काठमाडौं– राजधानीमा दुई वटा लुटपाट र चोरीका घटना भएका छन्।
बिजेश्वरीस्थित सडकमा बा.५४ प १९९४ नम्बरको मोटरसाइकलका चालक काठमाडौं ईन्द्रचोक बस्ने धादिङका २८ वर्षीय सुरेन्द्र खकुरालको २ लाख ५० हजार रुपैयाँ लुटपाट भएको हो। मंगलबार साँझ खुकुरी देखाएर उनको साथमा रहेको पैसा लुटपाट भएको हो।
त्यस्तै सूर्यबिनायक नगरपालिका–६ सूर्यबिनायक बस्ने रामदाश प्रजापतिको घरको मुलगेट खुल्ला रहेको अवस्थामा चौथो तलाको कोठाको ताला फुटाई दराजभित्र रहेको नगद ८ हजार र सुनका बिभिन्न गरगहना समेत गरी करीव १ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।