• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कलंकी–कोटेश्वर सडकखण्डकाे पहुँचमार्ग निर्माण अलपत्र : यात्रुलाई सास्ती, दुर्घटना बढ्दै

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २८, २०७६  १०:०४
1140x725

काठमाडौं- कलंकी–कोटेश्वर ८ लेनको सडक निर्माण सकिएर हस्तान्तरणसमेत भइसक्दा पहुँचमार्ग (सर्भिस ट्र्याक) भने अझै बनेको छैन। चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सडकमा सरकारले सडकको सुरक्षा र धुलोरहित बनाउन भन्दै दायाँबायाँ दुवैतर्फ ६ मिटरको पहुँचमार्ग बनाउने भएको थियो।

केही ठाउँमा निर्माण थालनी गरेको ६ मिटरको पहुँचमार्ग निर्माण योजना भने अलपत्र परेको छ। ग्वार्को चोकबाट थसिखेल चोक दुवैतर्फ पहुँचमार्ग बनेको छ भने यातायात कार्यालय भएको क्षेत्र कालाेपत्रेको तयारी भइरहेको छ। यातायात कार्यायलबाट एकान्तकुना चोकसम्म ट्र्याक खोल्ने काममात्र भएको छ। तर दायाँतर्फ थसिखेल चोकदेखि एकान्तकुना पहुँचमार्गको कुनै काम भएको छैन।

उक्त स्थानमा जग्गा प्राप्तिमै समस्या भएकाले कामअघि बढाउन समस्या भएको सडक विभागले जनाएको छ। एकान्तकुनादेखि बल्खु चोकसम्म दुवैतर्फ ६ मिटरको पहुँचमार्ग छ। तर बल्खुदेखि कलंकीसम्म केही स्थानमा बाहेक अधिकांश ठाउँमा पहुँचमार्गको कुनै काम बनेको छैन।

सडक विभागले चिनियाँ पक्षले ८ लेन सडक निर्माण गरेर हस्तान्तरण गर्नु अगावै काम सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो। पहुँचमार्ग निर्माणले सडक सुरक्षादेखि मूल सडकमा धुलो कम हुने र सवारी चाँपलाई समेत कम गर्ने सडक विभाग उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले बताए। ‘पहुँचमार्ग निर्माणका लागि कतिपय स्थानमा जग्गा प्राप्ति नै मुख्य समस्या बनेको छ,’ उनले भने, ‘रिङरोडसँग जोडिएको जमिन कसैले एक इन्च छोड्ँदैनन्। जमिन उपलब्ध भएको ठाउँमा पहुँचमार्ग निर्माणको काम भइरहेको छ।’

आर्थिक वर्ष २०७२/०७३ देखि नै चक्रपथ सुधार आयोजनाले ८ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट सहजै प्रवेश पाउने अवस्था नरहेको ठहर गर्दै पहुँच सडक निर्माण थालनी गरेको थियो। आयोजनले नेपाल सरकारकै खर्चमा निर्माण थालनी गरेको पहुँचमार्ग हालसम्म सम्पन्न हुन सकेको छैन। पहुँचमार्ग निर्माणमा ढिलाइ भएकै कारण चक्रपथ बाहिर जाने र बाहिरबाट भित्रिने सवारी तथा यात्रुलाई कठिनाइ भइरहेको छ।

Ncell 2
Ncell 2

‘सडक दुर्घटना न्यूनिकरण गर्न प्रयास गर्ने हो,’ सापकोटाले भने, ‘पहुँचमार्ग बनाइयो भने सडक दुर्घटना कम गर्न सहयोग पुग्छ।’ ८ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट प्रवेश पाउँदैनन्।

सरकारले सडकको सुरक्षा, धुलोरहित यात्रा र दुर्घटना न्यूनिकरणका लागि दायाँबायाँ ६ मिटरको सर्भिस ट्र्याक निर्माण थालेको उनको भनाइ छ। तर, स्थानीयको अवरोध नै सडक निर्माणमा ढिलाइको प्रमुुख बाधक बनेको उनले दाबी गरे। ‘यो सडक हाम्रै लागि हो भनेर स्थानीयले बुझ्न नसक्दा समस्या आएको हो’, सापकोटाले भने, ‘समस्या नभएका कतिपय ठाउँमा दुई वर्ष अगाडि नै सडक निर्माण सम्पन्न भइसकेको छ।’

सडक निर्माण सम्पन्न भएको धोविघाट–नयाँबाटो सडकखण्डको दायाँ र एकान्तकुना–नख्खु दोबाटो सडकखण्डको दायाँ सडक पनि अहिले भत्किसकेको छ। मुख्य गरी बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मी सडकखण्डमा बढी समस्या देखिएको छ। बल्खुदेखि कलंकीसम्म ६ मिटर पहुँचमार्ग निर्माणमा भने हालसम्म खासै प्रगती देखिएको छैन।

६ मिटरको सडक निर्माण हुन नसकेको अवस्थामा स्थानीयले मूल सडकमा प्रवेश गर्ने चोकको खोजीमा सडकका बार भत्काउन पनि सक्ने र जसका कारण सडक दुर्घटना समेत बढेर जाने विभागको भनाइ छ। बाटो ठूलो र फराकिलो भएकाले सवारीको गती तीव्र हुँदा दुर्घटनाको सम्भावना धेरै हुन्छ।

कलंकी–कोटेश्वर ८ लेन सडकखण्डमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले मूल सडक र दायाँबायाँको सडकमा गती सीमा तोकेको छ। उक्त सडकको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस सडकमा २० किलोमिटर प्रतिघण्टाको गती सीमा तोकेको हो।

सडक पूर्णरुपमा निर्माण नभएकै अवस्थामा यसखण्डमा दैनिकजसो साना–ठूला गरी एकदर्जन सवारी दुर्घटनामा पर्ने गर्छन्। सरोकारवाला निकायले समयमै ध्यान नपर्‍याउने हो भने यसले ठूलाे रुप लिने ट्राफिक प्रहरीको भनाइ छ।

सर्वाेच्च अदालतले सडक विस्तारमा व्यक्तिको जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने भन्दै फैसला गरेको थियो। अदालतको फैसलाकै कारण ६ मिटरको सडक निर्माणमा रहेको अवरोध हटाउन नसकिएको सडक विभागको भनाइ छ। अदालतले भने जस्तै सबैलाई मुआब्जा दिएर सडक निर्माणको अवरोध हटाउन सक्ने अवस्था समेत नरहेको सडक आयोजनाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा शुक्रबार, पुस २५, २०८२
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्