काठमाडौं- समग्र उत्पादनका आधारमा टेस्ला विश्वकै ठूलो इलेक्ट्रिक सावरी उत्पादक बनेको छ। यसअघि चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक बिवाइडी विश्वकै ठूलो सवारी उत्पादक थियो।
केही वर्ष अघिसम्म पनि मानिसहरुलाई टेस्लाले इलेक्ट्रिक कार उत्पादन गर्छ भन्ने विश्वास थिएन। इलेक्ट्रिक कार उत्पादन गरेपनि त्यो निक्कै सानो संख्यामा हुन्छ भन्ने थियो। तर टेस्लाले इलेक्ट्रिक सवारीमा विश्व बजारलाई नै आश्चर्यमा पर्ने गरी सवारी उत्पादन गर्यो।
विश्व बजारमा टेस्लालाई चर्चित बनाउने र परिलो इलेक्ट्रिक कार उत्पादकको रुपमा स्थापित गराउने मोडल एस, मोडल एक्स र मोडल थ्री हुन्। यिनै मोडलको उत्पादन र बिक्रीले टेस्लालाई विश्वको धेरै इलेक्ट्रिक सवारी उत्पादन बनाउन सहयोग गरेको हो।
टेस्ला र बिवाइडीबीच सवारी उत्पादनमा ठूलो अन्तर भने देखिँदैन। बिवाइडीले प्यासेन्जर कारदेखि ठूला बससम्म उत्पादन गर्छ भने टेस्लाले प्यासेन्जर कार मात्र। चिनियाँ कार उत्पादक बिवाइडीमा अमेरिकी धनाढ्य वारेन बफेटको लगानी रहेको विषयमा मानिसहरुले राखेको जिज्ञासामा टेस्लाका सिइओ इलोन मस्कले जवाफको रुपमा फिस्स हाँसेका थिए।
बिवाइडीले प्रभावशाली तवरमा इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ भने टेस्लाले आक्रामक बजार विस्तार गर्ने उद्देश्यले सवारी उत्पादन गरिरहेको इलेक्ट्रिक डटकमले लेखेको छ। टेस्लाले सन् २०१९ को अक्टोबरसम्ममा विश्वभर ८ लाख ७ हजार ९ सय ५४ वटा सवारी बिक्री गरेको तथ्यांक विश्लेषक केभिन रकले सार्वजनिक गरेको छ। त्यस्तै सोही समयमा बिवाइडीले ७ लाख ८७ हजार १ सय ५० इलेक्ट्रिक सवारी बिक्री गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।