काठमाडौं– उदयपुर र नुवाकोटमा दुई जनाको हत्या भएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडे चोकमा त्रियुगा नगरपालिका–८ बस्ने ५१ वर्षीय शिव कार्कीको ढुंगाले हानेर हत्या भएको छ। उदयपुरगढी गाउँपालिका–७ बिरालीटार बस्ने धमिनी भन्ने शर्मिला कार्कीले उनको हत्या गरेकी हुन्। शर्मिलालाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै लिखु गाउँपालिका–६ थानसिङ बस्ने ५० वर्षीय कृष्ण लामालाई आफ्नै ४५ वर्षीया श्रीमती राममाया लामाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। चिर्पट र पिर्काले हानी उनले श्रीमतीको हत्या गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।