विराटनगर- झापामा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका–६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले १ ग्राम २ सय मिलीग्राम खैरो हेरोइनसहित कमल गाउँपालिका ६ का संयोग राईलाई पक्राउ गरेको हो।
राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।