• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

मुस्तफालाई दर्शकको साथ, सोमपालको ‘दार्शनिक’ जवाफ

64x64
ऋग्वेद शर्मा बिहीबार, पुस ३, २०७६  १८:२७
1140x725

पोखरा- दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सात खेल सकिए। हरेक खेलमा केही रोचक दृश्यहरू देखिइरहेका छन्। बिहीबार चितवन राइनोजले बुटवल ब्लास्टरलाई १ सय १९ रनले हराएको खेलमा पनि त्यस्तै केही दृश्यहरू देखिए। 

टस हारेर बुटवलले फिल्डिङ रोजेपछि चितवनका लागि ओपनिङ ब्याटिङमा कप्तान पारस खड्का र युएईका खेलाडी रोहन मुस्तफा आए। सुरुदेखि नै सम्हालिएको ब्याटिङ गरेका दुवैले अर्धशतक हाने। 

मुस्तफाले ५६ बलमा ७ चौका २ छक्हासहित अविजित ७० रन साथै पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रन बनाए। आक्रामक देखिएका आरिफ शेखले पनि १९ बलमा ३ चौका र ३ छक्कासहित ४० रन बनाए। जसले चितवनले पिपिएलकै कीर्तिमानी २ सय ३ रन बनायो। 

२ सय ४ रनको लक्ष्य पछ्याएको बुटवलको ब्याटिङ सम्हालिन सकेन र ८४ रनमा नै अलआउट भयो। १ सय १९ रनको फराकिलो जित बनाएको चितवन अंक तालिकाको शीर्ष स्थानमा रह्यो। चितवनले यसअघिको खेलमा पोखरालाई ६ विकेटले हराएको थियो।

यो सबैका बीच मैदानमा एक खेलाडी आफ्नो उत्कृष्ट खेलका कारण मात्रै होइन दर्शकले दिएको साथका कारण पनि निकै चर्चामा रहे। ब्याटिङमा ७० रन हानेका मुस्तफालाई बलिङ गर्न दिने माग चितवनको बलिङ चलिरहँदा दर्शकबाट नै निरन्तर आइरह्यो। 

बाउन्ड्री लाइन नजिक फिल्डिङ गरिरहेका मुस्तफाको नाम लिएर दर्शकले निरन्तर उनको हौसला बढाइरहे। ‘मुस्तफा बलिङ गर’ भन्ने माग दर्शकबाट निरन्तर आइरहँदा मुस्तफाले पनि हाँस्दै भनिदिए– ‘मलाई होइन, पारसलाई भन।’

दर्शकको हुटिङसँग जानकार कप्तान पारसले पनि हातको इशाराले अर्को ओभर मुस्तफालाई बलिङ गराउने दर्शकलाई जवाफ दिए। नभन्दै १३औं ओभरमा पारसले बलिङको जिम्मा मुस्तफालाई नै दिए। जसमा उनले ३ रन मात्रै खर्चिए। त्यसपछि १५औं ओभर बलिङ गरेका उनले १ रन मात्रै दिए। १७औं ओभरमा बलिङ गरेर १ रन मात्रै दिएका उनले २ विकेट पनि लिए।

Ncell 2
Ncell 2

म्यान अफ दि म्याच पनि बनेका मुस्तफाले खेलपछि भने– ‘मलाई दर्शकले माया गर्ने कारण नेपालमा खेल्न असाध्यै रमाइलो लाग्छ।’

उता पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल चितवनविरुद्ध भने कमजोर देखियो। त्यसमा बुटवलका कप्तान सोमपाल कामीले खेलमा यसै हुन्छ भन्न नसकिने र कहिले राम्रो हुने कहिले नराम्रो हुने स्वभाविक प्रक्रिया भएको बताए। 

खेललाई जीवनसँग तुलना गर्दै उनी भन्छन्– ‘सबै कुरा गाह्रो नै हुन्छ। जिन्दगी नै गाह्रो छ नि, हरेक दिन बिहानै उठ्न पर्छ काम गर्न पर्छ। त्यस्तै नै हो क्रिकेट पनि। बलरले बल फाल्छ, ब्याट्सम्यानले रन हान्छ। जुन दिन बल ब्याटमा लाग्छ त्यो दिन राम्रो देखिन्छ। जुन दिन लाग्दैन त्यो दिन नराम्रो देखिन्छ।’

खेलपछि कसले के भने?

रोहन मुस्तफा, चितवन 
(म्यान अफ दि म्याच, ५६ बलमा ७० रन। बलिङ– ३ ओभर ५ रन २ विकेट)

सिनियर खेलाडी भएका हिसाबले र विदेशी खेलाडी भएकाले पनि राम्रो गर्नुपर्ने दबाब ममा थियो। यसअघिको खेलमा पोखराविरुद्ध मैले ११ रन मात्रै बनाएको थिएँ। त्यसैले आजको खेल राम्रो गरेकाले मेरो लागि आत्मविश्वास बढाउन निकै सहयोग गरेको छ।

पारससँगको ओपनिङ निकै राम्रो रह्यो। पारस त नेपालका लिजेण्ड खेलाडी नै भइहाले, खेलिरहँदा सकेसम्म धेरै रन बनाउनुपर्छ भन्नेमा नै थियौँ। पारसको सट लागिरहेकाले मैले उसलाई स्ट्राइक मिलाइरहेको थिएँ। 

