त्रिशूली, नुवाकोट- फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन्।
बिहीबार साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेहरु पक्राउ परेका हुन्।
सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी होहल्ला गर्दा विवाद उत्पन्न गराउने विदुर –६ इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय निरज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
उनीहरुले प्रहरीलाई हातपात गर्नुका साथै प्रहरीको बा २ झ २१९ नंको स्कोर्पियो गाडीको सिसा तोडफोड गरेको आरोप लगाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।