• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एमसिसी अनुदानको औचित्यहीन विरोध

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  १२:००
1140x725

‘बुटवलदेखि गोरखपुरसम्म निर्माण हुने (तोकेर नै राखिएको छ) प्रसारण लाइनको आर्थिक,प्राविधिक र अपरेसनल कार्यविधिमा ‘भारत सरकारको सहमति र अनुमतिमा हुनुपर्ने छ’ भन्ने लेखिएको छ जुन कुरा जायज नै हो। अहिले यही बुँदालाई देखाएर केही नेताहरुले यो सम्झौता नै खारेज हुनुपर्छ भनिरहेका छन्। उनिहरुलाई यो प्रश्न छ कि ‘के नेपालभित्र भारतले कुनै ठुलै परियोजना नेपालको अनुमति र सहमतिबिना बनाउन हामी दिन्छौं?’

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) र नेपाल सरकारको अर्थ मन्त्रालयमार्फत नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता भएको थियो।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो कार्यक्रमको लागि नेपाल सरकारले निजी क्षेत्र र नागरिक समाजसँग बृहत छलफल गर्दै टुङोमा पुगेर अमेरिकी सरकारसँग अनुदानको लागि प्रस्ताव पठाएको थियो। अब आयोजना कार्यान्वयन सम्झौतापछि यो आयोजना सुरु हुनेछ।

नेपाललाई एमसीसी बोर्डले २०११ मै सो कार्यक्रमको लागि  छनोट गरेको थियो र सन् २०१४ को डिसेम्बरमा सम्झौताको कार्यविधी तयार गरिएको थियो। सो कार्यविधि तयार गर्नुभन्दा पहिला नेपालका निजी क्षेत्रका उद्योगी र नागरिक समूहहरुसँग पर्याप्त छलफल पनि भएको हो‚ उक्त छलफलबाट दुवै पक्षले मुख्य गरी दुई क्षेत्रमा लगानी गर्न सहमत भएका हुन्।

भरपर्दो विद्युत प्रसारण लाइनको अभाव र खराब राजमार्गका कारण भइरहेको क्षतिलाई ध्यानमा राखेर यो परियोजनामा विद्युत प्रसारण लाइनको निर्माण र रणनीतिक सडकको स्तरोन्नति गर्ने सहमति दुई पक्षबीच भएको थियो।  

यो आयोजनाको मुख्य उद्देश्य गरीबी निवारण गर्ने रहेको देखिन्छ। कम्याक्ट प्रोग्राम अन्तर्गत ३०० किलोमिटर लामो ४०० केभी डबल सर्किटको विद्युत प्रसारण लाइन , तीनवटा सब-स्टेसन र ३ सय ५ किलोमिटर रणनीतिक सडकको स्तरोन्नति गरिने छ।

काठमाडौंको लप्सेफेदीदेखि रातामाटे, रातामाटेदेखि हेटौंडा, रातामाटेदेखि दमौली, दमौलीदेखि बुटवल र बुटवलदेखि भारतको गोरखपुरसम्म ४०० केभीका डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछन्, रातामाटे, दमौली र बुटवलमा तीन ठुला सब-स्टेसनहरु बन्नेछन्। 

नेपालका कयौं जलविद्युत आयोजनाहरुको उर्जा  प्रसारण लाइनको अभावमा खेर जाने अवस्था आइरहेको, न्यून क्षमताका कारण अत्याधिक प्राविधिक लस (चुहावट ) भइरहेको, नेपाल भारतबीच पर्याप्त मात्रामा प्रसारण लाइन नहुनाले विद्युत आयात र निर्यातमा पर्न सक्ने प्रभाव लगायत धेरै करणहरुले गर्दा यो प्रसारण लाइन हामीलाई निकै आवश्यक छ। 

nimb
nimb
Ncell 2
Ncell 2

रोड बोर्ड नेपाल र सडक विभागको प्राविधिक क्षमता वृद्धि  गर्ने, ३ सय ५ किलोमिटर सडकको स्तरोन्नति, रिसर्फेसिङ र सुरक्षा प्राणालीको विकासजस्ता कामहरु यो कार्यक्रमअन्तर्गत गरिनेछ। अहिले भइरहेको सडक दुर्घटना न्यून गर्न पनि यो कार्यक्रम सहयोगी हुनेछ।