नेपालमा दर्शकको समर्थन पनि मैले निकै राम्रोसँग पाउँछु। यहाँका दर्शक मलाई पनि निकै मन पर्छ। उनीहरुको समर्थनले गर्दा नै नेपालमा हरेक खेल मलाई रमाइलो लाग्छ। साच्चै भन्दा मलाई नेपालमा खेल्न असाध्यै मन पर्छ किनभने दर्शकहरु मेरो नाम लिएर हुटिङ गरिरहेका हुन्छन्। त्यसले आफूले सक्दो राम्रो खेल्ने प्रेरणा पनि पाउँछु। त्यसैअनुसार मेहनत गर्छु। 

हुन त कुनै एक दिन खेल कस्तो हुन्छ भन्ने खेलाडी स्वयमको हातमा मात्र हुँदैन तर पनि दर्शकबाट समर्थन पाउँदा राम्रो खेल्ने हौसला त निकै बढ्छ नै। 

पारस खड्का, कप्तान चितवन
(४० बलमा ६३ रन, ६ चौका २ छक्का) 

आज खेल राम्रो भयो। लगातार दुई खेल जितेका छौं तर दुई खेल जित्नु मात्र पर्याप्त छैन। अगाडि अझै राम्रो गर्नुपर्ने छ। आश गरौँ अहिलेको जस्तै खेल अगाडि पनि हुनेछ। कुनै पनि कुरा सजिलो छैन। 

हामीसँग खेलाडीहरु राम्रा छन्। पोजिसनमा पनि धेरै परिवर्तन गर्नसक्ने सुविधा हामीसँग छ। यस्तै खेलिरह्यौं भने हामी अगाडि पुग्ने नै छौं। 

पोखराको मैदानमा ठूलो स्कोर पनि बनिरहेको छ। टिमहरु थोरै रनमा आउट हुने पनि देखिएको छ। बिहान ९ बजे सुरु हुने खेलमा पहिले ब्याटिङ गर्न अलि कठीन नै हो कि भन्ने थियो तर हिजो काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले शतक हानेर त्यसलाई पनि गलत सावित गरिदिएका छन्। 

रन हानिसके पनि पिचलाई दोष दिँइदैन, प्रतियोगिता सुरु भएको बेलामा भन्दा अहिले पिचको अवस्था पनि अलि सहज भइसकेको छ। पहिले बल अलि रोकिएर आउने जस्तो थियो, पछिल्लो दिन घाम लागेर अहिले राम्रो भएको छ। अझ धेरै रनहरु बन्छन् कि जस्तो लाग्छ। 

आज शतक बनाउने अवसर खेर गयो जस्तो त लाग्यो तर शतकभन्दा महत्वपूर्ण कुरा टिमको जित हो। जितका लागि काम गर्न पाउँदा खुसी लागेको छ। टिमको जित नै मुख्य प्राथमिकतामा रहन्छ। अब अगाडि पनि यस्तै प्रदर्शन गर्न सकौं भन्ने लागेको छ। 

एक समर्थकसँग सोमपाल। 

सोमपाल कामी, कप्तान बुटवल
(८ बल खेलेर ३ रनमा आउट) 

लक्ष्य ठूलो भएकाले सुरुवाती पावरप्लेमा धेरै रन बनाउनै पर्ने थियो। तर टिमको खेल त्यो अनुसार हुन सकेन। हामीले २ सय ४ रन भेट्टाउन सक्छौं भन्ने नै सोेचेको थियौं, यो विकेटमा त्यो सम्भव पनि थियो तर त्योअनुसारको ब्याटिङ हामीले गर्न सकेनौं। 

सुरुवातदेखि नै राम्रो हुन सकेन। विकेटमा टिक्न नै अप्ठ्यारो भयो। पहिलो खेल सुपर ओभरमा जितेका थियौं। आज हार्न पुगेका छौं। 

यो क्रिकेट हो, के हुन्छ भन्न सकिँदैन। सबै कुरा गाह्रो नै हुन्छ। जिन्दगी नै गाह्रो छ नि, हरेक दिन बिहानै उठ्न पर्छ काम गर्न पर्छ। त्यस्तै नै हो क्रिकेट पनि। बलरले बल फाल्छ, ब्याट्सम्यानले रन हान्छ। जुन दिन बल ब्याटमा लाग्छ त्यो दिन राम्रो देखिन्छ। जुन दिन लाग्दैन त्यो दिन नराम्रो देखिन्छ। 

आज हाम्रो त्यस्तै नराम्रो देखिने दिन परेको रहेछ। अब अगाडि राम्रो गर्ने छौं भन्ने लागेको छ। सुधार गर्नुपर्ने कुराहरु धेरै छन्। कसरी मानसिक रुपमा समेत बलियो बनेर अगाडि बढ्ने पनि कुरा पनि गरिरहेका छौं।

चोटका कारण मैले बलिङ गर्न नसक्दा पनि टिमलाई घाटा लागिरहेको छ। मेरो ढाँडमा समस्या देखिएको हो। महत्वपूर्ण खेलहरु अझ अगाडि आउँदै छन्। गएको साग खेलकुदमा पनि मैले बलिङ गरिनँ। 

पिपिएलमा नयाँ बलले हामीले जसरी सुरुवात गथ्र्यौं त्यो हुन सकेको छैन। बलरलाई खेलाउन पर्दा एकजना ब्याट्सम्यान पनि अभाव भइरहेको छ। आश गरौं जति पनि बलरहरु छन् उनीहरुले राम्रो गर्नेछन्। 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिवारको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विके... शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूर... शनिबार, मंसिर २०, २०८२
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे।​इसान पाण्डे ३८, क्रिश ब्रोन २४,कप्तान दीपेन्द्र सिंह ऐरी १९​, बिनोद भण्डा... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्