• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खस्दै गरेको देखिन्छ यहीँ बसेर हेर्दा युरोप

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  ११:३६
1140x725

दुई दिनदेखि फुसफुस हिउँ परिरहेको थियो। सडक प्रायः सुनसान भएकाले मेरो काममा खासै चाप थिएन। खानाको स्वाद र मौसम बाहेकका कुरा गर्न जान्ने ग्राहक आएमा तिनका कुरा राम्ररी सुन्न भ्याउने गरी फुर्सदमा थिएँ म। खासमा भन्दा सँगै काम गर्ने दुईजना सहकर्मीबाहेक अरुसँग बोल्न नपाएको केही दिन भएको थियो। यस्तो अवस्थामा बोल्न मात्र नभएर अरु मान्छेलाई सुन्न पनि मन लाग्नेरहेछ। यो मनस्थितिमा अलिक घुलमिल हुने खालका ग्राहक परेमा म पनि आफ्नो रुचिका कुरा गर्न भ्याउँछु। तर, भर्खरै आएको यो जोडी खासै खुल्ने खालको जस्तो लागेन। उनीहरू बसेको टेबलको आडमै रहेको ढोका बाहिर बुद्ध मूर्तिसँगै उभिएर म उनीहरूको कुरा सुनिरहन थालेँ। 

केटो अलिक बढी उमेरको लाग्थ्यो, चालीसको हाराहारी। केटी चाहीँ  तीस पनि नपुगेकी देखिन्थी। उनीहरु मेनु हातमा लिएपछि नै एकआपसमा फ्रेन्च बोल्न थाले। यस देशमा आप्रवासी वा स्थायी बासिन्दा हरेकले घरबाहिर एकअर्कामा कुराकानी गर्दा यही भाषा प्रयोग गर्छन्। नेपालमै डेढ वर्ष सिकेर यहाँ प्रयोग गर्ने मौका पाएको कारण म यो भाषामा आफ्ना कुरा राख्न सक्छु। तर, बेलायतीको अंग्रेजीजस्तै मातृभाषीले बोलेको फ्रेन्च बुझ्न चाहीँ मलाई बेलाबेला गाह्रो पर्छ। अहिले चाहीँ यो जोडीको उच्चारणले लाग्यो, यी दुवैको आफ्नो भाषा यो होइन। अँ, यहाँनेर एउटा कुरा भनिहालौं, लक्जेम्बर्गमा मात्र नभएर युरोपका धेरै देशमा अंग्रेजी नजान्ने र जानेर पनि बोल्न नचाहने व्यक्तिहरु एक आपसमा माध्यमभाषाका रुपमा बोल्नुपर्दा फ्रेन्च बोल्न रुचाउँछन्। 

त्यो हिउँ परिरहेको मध्याह्नमा यिनीहरुको वार्तालाप युरोपमा कमै सुनिने विषयमा केन्द्रित थियो। यिनीहरुको कुराकानी हामी दक्षिण एसियालीजस्तै विश्वव्यवस्थाका असरमा केन्द्रित थियो। उनीहरु जनता जागेमा वा सहन नसकिने भएमा यो व्यवस्थाको आयु कति होला जस्ता विषयमा आफ्ना धारणा राखिरहेका थिए। नेपाली र दक्षिण एसियालीहरु कतिपय कमजोरी भए पनि एउटा कुरामा विश्वमै अगाडि भएको मेरो अनुभव छ। राजनीति र विश्व व्यवस्थाबारे हाम्रो क्षेत्रका मान्छेको ज्ञान र चेतना देखेर पश्चिमाहरु छक्क पर्छन्। अर्को अनुभव पनि भनिहालौं, नेपाल, भारत, पाकिस्तान र बंगलादेशका मान्छेको मूल चरित्र खासै फरक हुँदैन। अलिक मस्तराम र चुट्किलामा उडाइने पात्रजस्तै भारतका पञ्जाबी बाहेक अन्य दक्षिण एसियाली आप्रवासीहरु भने सामाजिक र राजनीतिक जानकारीमा आम गोराहरु भन्दा धेरै अगाडि देखिन्छन्।

