काठमाडौं– ट्रक नै लिएर चरेश तस्करी गर्न आएको भारतीय गिरोह धादिङमा पक्राउ परेको छ। उत्तर प्रदेशको मुजफ्फरनगर थाना कोतवाली ग्राम घर भएका मोहम्मद रजीश, अरशद र तासवर अलीलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो र इलका प्रहरी कार्यालय गजुरीले उनीहरुलाई २८ केजी सात सय ग्राम चरेश बरामद गरेको छ।
यूपी १९ टि ४८४८ नम्बरको भारतीय ट्रकमा लुकाएर उनीहरुले चरेश तस्करी गर्न लागेका थिए। गल्छीको गल्छीचोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चालकको सिटमुनी प्लाष्टिकको बोराभित्र लुकाएर उनीहरुले चरेश तस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।