कर्मचारी ढल्किँदै कार्यालय पुग्छ, जागिर बचाउन ठूलाठालुको चाकरी गर्छ तर देशलाई फाइदा हुने योजना बनाउनतर्फ बुद्धि तिखार्दैन।

बैंकको कर्मचारी नाफा घाटाको अंक गणितनै मेरो काम हो भन्ने ठान्छ र किसान र उद्यमीलाई राम्रो योजना ल्याएर लगानीतर्फ प्रोत्साहन गर्न खोज्दैन, प्रहरीले घटनाको अनुसन्धान गर्छ तर प्रवृत्तिको अनुसन्धान गर्दैन, न्यायलयले निर्णय गर्छ तर निक्र्योल गर्दैन, विद्यालयले कक्षा कोठा थप्छ तर गुणस्तर थप्दैन। यसरी जागिरेहरू बनिन्छन्, जीविकोपार्जन हुन्छ  तर जीवन सार्थक हुँदैन।

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्