काठमाडौं– आफू संयुक्त राष्ट्रसंघको कर्मचारी भएको भन्दै भ्रममा पारेर लाखौं ठगी गरेको आरोमपा एक युवक पक्राउ परेका छन्। हेटौंडाका उदय थिङलाई प्रहरीले पक्राउ गरेको हो।
कोटेश्वरमा डाक्टर हेल्थकेयर नामक मेडिकल चलाउने थिङले कविर श्रेष्ठको नाममा कार्ड बनाएका थिए। समाज कल्याण परिषदबाट करोडौंको प्रोजेक्ट मिलाइदिने भन्दै अग्रिम कमिसन लिएर ठगी गरेको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
एक व्यक्तिलाई परिषदबाट ७ करोडको प्रोजेक्ट मिलाइदिने भन्दै २ लाख रुपैयाँ लिएका थिए। उनले कम्तीमा तीन जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।
उनले किर्ते कागजपत्र बनाएर ठगी गर्दै आएका थिए। समाज कल्याण परिषद्को नाममा तयार बनाएका १५ वटा कागजपत्र प्रहरीले बरामद गरेको छ।
त्यस्तै उदय सिंहको नाममा बनाइएको राष्ट्रसंघको नक्कली कार्ड, विभिन्न लेटर प्याड तथा स्ट्याम्पहरु बरामद भएको प्रहरीले जनाएको छ। उनले अरु पनि धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।