नेपाल सरकारले २ हजार किलोमिटर सडकमध्येबाट आवश्यक ३ सय ५ किलोमिटर सडक छनोट गर्नेछ।

सम्झौता अनुसार यो कार्यक्रमको लागि एमसीसीले नेपाल सरकारलाई आयोजना कार्यन्वयनको लागि बढीमा ४९५.५ मिलियन अमेरिकी डल उपलब्ध गराउनेछ भने नेपाल सरकार ले १३० मिलियन अमेरिकी डलर थप्ने छ। सम्झौताले अन्तिम रुप (आयोजना कार्यन्वयन सम्झौता) पाउने बित्तिकै नेपाल सरकारबाट ४० मिलियन र एमसीसी बाट ४०.५ मिलियन रकम आर्थिक व्यवस्थापन, सम्भाव्यता अध्ययन, र अन्य तयारीको लागि दिनेछन् भने अन्य रकम ५ वर्षको कामको प्रगतिसँगै दिइनेछ।

प्रसारण लाइनको लागि जम्मा २२८.२ मिलियन, सब-स्टेसन निर्माणको लागि ११४.२ मिलियन , उर्जा क्षेत्रमा प्राविधिक सहयोगको लागि २२.४ मिलियन र कार्यक्रम व्यवस्थापन, निरीक्षण र मुल्याङ्कनको लागि ८२  मिलियन अमेरिकी डलर छुट्याइएको छ। यसैगरि सडक स्तरोन्नति र प्राविधिक सहयोगको लागि ५२.३ मिलियन डलर खर्च हुनेछ। यो आँकडामा नेपाल सरकारको तर्फबाट दिइने १३० मिलियन समावेश छैन।

प्रसारण लाइन निर्माण अन्तर्गतको ४०० केभीका डबल सर्किट लाइन निर्माणपछि नेपाल र भारतबीच अन्तर्देशीय विद्युत आदान प्रादनमा सहजता आउने र केही वर्षपछि नेपालको विद्युत भारत निर्यात गरेर देशले आम्दानी गर्ने, भरपर्दो प्रसारण लाइन हुने हुनाले सर्वसाधरणले लोडसेडिङ र बेलाबेलामा काटिने विद्युत आपुर्तीबाट छुटकरा पाउने, नेपाली उद्योगहरु फास्टाउने र रोजगारका अवसरहरु खुल्ने, अहिले भइरहेको प्रसारण लाइनको उच्च चुहावट (लस) न्यून हुने, सडकहरुको स्तरोन्नति हुँदा दुर्घटनाहरु घट्ने, ढुवानी खर्च घट्ने र सडक सुरक्षा बढ्नेजस्ता धेरै कारणहरुले गर्दा नेपालमा रहेको गरीबी निवारणमा सहयोग पुग्ने देखिन्छ। 

एमसीसीको डकुमेन्टबाट साभार

 

विद्युत प्रसारण लाइन र सडकको स्तरोन्नती गर्दा आउन सक्ने व्यवधानहरुलाई पनि आँकलन  गरिएको छ। जस्तै निर्माण कार्यमा ढिलाइ हुन सक्ने, भारतसँगको विद्युत व्यापारका कठिनाइ, जग्गा अधिग्रहणमा आउन सक्ने समस्या र राजनीतिक र समूहगत हुन सक्ने विरोधलाई सरकारले सहजता प्रदान गर्नुपर्नेछ।

विद्युत आयात र निर्यातबाट हुनसक्ने फाइदालाई केलाएर हेर्दा प्रसारण लाइनको इकोनोमिक रेट अफ रिटर्न १२ प्रतिशत देखिन्छ भने सडक संजालमा हुने स्तरोन्नतिको इकोनोमिक रेट अफ रिटर्न २९ प्रतिशतसम्म हुनसक्ने आँकलन छ। यस्तो फाइदाको आयोजना गुमाउनु दुर्भाग्यपूर्ण हुनेछ हाम्रो लागि।

