काठमाडौं– कैलालीको टिकापुरका कर्ण थापाको हत्या गरी फरार भएका अभियुक्तहरु काठमाडौंमा समातिएका छन्।
इप्रका टिकापुर र महानगरीय प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले टीकापुर नगरपालिका–९ का सन्दीप रावल र टीकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो काठमाडौंमा पक्राउ गरेको हो। थापा हत्याको विरोधमा केही दिनयता टिकापुर अशान्त छ। हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै स्थानीयले बन्द समेत आयोजना गरेका थिए।
फरार रहेका अभियुक्तलाई काठमाडौंमा पक्राउ गरिएको कैलालीका एसपी बिनोद घिमिरेले बताए।
फागुन १७ गते होली मैदानमा होली खेल्ने क्रममा विवाद हुँदा टीकापुर–२, सीतापुरका २१ वर्षीय थापालाई छुरा प्रहार गरी हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।