खाना खानका लागि आएको यो जोडीको केटोले आम गोराले गर्ने भन्दा फरक विषयमा कुरा सुरु गर्‍यो। आमरुपमा गोराहरु खानाको स्वाद, मौसम, कामको छुट्टी र फुर्सदका योजनाजस्ता बिषयमा मात्र गफ गर्छन्। यहाँ भने अलिक फरक अवस्था थियो। केटाले भन्यो, ‘राज्यले संरक्षण गरेका कम्पनीहरुले भौतिक सुखसुविधा बढाए। झट्ट हेर्दा रोजगारी पनि सिर्जना गरे तर तिनको समय अब सकिन्छ।’

यो व्यवस्था अब नरहने भएका कारण चिन्ता नगर्न उसले आफ्नी साथीलाई ढाडस दिइरहेको थियो। उसको कुरा सुन्दा मलाई मेरो देशका वामपन्थीहरुको जनतालाई आशावादी बनाएर समर्थक बनाइहाल्ने प्रवृत्ति याद आयो।

यिनीहरूका कुराले लाग्न थालेको थियो, यिनीहरू एकै परिवारका त हैनन् नै, त्यति नजिकका पनि हैनन्। केटीले आफ्नो परिवारको वर्षौं पुरानो खेती प्रणालीमाथि आधुनिकताले पारेको नकारात्मक प्रभावका बारे कुरा गरी। उसले आधुनिकता र विकासको असरलाई मात्र जिम्मेवार मानिरहेकी थिई। केटोचाहिँ केटीका कुरा सुन्दै उसको निजी पीडालाई सामाजिक र राजनीतिक घटनासँग जोड्ने गर्दै थियो बीचबीचमा। यहाँनेर पनि उसले थप्यो– युरोपियन युनियनको आगमनका कारण तिम्रो बुबाको परम्परागत पेसामा संकट आएको हो। सुन्तला, स्याउ, नासपाती, आरुजस्ता अनेक खेती गरेर समाजमै पैसासँगै प्रतिष्ठा कमाएका रहेछन् यी केटीका बाबुले। गाउँघरका साना बजारमा पठाउन हरेक मौसममा उनको बारीबाट केही न केही उत्पादन तयार हुन्थे। तर, युनियनको अवधारणासँगै त्यो परिवारले उत्पादन गरेका फलफूल बजारले लिन छाड्यो। टोल छिमेकमा पनि लेबल लगाएर आएका बाहेक अरु उत्पादन खान छाडिएछ।

बारीका सुन्तला र स्याउ कुहेर गए पनि स्थानीयले नखाने बरु बजारमै गएर स्टिकर टाँसिएका फल किनेर खाने आधुनिकता विकास भएको रहेछ। उनीहरुले कुराकानीका क्रममा युनियनका केही कानुन र नियमको सन्दर्भ पनि उठाए। यहाँनेर मैले बीचबीचमा कतैकतै केही पनि बुझिरहेको थिइनँ। तर, सारमा लाग्थ्यो युरोपेली युनियनका कारण यहाँका जनताका साना पेसा, व्यवसाय र मर्ममा प्रहार भएको छ। र लाग्छ, पीडितहरू त्यसको उचित हिसाब माग्ने समयको प्रतीक्षामा छन्। युरोपेली देश निकै बलिया हुने भएका कारण जनताको उफान एसियाली देशको जस्तो आन्दोलनका रुपमा आउने सम्भावना कमै देखिन्छ। बरु, जनताको असन्तुष्टिसँगै राज्यका असफलताका कारणको खोजी भने पक्कै हुने मान्न सकिन्छ।

