हेटौंडा -हेटौंडाको पदमपोखरीमा स्थानीय र प्रहरीबीच विवाद हुँदा प्रहरीमाथि नै खुकरी प्रहार भएको छ। मदिरा पिएका स्थानीय युवाहरुले प्रहरीलाई आक्रमण गरेका हुन्।
दुई जना प्रहरी घाइते भएका छन्। आक्रमणमा संलग्न ५ जना व्यक्तिहरुलाई पक्राउ गरिएको मकवानपुरका एसपी विकाराज खनालले बताए।
मदिरा पिएका युवाहरुले प्रहरी बिटमा ढुंगामुडा समेत गरेका छन्। प्रहरी र स्थानीयबीच विवादको कारण खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।