मोरङ– घरभित्र छिरेर युवतीलाई बलात्कार गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
शनिश्चरे नगरपालिका–६ गेलाबारी बस्ने २० वर्षीया विवाहित महिलालाई मंगलबार उनकै घरमा गई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय उमेशकुमार ऋषिदेवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। युवतीले छिमेकी मार्फत प्रहरीलाई बोलाएकी हुन्।
त्यस्तै मोरङ कानेपोखरी गाउँपालिका–२ स्थित चिसाङ खोला बगरको काँसघारीमा सोही ठाउँ बस्ने ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–७ बस्ने १६ वर्षीय सानु भन्ने बिक्रम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।