काठमाडौं– अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै भारतको नयाँदिल्लीमा लगेर अलपत्र बनाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल जब प्लेसमेन्ट नामक कम्पनीका सञ्चालक रोशन कार्की, पूजा प्याकुरेल भुजेल र शक्ति भुजेललाई पक्राउ गरेको हो।
शक्ति र पूजा श्रीमान–श्रीमती हुन्। उनीहरुले एक व्यक्तिसँग २५ लाख रुपैयाँसम्म लिएका थिए। ७ जनासँग १ करोड ५४ लाख रुपैयाँ उठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
प्रहरीका अनुसार नक्कली भिसा देखाएर उनीहरुले ठगी गरेका हुन्। अस्ट्रेलियामा फुड प्याकिङको काम लगाइदिने भन्दै उनीहरुले ठगी गरेका हुन्। अस्ट्रेलिया पठाउने आश्वासनमा एक महिनासम्म दिल्लीको युनिक होटलमा राखेपछि उनीहरु नेपाल फर्किएका थिए। ठगीमा संलग्न दीपक श्रेष्ठ र सन्तोष श्रेष्ठ फरार छन्।
उनीहरु फर्किएपछि केही रकम मात्र फिर्ता दिएका थिए। पक्राउ परेका उपर ठगी र बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। पैसा नभएको चेक दिएकाले बैंकिङ कसुर मुद्दा पनि चल्न लागेको हो।
७ जना युवासँग उठाइएको रकम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।