मन्त्रिपरिषद् हेरफेर : बसन्तलाई अवसर, रामेश्वरलाई चुनौती

नेपाल लाइभ | २०७६ मङ्सिर ४ बुधबार | Wednesday, November 20, 2019 २२:२७:०० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री परिवर्तन गरेका छन्। बुधबार प्रधानमन्त्री ओलीले मन्त्रीहरु हेरफेर गरेका हुन्। 

सरकार बनेदेखि नै निरन्तर आलोचना खेपिरहेका मन्त्री रघुवीर महासेठलाई प्रधानमन्त्रीले मन्त्रीपटबाट हटाएका छन्। 

महासेठको ठाउँमा पाँचथरका पुराना एमाले नेता बसन्तकुमार नेम्वाङले स्थान सुरक्षित गरेका छन्। २०४८, २०५६ र २०६४ सालको निर्वाचनमा विजयी भएका उनी जलविद्युत क्षेत्रका लगानीकर्ता हुन्। पूर्वसभामुख सुवास नेम्बाङ निकट मानिने उनी पहिलोपटक मन्त्री भएका हुन्। 

महासेठको गुमेको छविका सामू नवनियुक्त मन्त्रीलाई काम गरेर देखाउने अवसर छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टलाई पनि कार्यकालभर विवादले छोडेन। मलेसिया रोजगारी प्रकरणदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमसम्म उनले आलोचना व्यहोरे।

आलोचनासँगै उनलाई समर्थन गर्नेहरुको संख्या पनि उत्तिकै छ।

यस्तो अवस्थामा नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई केही चुनौतीपूर्ण हुनेछ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र अस्तव्यस्त वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनु नै उनको चुनौतीपूर्ण हुनेछ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लेखराज भट्ट दोस्रोपटक प्रवेश गरेका छन्।

डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। औद्योगिक वातावरण सुधार, अन्तर्राष्ट्रिय व्यापार सुदृढीकरण र सहजीकरण तथा सबल आपूर्ति उनले ध्यान दिनुपर्ने क्षेत्र हुन्।

कृषि मन्त्रीमा नियुक्त घनश्याम भुसाल दोस्रोपटक मन्त्री बनेका छन्। झलनाथ खनाल प्रधानमन्त्री हुँदा विना विभागीय मन्त्री बनेका उनले यसपटक महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका छन्। 

कृषि क्षेत्रमा सरकारले ठूलो लगानी गरे पनि त्यो उपलब्धिमूलक हुन सकेको छैन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनालगायतका अन्य ठूला कार्यक्रम यस मन्त्रालयअन्तर्गत सञ्चालित भए पनि त्यो प्रभावकारी हुन सकेको छैन।

कृषि क्षेत्रमा आश्रित जनसंख्याको आधारस्तर उकास्न सके उनको यो कार्यकाल सफल ठहरिनेछ।

स्वर्ण रजत कास्य जम्मा
भारत
१०६ ६९ ३५ २१०
नेपाल
४३ ३३ ६२ १३८
श्रीलंका
३० ५४ ८३ १६७
पाकिस्तान
२१ २८ ३४ ८३
बंगलादेश
२२ ५४ ८३
माल्दिभ्स
भुटान