• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

महसुल निर्धारण निर्देशिका जारी, यी हुन् महसुल निर्धारणका सिद्धान्त

64x64
नेपाल लाइभ सोमबार, मंसिर २, २०७६  २०:५४
1140x725

काठमाडौं- दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ व्यवस्था विद्युत् नियमन आयोगले सार्वजनिक गरेको छ। 

आयोगले सोमबार जारी गरेको ‘उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ मा दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तथा चालू आर्थिक वर्ष एवं आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण पेस गर्नुपर्ने प्रावधान छ।

नेपाल विद्युत् प्राधिकरणले नयाँ महसुल दर तय गरी स्वीकृतिका लागि आयोग समक्ष पेस गरेको थियो।

प्राधिकरणको प्रस्तावलाई स्वीकृति दिनुअघि आयोगले नयाँ निर्देशिका जारी गरेको हो। आयोगले विभिन्न ६ सिद्धान्तमा रही नयाँ महसुल निर्धारण गर्नेसमेत निर्देशिकामा उल्लेख छ।

उपभोक्ताको हकहित संरक्षण, विद्युत्को आपूर्ति तथा गुणस्तर, नियमितता, पर्याप्तता एवं सुरक्षाको सुनिश्चितता, वितरण अनुमतिपत्र प्राप्त व्यक्तिको व्यावसायिकता तथा प्रभावकारिता अभिवृद्धि, प्रणाली सुधार तथा यस सम्बन्धमा हुने लगानीको स्रोत परिचालनको आवश्यकता, वितरण अनुमति प्राप्त लगानीमा न्यायोचित प्रतिफल र नेपाल सरकारको नीति तथा कार्यक्रमका आधारमा महसुल निर्धारण हुनेछ। 

Ncell 2
Ncell 2

यस्तै आयोगले पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नभएमा वितरण अनुमति प्राप्त व्यक्तिको व्यवस्थापनले प्रमाणीकरण गरेको वित्तीय विवरणलाई समेत मान्यता दिने निर्देशिकामा उल्लेख छ।

यस्तै उपभोक्ताको वर्गअनुरुप बिजुली बिक्रीबाट प्राप्त हुने आम्दानी तथा ऊर्जा उपभोग शुल्क, अन्य स्रोतबाट प्राप्त हुने आम्दानी, लगानीबाट प्राप्त हुने वार्षिक प्रतिफल, विद्युत्को स्रोतअनुसारको विद्युत् खरीद परिमाण र लागतसमेत उल्लेख गर्नुपर्नेछ। 

विद्युत् उत्पादन संयन्त्रको वार्षिक खर्च कर्मचारी तथा ह्रासकट्टी खर्चबाहेक, विद्युत् प्रसारण प्रणाली एवं वितरण प्रणालीको वार्षिक खर्च ह्रासकट्टी दर तथा रकम, व्याजको भुक्तानी रकमसमेत उल्लेख गर्नुपर्ने निर्देशिकामा समावेश गरिएको छ।

यस्तै देशको आर्थिक सूचकाङ्क र सरकारको विद्युत् विकासका सम्बन्धमा अपनाएको नीतिका साथै विगतमा भएका महसुल निर्धारण, वितरण अनुमति प्राप्त व्यक्तिको महसुलको अत्यधिक वृद्धिको परिस्थितिलाई सीमित गर्न वितरण अनुमतिपत्र प्राप्त व्यक्तिको आम्दानीलाई आगामी वर्षमा समायोजन हुने गरी व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ।

आयोगले महसुल निर्धारण गरेपछि उक्त महसुल लागू हुने मितिसमेत तोक्नेछ र उक्त मितिपश्चात् वितरण अनुमति प्राप्त व्यक्तिले उपभोक्तालाई जारी गर्ने बिलको हकमा लागू हुनेछ।

निर्देशिकाबमोजिम महसुल दर निर्धारण वा परिवर्तन नगरेसम्म आयोगले निर्धारण गरेको पछिल्लो महसुल दर नै कायम हुने व्यवस्था गरिएको छ। रासस

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ? बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ? बुधबार, माघ ७, २०८२
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्