नेप्सेमा ३ दशमलव ४५ अंकको वृद्धि

नेपाल लाइभ | २०७६ मङ्सिर २२ आइतबार | Sunday, December 08, 2019 १५:५०:०० मा प्रकाशित

 काठमाडौं- सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ दशमलव ४५ अंकले बढेर १ हजार १ सय ३५ दशमलव ३७ अंक कायम भएको छ। 

आइतबार १ सय ७१ वटा कम्पनीको ९ लाख ८७ हजार ७ सय ३९ कित्ता सेयर ४ हजार ५ सय २५ पटक खरिदबिक्री हुँदा २८ करोड ७५ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसुचक १ दशमलव ७५ अंकले बढेर २ सय ५० दशमलव ५२ अंक कायम भएको छ। 

बैंकिङ, व्यापार, होटल, विकास बैंक, लघुवित्त र अन्य समुहको उपसुचक बढेको छ भने जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा समुह र म्युचुअल फण्ड समूहको उपसुचक घटेको छ। 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर सेयर २ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कन्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ७ दशमलव १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा नेपाल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन्।