काठमाडौं– लागूऔषध कारोबारमा संलग्न तीन वटा समूह काठमाडौंमा पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका बालाजुबा मोरङ बिराटनगर महानगरपालिका–११ शान्तिचोकका २७ वर्षीय अमित पाललाई डाइजेपाम एम्पुल ४ सय ३० पिस, बुप्रेनोर्फिन एम्पुल ४ सय ३० पिस र फेनारगन एम्पुल ४ सय ३० पिस सहित मंगलबार लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ।
नागढुंगास्थित चेकप्वाइन्टमा चरेशसहित एक युवक समातिएका छन्। सवारी साधन जाँच गर्ने क्रममा धादिङ्गबाट काठमाडौं आउँदै गरेको बा.२ ख ८८१९ नम्बरको बसमा सवार मकवानपुर थाहा नगरपालिका–८ का २४ वर्षीय रमेश थिङ्गलाई झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध चरेश ८ केजी सहित बुधबार प्रहरीले पक्राउ गरेको हो।
उता नागढुङगामा सवारी साधन जाँच गर्नेक्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५८ प ३५८४ नम्बरको मोटरसाइकल चालक काठमाडौं पेप्सीकोला बस्ने २२ वर्षीय कौशल श्रेष्ठ र मोटरसाइकलमा सवार ललितपुर पाटन बस्ने २२ वर्षीय सुरज खड्गीलाई झोलामा लुकाई छिपाई ल्याएको करीव १ केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।