सम्झौताअनुसार एमसीसीबाट प्राप्त हुने अनुदान (५ वर्ष) प्रत्येक वर्ष काम गरेर नै सक्नुपर्ने प्रावधान छ। ढिलो गर्न पाइने छैन। उक्त बजेट अमेरिकी सरकारको कानुन र पोलिसी विरुद्ध (अमेरिकाविरुद्ध प्रयोग हुन सक्ने सैनिक, प्रहरी वा अर्धसैनिकलाई तालिम दिने)‚ अमेरिकी रोजगार र उत्पादनमा प्रभावकारी रुपमा नकरात्मक असर गर्ने, वातावरण र सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुल असर पार्नेजस्ता कामको लागि प्रयोग गर्न पाइदैन।

औचित्यहीन विरोध

यो अनुदानबाट निर्माण गरिने प्रसारणलाइनको एक खन्ड बुटवलदेखि भारतको गोरखपुरसम्म पुग्नेछ अर्थात् भारतीय भुमिमा पनि केही किलोमिटर काम हुनेछ। भारतभित्र काम गर्न हामीले भारतको अनुमति लिनु आवश्यक छ नत्र सो कार्य सम्भव हुँदैन। अनुसूची ५ को बुँदा १ मा यही कुरालाई प्रष्टसँग राखिएको छ। बुटवलदेखि गोरखपुरसम्म निर्माण हुने प्रसारण लाइनको आर्थिक,प्राविधिक र अपरेसनल  कार्यविधिमा भारत सरकारको सहमतिमा हुनुपर्ने छ भन्ने लेखिएको छ जुनकुरा जायज नै हो।

अहिले यही बुँदालाई देखाएर केही नेताहरुले यो सम्झौता नै खारेज हुनुपर्छ भनिरहेका छन्। उनिहरुलाई यो प्रश्न छ कि ‘के नेपालभित्र भारतले कुनै ठुलो परियोजना नेपालको सहमतिबिना बनाउन हामी दिन्छौं? 

अमेरिकी दुतावासका ‘कि कन्ट्याक्ट’ भनेर नेकपाभित्रकै एक खेमाले लगातार लखेटिरहेका नेताबाट अनुचित कुरा देखाएर यो अनुदान फिर्ता गराउने प्रपञ्च त रचिएको छैन कतै?

यो आयोजनालाई ‘आइपिएसको अङ्ग’ भनेर अनुमानको भरमा विरोध किन? सम्झौताको कुन बुँदामा त्यस्तो भनिएको छ? अनुमानको भरमा विरोध ठीक हुँदैन। अमेरिकी दुतावासले  पनि यो बारेमा प्रष्ट पारिसकेको छ। आइपिएसको अङ्ग नै हो भने पनि बिआरआइ  (बेल्ट एन रोड इनिसिएटिभ) मा संलग्न हुन हुने आइपिएसमा नहुने भन्ने तर्क ठीक छैन। अर्कोतर्फ चाइनाले बिआरआइमार्फत ॠण दिने हो। यो अनुदान हो। ॠण कुनैपनि बेला पासो बनेर निस्किन सक्छ अनुदान त्यस्तो हुन सक्दैन।

अनुसूची ५ मा रहेका अन्यकुराहरुजस्तै यो योजनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्नुपर्ने, विद्युत नियमन आयोगसम्बन्धी कानुनहरु बन्नुपर्ने, जग्गा अधिग्रहण र वनको समस्या सरकारले सामाधान गरिदिनुपर्नेजस्ता प्रावधानले हामीलाई नै फाइदा पुग्नेछ।

हाम्रो कमजोर प्राविधिक क्षमता वृद्धि  हुने र विद्युत प्रसारण लाइनमा आमुल परिवर्तन गर्ने यो परियोजनाको विरोध गर्नु देशको हितमा छैन।


 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्