काठमाडौं– ठुलो मात्रामा गाँजा तस्करीमा संलग्न एक अभियुक्त पक्राउ परेका छन्। वीरगंजको बगही घर भएका २८ वर्षिय पुनिलाल राउत कुर्मीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक कुमार प्रसाद मैनालीका अनुसार २०७० सला माघ २८ गते पर्सा जिल्ला अदालतले उनलाई २ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
अदालतको आदेश नमानी फरार रहेका कुर्मीलाई पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी निरीक्षक मैनालीले बताए। गाँजा तस्करीको अभियोगमा कुर्मीविरुद्ध मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।