काठमाडौं– फेसबुकबाट नेपाली युवतीहरुलाई साथी बनाई उपहार पठाइदिने भन्दै ठगी गरेको आरोपमा नाइजेरियन नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले ३० वर्षिय नाइजेरियन मारसेलुस सिगोन्जी चिबुजीलाई ठमेलबाट पक्राउ गरेको हो।
उनले आइफोन लगायत सामान पठाएको नाटक गरी दिल्ली एयरपोर्टबाट कर तिर्नुपर्ने भन्दै फोन गर्न लगाएर पैसा लिई ठगी गरेका हुन्।
नक्कली नाममा फेसबुक खोली आफु धनी व्यक्ति भएको बताउँदै प्रभावमा पारी उनले ठगी गरेका हुन्। पक्राउ परेका नाइजेरियनलाई ठगी मुद्दामा कारबाही अघि बढाइएको सिआईबीका डिएसपी अंगुर जिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।