• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

मुस्तफालाई दर्शकको साथ, सोमपालको ‘दार्शनिक’ जवाफ

64x64
ऋग्वेद शर्मा बिहीबार, पुस ३, २०७६  १८:२७
1140x725

पोखरा- दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सात खेल सकिए। हरेक खेलमा केही रोचक दृश्यहरू देखिइरहेका छन्। बिहीबार चितवन राइनोजले बुटवल ब्लास्टरलाई १ सय १९ रनले हराएको खेलमा पनि त्यस्तै केही दृश्यहरू देखिए। 

टस हारेर बुटवलले फिल्डिङ रोजेपछि चितवनका लागि ओपनिङ ब्याटिङमा कप्तान पारस खड्का र युएईका खेलाडी रोहन मुस्तफा आए। सुरुदेखि नै सम्हालिएको ब्याटिङ गरेका दुवैले अर्धशतक हाने। 

मुस्तफाले ५६ बलमा ७ चौका २ छक्हासहित अविजित ७० रन साथै पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रन बनाए। आक्रामक देखिएका आरिफ शेखले पनि १९ बलमा ३ चौका र ३ छक्कासहित ४० रन बनाए। जसले चितवनले पिपिएलकै कीर्तिमानी २ सय ३ रन बनायो। 

२ सय ४ रनको लक्ष्य पछ्याएको बुटवलको ब्याटिङ सम्हालिन सकेन र ८४ रनमा नै अलआउट भयो। १ सय १९ रनको फराकिलो जित बनाएको चितवन अंक तालिकाको शीर्ष स्थानमा रह्यो। चितवनले यसअघिको खेलमा पोखरालाई ६ विकेटले हराएको थियो।

यो सबैका बीच मैदानमा एक खेलाडी आफ्नो उत्कृष्ट खेलका कारण मात्रै होइन दर्शकले दिएको साथका कारण पनि निकै चर्चामा रहे। ब्याटिङमा ७० रन हानेका मुस्तफालाई बलिङ गर्न दिने माग चितवनको बलिङ चलिरहँदा दर्शकबाट नै निरन्तर आइरह्यो। 

बाउन्ड्री लाइन नजिक फिल्डिङ गरिरहेका मुस्तफाको नाम लिएर दर्शकले निरन्तर उनको हौसला बढाइरहे। ‘मुस्तफा बलिङ गर’ भन्ने माग दर्शकबाट निरन्तर आइरहँदा मुस्तफाले पनि हाँस्दै भनिदिए– ‘मलाई होइन, पारसलाई भन।’

दर्शकको हुटिङसँग जानकार कप्तान पारसले पनि हातको इशाराले अर्को ओभर मुस्तफालाई बलिङ गराउने दर्शकलाई जवाफ दिए। नभन्दै १३औं ओभरमा पारसले बलिङको जिम्मा मुस्तफालाई नै दिए। जसमा उनले ३ रन मात्रै खर्चिए। त्यसपछि १५औं ओभर बलिङ गरेका उनले १ रन मात्रै दिए। १७औं ओभरमा बलिङ गरेर १ रन मात्रै दिएका उनले २ विकेट पनि लिए।

Ncell 2
Ncell 2
nimb
nimb

म्यान अफ दि म्याच पनि बनेका मुस्तफाले खेलपछि भने– ‘मलाई दर्शकले माया गर्ने कारण नेपालमा खेल्न असाध्यै रमाइलो लाग्छ।’

उता पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल चितवनविरुद्ध भने कमजोर देखियो। त्यसमा बुटवलका कप्तान सोमपाल कामीले खेलमा यसै हुन्छ भन्न नसकिने र कहिले राम्रो हुने कहिले नराम्रो हुने स्वभाविक प्रक्रिया भएको बताए। 

खेललाई जीवनसँग तुलना गर्दै उनी भन्छन्– ‘सबै कुरा गाह्रो नै हुन्छ। जिन्दगी नै गाह्रो छ नि, हरेक दिन बिहानै उठ्न पर्छ काम गर्न पर्छ। त्यस्तै नै हो क्रिकेट पनि। बलरले बल फाल्छ, ब्याट्सम्यानले रन हान्छ। जुन दिन बल ब्याटमा लाग्छ त्यो दिन राम्रो देखिन्छ। जुन दिन लाग्दैन त्यो दिन नराम्रो देखिन्छ।’

खेलपछि कसले के भने?

रोहन मुस्तफा, चितवन 
(म्यान अफ दि म्याच, ५६ बलमा ७० रन। बलिङ– ३ ओभर ५ रन २ विकेट)

सिनियर खेलाडी भएका हिसाबले र विदेशी खेलाडी भएकाले पनि राम्रो गर्नुपर्ने दबाब ममा थियो। यसअघिको खेलमा पोखराविरुद्ध मैले ११ रन मात्रै बनाएको थिएँ। त्यसैले आजको खेल राम्रो गरेकाले मेरो लागि आत्मविश्वास बढाउन निकै सहयोग गरेको छ।

पारससँगको ओपनिङ निकै राम्रो रह्यो। पारस त नेपालका लिजेण्ड खेलाडी नै भइहाले, खेलिरहँदा सकेसम्म धेरै रन बनाउनुपर्छ भन्नेमा नै थियौँ। पारसको सट लागिरहेकाले मैले उसलाई स्ट्राइक मिलाइरहेको थिएँ। 