एक पटक एक स्पेनी युवाले मसँग कुराकानी गर्ने क्रममा औद्योगिक क्रान्तिअघिका मानव सभ्यताका लगभग सबै ठूला नयाँ घटना एसियामै भएको सन्दर्भ उल्लेख गरेको थियो। मानव सभ्यताको इतिहास र अलिक संसार बुझेका युरोपेलीसँग कुराकानी गर्दा  धर्मको उत्पत्ती आफ्नो क्षेत्रमा नभएका कारण युरोपेलीहरु हीनताबोधमा रहेको बुझ्न सकिन्छ। पुरानो सभ्यतासँगै विश्वको पुरानो लिपी, भाषा र धर्म एसियामै थिए। विश्वका गणनायोग्य धर्मका महात्माहरू कृष्ण, जिसस, बुद्ध, पैगम्बर, नानक सबै एशियाली भूमिमै जन्मिएका थिए। यहाँ प्रयोगमा आएको शासन व्यवस्था र आफ्नो भाषिक साम्राज्यमा गर्व गरिरहेका युरोपेलीहरू अहिले आएर धेरै विषयमा खिन्नता देखाउन थालेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो समयका धेरै सूचकांकले अबको आर्थिक वा मुख्य शक्तिकेन्द्र एसिया भएको संकेत गरिरहेका छन्। न्युक्लियर र विद्युतीय शक्ति होस् वा व्यापारिक शक्ति अबको केन्द्र एसियातिर सर्दै गएका पश्चिमा अध्ययन र निस्कर्षले देखाउँछ। यस विषयमा पनि चीन, जापान, कोरिया, भारत अनि अरब विश्वमा दौडिरहेको र पश्चिमा अध्येतासँगै विश्वविद्यालय त्यो दौड हेरेर अनेक निस्कर्ष निकाल्न व्यस्त रहेको देखिन्छ। पंक्तिकारले केही समयअघि पढेर फोल्डरमा सेभ गरेर राखेको ‘द गार्जियन’ पत्रिकाकी नियमित टिप्पणीकार नताली नौगारेदको एउटा चर्चित लेखको टिप्पणीको एक अंशको भावानुवाद यहाँ हेरौं... 

विश्व शक्ति एसिया र युरोपमा अघिल्लो शताब्दीसम्म यताउता गरिरहेको थियो। दोस्रो विश्वयुद्धपछि विश्व शक्ति आन्ध्र महासागर तरेर अमेरिका पुग्यो। उसले आफूलाई केन्द्रका रुपमा स्थापित गरेपछि युरोपको काम त्यसमा ताली बजाउने मात्र रह्यो। अहिले एक्काइसौं शताब्दीको आरम्भमै फेरि शक्ति एसियामा सरिरहेको छ। अबको युरोप विगत सम्झिएर चीनको तमासा हेर्न मात्र सीमित हुनेछ। अमेरिका अनेक कारणले कमजोर बन्नेछ तर युरोप फेरि कहिल्यै शक्तिका रुपमा स्थापित हुनेछैन। 

अहिले चीन, कोरिया र भारतले गरेको प्रगतिका कारण पश्चिमाहरू अचम्मित छन्। यहाँनेर अनौठो के छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला नैतिक अफ्ठेरोमा परेका विश्वका शक्तिशाली व्यक्ति हुन्। उनी शक्तिमा रहे वा नरहे पनि एसिया अघि बढ्ने क्रमसँगै अमेरिका आफ्नै नीतिका कारण कुनै पनि समयमा बाँकी विश्वको घेराबन्दी र आफ्नै मन्दीमा पर्न सक्छ। बेलायत अलग्गिए पछिको युरोप औद्योगिक क्रान्ति र आधुनिक प्रजातन्त्रको प्रयोगस्थलका रुपमा मात्र सीमित रहन सक्छ। अझ नेपाल, अफगानिस्तान, भुटान, भियतनाम अनि पूर्व सोभियत गणराज्यका देशमा नाटकीय विकास भएमा युरोपलाई भेट्न कति समय पनि लाग्दैन। यी देशको शक्ति दोहन हुन बाँकी प्राकृतिक श्रोतसाधनले यही संकेत गर्दछ। यहाँ धेरै एसियाली देशको सूची बनाउन सकिन्छ, जहाँका जनतालाई आफ्नै सामथ्र्य चिन्ने मौका राज्यले दिएको छैन। 

