विराटनगर– मोरङको विराटनगर–१५ बाट ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बिआर ११ एए ६२६५ नम्बरको कारको सिटमुनि लुकाएर ल्याइएको नगद सहित भारतको अररिया जिल्ला फारबिसगञ्ज–१ का ४५ वर्षीय नारायण साहलाई पक्राउ गरिएको हो। सवारी चेकजाँचका क्रममा नगद बरामद भएको हो।
उनको साथबाट १ हजार दरका ३ हजार ४ सय, ५ सय दरका २ हजार १ सय र १ सय दरका ५ सय थान गरी कुल ४५ लाख रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
बरामद नोटसहित शाहलाई राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।