काठमाडौँ- भूकम्पको बेला फरार भएका कैदी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धुपाल्चोक भोताङका मान लामालाई मूलपानीबाट पक्राउ गरेको हो। उनी २०७२ बैसाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका थिए।
सो भूकम्पका बेला सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदीबन्दी भागेका थिए।
कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि उनी कारागार चलान भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।