• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एमसिसी अनुदानको औचित्यहीन विरोध

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  १२:००
1140x725

‘बुटवलदेखि गोरखपुरसम्म निर्माण हुने (तोकेर नै राखिएको छ) प्रसारण लाइनको आर्थिक,प्राविधिक र अपरेसनल कार्यविधिमा ‘भारत सरकारको सहमति र अनुमतिमा हुनुपर्ने छ’ भन्ने लेखिएको छ जुन कुरा जायज नै हो। अहिले यही बुँदालाई देखाएर केही नेताहरुले यो सम्झौता नै खारेज हुनुपर्छ भनिरहेका छन्। उनिहरुलाई यो प्रश्न छ कि ‘के नेपालभित्र भारतले कुनै ठुलै परियोजना नेपालको अनुमति र सहमतिबिना बनाउन हामी दिन्छौं?’

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) र नेपाल सरकारको अर्थ मन्त्रालयमार्फत नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता भएको थियो।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो कार्यक्रमको लागि नेपाल सरकारले निजी क्षेत्र र नागरिक समाजसँग बृहत छलफल गर्दै टुङोमा पुगेर अमेरिकी सरकारसँग अनुदानको लागि प्रस्ताव पठाएको थियो। अब आयोजना कार्यान्वयन सम्झौतापछि यो आयोजना सुरु हुनेछ।

नेपाललाई एमसीसी बोर्डले २०११ मै सो कार्यक्रमको लागि  छनोट गरेको थियो र सन् २०१४ को डिसेम्बरमा सम्झौताको कार्यविधी तयार गरिएको थियो। सो कार्यविधि तयार गर्नुभन्दा पहिला नेपालका निजी क्षेत्रका उद्योगी र नागरिक समूहहरुसँग पर्याप्त छलफल पनि भएको हो‚ उक्त छलफलबाट दुवै पक्षले मुख्य गरी दुई क्षेत्रमा लगानी गर्न सहमत भएका हुन्।

भरपर्दो विद्युत प्रसारण लाइनको अभाव र खराब राजमार्गका कारण भइरहेको क्षतिलाई ध्यानमा राखेर यो परियोजनामा विद्युत प्रसारण लाइनको निर्माण र रणनीतिक सडकको स्तरोन्नति गर्ने सहमति दुई पक्षबीच भएको थियो।  

यो आयोजनाको मुख्य उद्देश्य गरीबी निवारण गर्ने रहेको देखिन्छ। कम्याक्ट प्रोग्राम अन्तर्गत ३०० किलोमिटर लामो ४०० केभी डबल सर्किटको विद्युत प्रसारण लाइन , तीनवटा सब-स्टेसन र ३ सय ५ किलोमिटर रणनीतिक सडकको स्तरोन्नति गरिने छ।

काठमाडौंको लप्सेफेदीदेखि रातामाटे, रातामाटेदेखि हेटौंडा, रातामाटेदेखि दमौली, दमौलीदेखि बुटवल र बुटवलदेखि भारतको गोरखपुरसम्म ४०० केभीका डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछन्, रातामाटे, दमौली र बुटवलमा तीन ठुला सब-स्टेसनहरु बन्नेछन्। 

नेपालका कयौं जलविद्युत आयोजनाहरुको उर्जा  प्रसारण लाइनको अभावमा खेर जाने अवस्था आइरहेको, न्यून क्षमताका कारण अत्याधिक प्राविधिक लस (चुहावट ) भइरहेको, नेपाल भारतबीच पर्याप्त मात्रामा प्रसारण लाइन नहुनाले विद्युत आयात र निर्यातमा पर्न सक्ने प्रभाव लगायत धेरै करणहरुले गर्दा यो प्रसारण लाइन हामीलाई निकै आवश्यक छ। 

Ncell 2
Ncell 2

रोड बोर्ड नेपाल र सडक विभागको प्राविधिक क्षमता वृद्धि  गर्ने, ३ सय ५ किलोमिटर सडकको स्तरोन्नति, रिसर्फेसिङ र सुरक्षा प्राणालीको विकासजस्ता कामहरु यो कार्यक्रमअन्तर्गत गरिनेछ। अहिले भइरहेको सडक दुर्घटना न्यून गर्न पनि यो कार्यक्रम सहयोगी हुनेछ।

