राजविराज- सप्तरीको बेलही–चपेना गाउँपालिकामा गएराति अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।
गाउँ नजिकैको पिप्राहा बजारबाट घर फर्कने क्रममा राति ८ बजे वडा नम्वर ४ का परमानन्द साहलाई छुरा प्रहार गरिएको हो। गम्भीर घाइते साहलाई उपचारका लागि तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
स५प ५५८५ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले साहलाई छुरा हानी फरार भएको प्रहरी चौकी पथरगाढाका इन्चार्ज डम्बर बहादुर केशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।