अर्कोतिर युरोपमा सायद दोहन हुन बाँकी कुनै श्रोत छैन। यहाँ साक्षरता छ, शिक्षा छैन। विकास र आधुनिकता छ, मान्छेमा जाँगर छैन। शिक्षा भनेकै साधारण लेखपढ मात्र हो भन्ने कुरा समाजमा स्थापित भएको छ। एक आँकडा अनुसार युरोपमा १८ प्रतिशतभन्दा बढी मान्छेका आफ्नै घर छैन। यहाँको व्यवस्था र संरचना नै यस्तो हुन्छ कि घरबिहीन हुनु पुस्तौंपुस्ताको नियति बन्नपुग्छ। नेपालजस्ता एसियाली देशको ठीक उल्टो सयौं वर्षदेखि बलियो राज्य र कमजोर जनताको परम्पराले गर्दा यहाँका मान्छेमा निराशा र अल्छीपन बढिरहेको छ। अहिले यहाँका नाम चलेका थोरै बाहेक अन्य विश्वविद्यालय वा कलेज सबै विदेशी विद्यार्थीका कारण चलेका छन्। तर, बेरोजगारी समस्याका कारण विद्यार्थीले काम पाउँदैनन्।अध्ययन पूरा नगरी देश फर्किन उनीहरू बाध्य छन्। लाग्छ, चाँडै युरोपमा विद्यार्थीको आकर्षण घट्नेछ र शिक्षाको व्यापारमा कमी आउनेछ।

युरोपको श्रम बजार दक्षिण एसिया, अफ्रिका र दक्षिण अमेरिकी देशका आप्रवासीले भरिदिएका छन्। ठूलो बजार कब्जा गर्नेहरू भोलि नाफा लिएर नयाँ शक्तिकेन्द्र बनेका देशमा जानेछन्, विगतको मानव इतिहासजस्तै। सानो र मध्यम स्तरको प्रविधि तुर्क र पाकिस्तानी मूलका मान्छेको हातमा छ भने त्यही स्तरको व्यापार सिंहाली, भारतीय वा अन्य एसियालीको। चीनको व्यापारिक उपस्थिति नभएको युरोपको सहर त छाडौं, कुनै गाउँ पनि फेला पार्न मुस्किल हुन्छ। यस अवस्थामा अरबी देशबाट पेट्रोल किनेर अनि विश्व बजारमा रक्सी र समुद्री पर्यटन मात्र बेचेर युरोप नयाँ विश्वमा टिकिरहन सक्ला र?

पंक्तिकारको भोगाइ र हेराइजस्तै देखिन्छन् पछिल्लो समयका विश्वभरका सूचकांकहरु। लाग्छ, युरोपको चुली यति मात्र हो। अब उसले उकालो यात्रामा विश्राम लिनेछ अनि छोटो समयमा नै एसिया त्यहाँ पुगेर उसलाई भेट्नेछ। त्यतिबेला युरोपेली युनियन अस्तित्वमा रहे पनि ऊ एक्लो बेलायत वा कमजोर अवस्थाको रसिया बराबरको शक्ति मात्र रहनु नै ठूलो कुरा हुन्छ। यतिबेला प्रश्न गर्नुपर्ने के हो भने त्यसबेला अहिलेको जस्तो नाफाको निजीकरण र घाटाको सामाजिकीकरण गर्ने कथित प्रजातन्त्रको व्याख्या रहला कि नरहला?

दीर्घकालीन शोषणको संस्थागत रुप र राज्य उस्तै लाग्लान् कि फरक लाग्लान्? यहाँनेर किन पनि यी प्रश्न सान्दर्भिक लाग्छन् भने अहिले उदयीमान देशमध्ये धेरैमा पश्चिमाले मान्ने गरेको प्रजातन्त्र लगभग छैनन्। चीन र अरबजगत् यसका उदाहरण हुन्। तर, एउटा कुरा के प्रष्ट छ भने आर्थिक शक्तिको परिवर्तनसँगै प्रजातन्त्र वा लोकतन्त्रको पनि परिभाषा फेरिने अवस्था आउन सक्छ। यस कारण पनि हुनसक्छ, युरोपेली मुलुकमध्ये धेरैले शिक्षा, स्वास्थ्य, बेरोजगारी भत्ता आदि कुरा वामपन्थी समाजवादबाट लिएका छन्। र, सभ्यताको चुली यथावत् राख्ने प्रयासमा छन्।

(कवि तथा पत्रकार गौतम हाल युरोप बस्छन्।)

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्