काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले वन्यजन्तु तस्करीमा संलग्न गिरोहविरुद्ध नुवाकोटमा एक अप्रेसन चलाएको छ। प्रहरी अप्रेसनमा २ जना पक्राउ परेका छन्।
तारकेश्वर गाउँपालिका–२ बस्ने ३३ बर्षीय बलराम श्रेष्ठ र बेलकोट नगरपालिका–७ बस्ने ३६ बर्षीय कर्णलाल श्रेष्ठलाई ३ वटा हुचिल र सालकको खपडा ३ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको हो।
बेलकोट गढी नगरपालिका–७ स्थित चेकपोष्टमा प्रहरी चौकी तारुक र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा तरकारी बोक्ने क्रेटमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त हुचिल तथा सालकको खपडा बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।