काठमाडौं– कसैलाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत त कसैलाई मन्त्रीको पिए भनेर ठगी गर्दै आएका छविलाल चौधरी पक्राउ परेका छन्। अमेरिका पठाएर रोजगारी लगाइदिने भन्दै ठगी गरेको आरोपमा चौधरीसहित सुभद्रा कर्माचार्यलाई महानगरीय अपराध महाशाखाले बिहीबार पक्राउ गरेको हो।
उनीहरुले अमेकिराको इन्टरनेसनल इन्चिच्युट अफ इन्फिनिटिजम नामक संस्थामा जागिर लगाइदिने भन्दै प्रति व्यक्ति २६ लाख रुपैयाँसम्म ठगी गरेका हुन्।
उक्त कम्पनीको नाममा नक्कली पत्र बनाएर ठगी भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट विभिन्न व्यक्तिका पासपोर्ट बरामद गरेको छ। पैसा लिएपछि उनीहरु फरार भएका थिए। अभियुक्त चौधरीले आफू अख्तियारको अधिकृत र विभिन्न मन्त्रीको पिए भनेर ठग्दै आएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले पुष्टि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।