मोरङ — ९ करोड रुपैयाँभन्दा धेरै राजश्व ठगीमा राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकको समेत संलग्नता खुलेको छ। प्रहरीले बैंक शाखा सुक्खा बन्दरगाह रानी विराटनगरका प्रबन्धक विष्णुप्रसाद निरौलालाई पक्राउ गरेको छ।
बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोर्णराज राउतमाथि अनुसन्धान गर्ने क्रममा निरौला पक्राउ परेका छन्।
खातामा पैसा नभएको चेककै आधारमा कर्मचारीले करोडौंको सामान पास गराएका थिए। सुरेश क्लियरिङ एन्ड फरवार्डिङ सर्भिस विराटनगरले प्रज्ञापनपत्रबापतको भन्सार राजस्व बैंकमा दाखिला नगरी ९ करोड ६१ लख ५५ हजार भन्सार राजस्व अपचलन भएकाले उनीहरुलाई पक्राउ गरिएको मोरङका एसपी अरुण बीसीले बताए।
घटनामा संलग्न भन्सार एजेन्टहरु भने फरार छन्। भन्सार कार्यालयका कर्मचारीहरुमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ। भन्सार एजेन्ट ८ वटा बाउन्स चेक दिएर सामान छुटाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।