रुपन्देही– रुपन्देहीको सैनामैना नगरपालिका–२ कालिका टोल बस्ने ३१ बर्षीय खेमराज चौधरीको हत्या भएको छ।
सोही ठाउँ बस्ने १८ बर्षीय पुरन चौधरीले शुक्रबार ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका खेमराजको जेनश अस्पताल बुटवल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।
अभियुक्त पुरनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।