जाजरकोट– ठुलो मात्रामा हातहतियार र वन्यजन्तुका अंगसहित प्रहरीले बुबा–छोरालाई पक्राउ गरको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ बस्ने ५८ वर्षीय चन्द्रबहादुर शाही र उनका छोरा २८ वर्षीय नेत्रबहादुर शाहीलाई अवैध घरेलु हातहतियार, विष्फोटक पदार्थ र जंगली जनावरका अंगहरु सहित बुधबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको घरबाट ९ वटा बन्दुक बरामद भएको छ। ४ वटा भरुवा बन्दकु, २ वटा बाह्रबोर बन्दुक, ३ वटा एयरगन बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै बाह्रबोर बन्दुकमा प्रयोग हुने गोलीको ७ वटा खोका, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको जस्तो देखीने छर्रा २४ वटा, भरुवा बन्दुकको पार्टपूर्जा २ वटा, डेटोनेटर ८ वटा, सेप्टीफ्यूज तार, केप १५ वटा, आधा केजी बारुद, पहेलो गन्धक २ केजी, सकेट एउटा, जंगली जनावरको छाला ३ वटा, सिङ ११ वटा, दाँत ११ वटा र नङ १५ वटा बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।