धनुषा– धनुषाका ६ जना पेशेवर जुवाडेलाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। मिथिला बिहारी नगरपालिकको तारापट्टीस्थित राजु मिट हाउसमा जुवा खेलिरहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कारी साह, रोशन कुमार साह, अशोक साह, मोती साह, बेचु भगत, रामबाबु साह छन्। उनीहरुबाट एक लाख ११ हजार १ सय १६ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।