नेपाल सरकारले २ हजार किलोमिटर सडकमध्येबाट आवश्यक ३ सय ५ किलोमिटर सडक छनोट गर्नेछ।

सम्झौता अनुसार यो कार्यक्रमको लागि एमसीसीले नेपाल सरकारलाई आयोजना कार्यन्वयनको लागि बढीमा ४९५.५ मिलियन अमेरिकी डल उपलब्ध गराउनेछ भने नेपाल सरकार ले १३० मिलियन अमेरिकी डलर थप्ने छ। सम्झौताले अन्तिम रुप (आयोजना कार्यन्वयन सम्झौता) पाउने बित्तिकै नेपाल सरकारबाट ४० मिलियन र एमसीसी बाट ४०.५ मिलियन रकम आर्थिक व्यवस्थापन, सम्भाव्यता अध्ययन, र अन्य तयारीको लागि दिनेछन् भने अन्य रकम ५ वर्षको कामको प्रगतिसँगै दिइनेछ।

प्रसारण लाइनको लागि जम्मा २२८.२ मिलियन, सब-स्टेसन निर्माणको लागि ११४.२ मिलियन , उर्जा क्षेत्रमा प्राविधिक सहयोगको लागि २२.४ मिलियन र कार्यक्रम व्यवस्थापन, निरीक्षण र मुल्याङ्कनको लागि ८२  मिलियन अमेरिकी डलर छुट्याइएको छ। यसैगरि सडक स्तरोन्नति र प्राविधिक सहयोगको लागि ५२.३ मिलियन डलर खर्च हुनेछ। यो आँकडामा नेपाल सरकारको तर्फबाट दिइने १३० मिलियन समावेश छैन।

प्रसारण लाइन निर्माण अन्तर्गतको ४०० केभीका डबल सर्किट लाइन निर्माणपछि नेपाल र भारतबीच अन्तर्देशीय विद्युत आदान प्रादनमा सहजता आउने र केही वर्षपछि नेपालको विद्युत भारत निर्यात गरेर देशले आम्दानी गर्ने, भरपर्दो प्रसारण लाइन हुने हुनाले सर्वसाधरणले लोडसेडिङ र बेलाबेलामा काटिने विद्युत आपुर्तीबाट छुटकरा पाउने, नेपाली उद्योगहरु फास्टाउने र रोजगारका अवसरहरु खुल्ने, अहिले भइरहेको प्रसारण लाइनको उच्च चुहावट (लस) न्यून हुने, सडकहरुको स्तरोन्नति हुँदा दुर्घटनाहरु घट्ने, ढुवानी खर्च घट्ने र सडक सुरक्षा बढ्नेजस्ता धेरै कारणहरुले गर्दा नेपालमा रहेको गरीबी निवारणमा सहयोग पुग्ने देखिन्छ। 

एमसीसीको डकुमेन्टबाट साभार

 

विद्युत प्रसारण लाइन र सडकको स्तरोन्नती गर्दा आउन सक्ने व्यवधानहरुलाई पनि आँकलन  गरिएको छ। जस्तै निर्माण कार्यमा ढिलाइ हुन सक्ने, भारतसँगको विद्युत व्यापारका कठिनाइ, जग्गा अधिग्रहणमा आउन सक्ने समस्या र राजनीतिक र समूहगत हुन सक्ने विरोधलाई सरकारले सहजता प्रदान गर्नुपर्नेछ।

विद्युत आयात र निर्यातबाट हुनसक्ने फाइदालाई केलाएर हेर्दा प्रसारण लाइनको इकोनोमिक रेट अफ रिटर्न १२ प्रतिशत देखिन्छ भने सडक संजालमा हुने स्तरोन्नतिको इकोनोमिक रेट अफ रिटर्न २९ प्रतिशतसम्म हुनसक्ने आँकलन छ। यस्तो फाइदाको आयोजना गुमाउनु दुर्भाग्यपूर्ण हुनेछ हाम्रो लागि।

