काठमाडौं– सस्तोमा डलर साटेर धनी बन्न खोज्दा एक युवक नाटकीय शैलीमा ठगीएका छन्।
कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारबाट धादिङ निलकण्ठ नगरपालिका–२ का ३४ वर्षीय राजकुमार थापामगर ठगीएका हुन्। उनको २ लाख रुपैयाँ ठगी भएको छ । सोनाम तामाङ च्याम्बा नाम बताउने व्यक्तिले ५० हजार अमेरिकन डलर २ लाखमै साटिदिन्छु भन्दै उनलाई भेट्न बोलाएका थिए।
२ लाख लिएको बताएपछि ५० हजार डलर भन्दै एउटा पोको दिएका थिए। तर, त्यहाँ डलर आकारको कागज टुक्रा मात्र थिए।
पोको खोलेर हेर्दा २ लाख दिएर तामाङ भागिसकेका थिए। उनको मोबाइल पनि स्वीच अफ भइसकेको थियो। त्यसपछि राजकुमारले प्रहरीमा उजुरी दिएका थिए।
आफुले भेट्टाएको डलर सस्तोमा साटिदिने भन्दै लोभमा पारेर यसरी राजधानीमा पटक पटक ठगी हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।