काठमाडौं- बिहीबार बेलुका चाबहिलमा चक्कुले हानेर एक युवकको हत्या भएको छ। सोलुखुम्बु घर भएका छिरिङ शेर्पाको हत्या भएको हो।
सामान्य विवादमा शेर्पाकै साथीले छुरा हानेर हत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले बताए। हत्यामा संलग्न विवेक तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
डिएसपी पुडासैनीका अनुसार दुवै जना क्याटरीमा काम गर्ने चिनजान व्यक्ति हुन्। उनीहरु चुच्चेपाटी नजिकै बस्दछन्। विवाद भएपछि आफूलाई हेपेको भन्दै तामाङले डेराबाट चक्कु लिएर आई सडकमै शेर्पालाई प्रहार गरेका थिए। अस्पतालमा उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।