सम्झौताअनुसार एमसीसीबाट प्राप्त हुने अनुदान (५ वर्ष) प्रत्येक वर्ष काम गरेर नै सक्नुपर्ने प्रावधान छ। ढिलो गर्न पाइने छैन। उक्त बजेट अमेरिकी सरकारको कानुन र पोलिसी विरुद्ध (अमेरिकाविरुद्ध प्रयोग हुन सक्ने सैनिक, प्रहरी वा अर्धसैनिकलाई तालिम दिने)‚ अमेरिकी रोजगार र उत्पादनमा प्रभावकारी रुपमा नकरात्मक असर गर्ने, वातावरण र सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुल असर पार्नेजस्ता कामको लागि प्रयोग गर्न पाइदैन।

औचित्यहीन विरोध

यो अनुदानबाट निर्माण गरिने प्रसारणलाइनको एक खन्ड बुटवलदेखि भारतको गोरखपुरसम्म पुग्नेछ अर्थात् भारतीय भुमिमा पनि केही किलोमिटर काम हुनेछ। भारतभित्र काम गर्न हामीले भारतको अनुमति लिनु आवश्यक छ नत्र सो कार्य सम्भव हुँदैन। अनुसूची ५ को बुँदा १ मा यही कुरालाई प्रष्टसँग राखिएको छ। बुटवलदेखि गोरखपुरसम्म निर्माण हुने प्रसारण लाइनको आर्थिक,प्राविधिक र अपरेसनल  कार्यविधिमा भारत सरकारको सहमतिमा हुनुपर्ने छ भन्ने लेखिएको छ जुनकुरा जायज नै हो।

अहिले यही बुँदालाई देखाएर केही नेताहरुले यो सम्झौता नै खारेज हुनुपर्छ भनिरहेका छन्। उनिहरुलाई यो प्रश्न छ कि ‘के नेपालभित्र भारतले कुनै ठुलो परियोजना नेपालको सहमतिबिना बनाउन हामी दिन्छौं? 

अमेरिकी दुतावासका ‘कि कन्ट्याक्ट’ भनेर नेकपाभित्रकै एक खेमाले लगातार लखेटिरहेका नेताबाट अनुचित कुरा देखाएर यो अनुदान फिर्ता गराउने प्रपञ्च त रचिएको छैन कतै?

यो आयोजनालाई ‘आइपिएसको अङ्ग’ भनेर अनुमानको भरमा विरोध किन? सम्झौताको कुन बुँदामा त्यस्तो भनिएको छ? अनुमानको भरमा विरोध ठीक हुँदैन। अमेरिकी दुतावासले  पनि यो बारेमा प्रष्ट पारिसकेको छ। आइपिएसको अङ्ग नै हो भने पनि बिआरआइ  (बेल्ट एन रोड इनिसिएटिभ) मा संलग्न हुन हुने आइपिएसमा नहुने भन्ने तर्क ठीक छैन। अर्कोतर्फ चाइनाले बिआरआइमार्फत ॠण दिने हो। यो अनुदान हो। ॠण कुनैपनि बेला पासो बनेर निस्किन सक्छ अनुदान त्यस्तो हुन सक्दैन।

अनुसूची ५ मा रहेका अन्यकुराहरुजस्तै यो योजनालाई राष्ट्रिय गौरवको आयोजनामा राख्नुपर्ने, विद्युत नियमन आयोगसम्बन्धी कानुनहरु बन्नुपर्ने, जग्गा अधिग्रहण र वनको समस्या सरकारले सामाधान गरिदिनुपर्नेजस्ता प्रावधानले हामीलाई नै फाइदा पुग्नेछ।

हाम्रो कमजोर प्राविधिक क्षमता वृद्धि  हुने र विद्युत प्रसारण लाइनमा आमुल परिवर्तन गर्ने यो परियोजनाको विरोध गर्नु देशको हितमा छैन।


 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्