• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २४, २०७६  १२:२६
1140x725

काठमाडौं- गोरखाको सिरानचोक गाउँपालिका–८ घर भएका ३६ वर्षीय प्रवीणबाबु ढकाल जनप्रशासन क्याम्पस काठमाडौंमा अध्यापन गर्छन्। उनी बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा करिब ५ वर्षदेखि कम्युटर विषय पढाउँदै आएका थिए। 

सोही क्रममा उनको सोही क्याम्पसमा अध्यापन गर्ने पुष्पा घिमिरेसँग चिनजान भएको थियो। उनीहरु दुवै जना त्यसबेला अविवाहित थिए।

उनीहरु बीचको चिनजान प्रेममा परिणत भयो। पारिवारिक सल्लाह बमोजिम नै उनीहरुले २०७३ मंसीर २४ गते विवाह गरे। राजधानीमै रहेको गुहेश्वरी मन्दिरमा उनीहरुको विवाह सम्पन्न भयो। 

त्यसपछि पुष्पाले विदेश जानका लागि भनेर भाषा परीक्षा आइएलटिएसको तयारी गरिन्। तर उनीहरुको विदेश जाने सपना पूरा हुन सकेन। 

‘आशिंक रुपमा अध्यापन गरेको पैसाले खर्च नपुग्ने भएपछि हामी विदेश जाने तयारी थियौं,’ ढकालले भनेका छन्, ‘तर पुष्पामार्फत विदेश जाने योजना सफल हुन सकेन।’ 

त्यसपछि भने ढकालले श्रीमती पुष्पाको योजनामै विदेश जाने अर्को तयारी निकाल्छन्, अर्को एक विदेश जाने तयारीमा रहेको युवतीसँग पेपर म्यारिज गर्ने र विदेश जाने।

सोही तयारी अनुसार पुष्पाको समेत चिनजान भएको जनप्रशासन क्याम्पसमै अध्ययनरत एक युवतीसँग पेपर म्यारिजको तयारी हुन्छ। श्रीमतीकै योजना अनुसार उनीसँग पेपर म्यारिजको तयारी गरिएको ढकालको भनाइ छ।

ती युवतीसँग ढकालले काठमाडौं महानगरपालिका- २६ वडामा गएर गत चैत २९ गते विवाह दर्ता समेत गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनीहरुले देखाउनकै लागि विवाह दर्ता गरेका थिए। पछि विवाह दर्ता गरिएकी युवतीको भिसा लागेपछि प्रवीणको भने भिसा लागेन। आफ्नो श्रीमती हुँदाहुँदै अर्को युवतीसँग विवाह दर्ता गरेर विदेश जाने उनको सपना तुहियो। 

विदेश जाने सपना सफल नभएपछि उनीहरुले काठमाडौं जिल्ला अदालतमा गएर गत विवाह दर्ता गरेको २१ दिनपछि नै सम्बन्ध विच्छेदेको निवदेन दिएका थिए। त्यसपछि गत वैशाख २० गते उनीहरुको सम्बन्ध विच्छेद समेत भएको थियो।

तर कुरा यतिमा मात्रै सीमित रहेन। विदेश जानकै लागि श्रीमतीको योजना र सल्लाहमा अर्की युवतीसँग पेपर म्यारिज गरेका ढकाल अहिले सोही कारण जेल बस्नुपर्ने अवस्था आएको छ।

ढकालकी श्रीमतीले पुष्पाले उनीविरुद्ध बहुविवाह मुद्दा दर्ता गराएपछि उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। सुरुमा पुष्पााले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा गत असोज २७ गते बहुविवाहको उजुरी दिएकी थिइन्। 

उनले दिएको उजुरीमा भनिएको छ, 'मसँग विहे भएपछि मलाई थाहा नै नदिई अर्को एक युवतीसँग विहे गरेको रहेछ। त्यसपछि मबाट विस्तारै टाढा हुँदै गएको पाएँ। मलाई हेप्ने, कुट्ने, घृणा गर्ने लगायतका काम भएपछि बुझ्दै जाँदा अर्को विवाह गरेको भन्ने चाल पाएपछि बहुविवाहको उजुरी दर्ता गराएको हुँ।’

सोह्रखुट्टे प्रहरीबाट उक्त घटनाको अनुसन्धान सकिएपछि बहुविवाह मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरिएको थियो। 

जहाँ ढकाललाई मलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (१) को कसुरको सजाय र अर्की युवतीलाई सोही संहिताको दफा १७५ को उपदफा (४) बमोजिमको सजाय माग गरिएको थियो।

तर यस कसुरमा उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा थुनामा उठाउनु नपर्ने देखिएको भन्दै साधारण तारखेमा रिहा गरेको थियो। जिल्ला अदालतको फैसलामा भनिएको छ, पुष्पाले पहिलेदेखि नै चिनेकी र उनकै सरसल्लाहमा विदेश जाने योजनाका साथ अर्की युवतीसँग पेपर म्यारिज गरेको देखियो। पेपर म्यारिज गरेको २१ दिनमै सम्बन्ध विच्छेद समेत भएको पाइएकाले ढकालमाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै साधारण तारखेमा रिहा हुन जिल्ला अदालत कााठमाडौंले गत कात्तिक २१ गते आदेश दिएको थियो। 

त्यसपछि ढकाल रिहा भएका थिए। तर उनकी श्रीमती पुष्पाले पुन: उच्च अदालत पाटनमा पुनरावदेन दिएपछि ढकाल अहिले थुनामा छन्।

उच्च अदालत पाटको मंसिरको १९ गतेको आदेशले उनलाई थुनामा पठाएको हो। दोस्रो विवाह दर्ता प्रमाणपत्र समेत हुनले बहुविवाह गरेको पुष्टि भएकाले उनलाई थुनामा पठाउने आदेश जारी गरिएको उच्च अदातल जनाएको छ।

यसरी विदेश सपनामा बहुविवाह गरेका ढकाल अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। आफ्नो योग्यताभन्दा ठूलो महत्वाकांक्षाले ढकालले कारागार जान बाध्य भए।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्