नेपालमा दर्शकको समर्थन पनि मैले निकै राम्रोसँग पाउँछु। यहाँका दर्शक मलाई पनि निकै मन पर्छ। उनीहरुको समर्थनले गर्दा नै नेपालमा हरेक खेल मलाई रमाइलो लाग्छ। साच्चै भन्दा मलाई नेपालमा खेल्न असाध्यै मन पर्छ किनभने दर्शकहरु मेरो नाम लिएर हुटिङ गरिरहेका हुन्छन्। त्यसले आफूले सक्दो राम्रो खेल्ने प्रेरणा पनि पाउँछु। त्यसैअनुसार मेहनत गर्छु। 

हुन त कुनै एक दिन खेल कस्तो हुन्छ भन्ने खेलाडी स्वयमको हातमा मात्र हुँदैन तर पनि दर्शकबाट समर्थन पाउँदा राम्रो खेल्ने हौसला त निकै बढ्छ नै। 

पारस खड्का, कप्तान चितवन
(४० बलमा ६३ रन, ६ चौका २ छक्का) 

आज खेल राम्रो भयो। लगातार दुई खेल जितेका छौं तर दुई खेल जित्नु मात्र पर्याप्त छैन। अगाडि अझै राम्रो गर्नुपर्ने छ। आश गरौँ अहिलेको जस्तै खेल अगाडि पनि हुनेछ। कुनै पनि कुरा सजिलो छैन। 

हामीसँग खेलाडीहरु राम्रा छन्। पोजिसनमा पनि धेरै परिवर्तन गर्नसक्ने सुविधा हामीसँग छ। यस्तै खेलिरह्यौं भने हामी अगाडि पुग्ने नै छौं। 

पोखराको मैदानमा ठूलो स्कोर पनि बनिरहेको छ। टिमहरु थोरै रनमा आउट हुने पनि देखिएको छ। बिहान ९ बजे सुरु हुने खेलमा पहिले ब्याटिङ गर्न अलि कठीन नै हो कि भन्ने थियो तर हिजो काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले शतक हानेर त्यसलाई पनि गलत सावित गरिदिएका छन्। 

रन हानिसके पनि पिचलाई दोष दिँइदैन, प्रतियोगिता सुरु भएको बेलामा भन्दा अहिले पिचको अवस्था पनि अलि सहज भइसकेको छ। पहिले बल अलि रोकिएर आउने जस्तो थियो, पछिल्लो दिन घाम लागेर अहिले राम्रो भएको छ। अझ धेरै रनहरु बन्छन् कि जस्तो लाग्छ। 

आज शतक बनाउने अवसर खेर गयो जस्तो त लाग्यो तर शतकभन्दा महत्वपूर्ण कुरा टिमको जित हो। जितका लागि काम गर्न पाउँदा खुसी लागेको छ। टिमको जित नै मुख्य प्राथमिकतामा रहन्छ। अब अगाडि पनि यस्तै प्रदर्शन गर्न सकौं भन्ने लागेको छ। 

एक समर्थकसँग सोमपाल। 

सोमपाल कामी, कप्तान बुटवल
(८ बल खेलेर ३ रनमा आउट) 

लक्ष्य ठूलो भएकाले सुरुवाती पावरप्लेमा धेरै रन बनाउनै पर्ने थियो। तर टिमको खेल त्यो अनुसार हुन सकेन। हामीले २ सय ४ रन भेट्टाउन सक्छौं भन्ने नै सोेचेको थियौं, यो विकेटमा त्यो सम्भव पनि थियो तर त्योअनुसारको ब्याटिङ हामीले गर्न सकेनौं। 

सुरुवातदेखि नै राम्रो हुन सकेन। विकेटमा टिक्न नै अप्ठ्यारो भयो। पहिलो खेल सुपर ओभरमा जितेका थियौं। आज हार्न पुगेका छौं। 

यो क्रिकेट हो, के हुन्छ भन्न सकिँदैन। सबै कुरा गाह्रो नै हुन्छ। जिन्दगी नै गाह्रो छ नि, हरेक दिन बिहानै उठ्न पर्छ काम गर्न पर्छ। त्यस्तै नै हो क्रिकेट पनि। बलरले बल फाल्छ, ब्याट्सम्यानले रन हान्छ। जुन दिन बल ब्याटमा लाग्छ त्यो दिन राम्रो देखिन्छ। जुन दिन लाग्दैन त्यो दिन नराम्रो देखिन्छ। 

आज हाम्रो त्यस्तै नराम्रो देखिने दिन परेको रहेछ। अब अगाडि राम्रो गर्ने छौं भन्ने लागेको छ। सुधार गर्नुपर्ने कुराहरु धेरै छन्। कसरी मानसिक रुपमा समेत बलियो बनेर अगाडि बढ्ने पनि कुरा पनि गरिरहेका छौं।

चोटका कारण मैले बलिङ गर्न नसक्दा पनि टिमलाई घाटा लागिरहेको छ। मेरो ढाँडमा समस्या देखिएको हो। महत्वपूर्ण खेलहरु अझ अगाडि आउँदै छन्। गएको साग खेलकुदमा पनि मैले बलिङ गरिनँ। 

पिपिएलमा नयाँ बलले हामीले जसरी सुरुवात गथ्र्यौं त्यो हुन सकेको छैन। बलरलाई खेलाउन पर्दा एकजना ब्याट्सम्यान पनि अभाव भइरहेको छ। आश गरौं जति पनि बलरहरु छन् उनीहरुले राम्रो गर्नेछन्। 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी... आइतबार, असोज ४, २०८३
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्