काठमाडौैं– ज्ञानेश्वरस्थित नमुना ब्वायज होष्टेलमा एक व्यक्ति मृत भेटिएका छन्।
होस्टेलको तेस्रो तलामा बस्ने उदयपुर गाईघाट नगरपालिका–११ घर भएका ४७ वर्षीय ज्ञानेन्द्र बान्तवा आइतबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनी होष्टेल सञ्चालकका भाई हुन्। बिहान अबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा उनी मृत भेटिएको र घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कमलपाखेरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।