• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कलंकी–कोटेश्वर सडकखण्डकाे पहुँचमार्ग निर्माण अलपत्र : यात्रुलाई सास्ती, दुर्घटना बढ्दै

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २८, २०७६  १०:०४
1140x725

काठमाडौं- कलंकी–कोटेश्वर ८ लेनको सडक निर्माण सकिएर हस्तान्तरणसमेत भइसक्दा पहुँचमार्ग (सर्भिस ट्र्याक) भने अझै बनेको छैन। चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सडकमा सरकारले सडकको सुरक्षा र धुलोरहित बनाउन भन्दै दायाँबायाँ दुवैतर्फ ६ मिटरको पहुँचमार्ग बनाउने भएको थियो।

केही ठाउँमा निर्माण थालनी गरेको ६ मिटरको पहुँचमार्ग निर्माण योजना भने अलपत्र परेको छ। ग्वार्को चोकबाट थसिखेल चोक दुवैतर्फ पहुँचमार्ग बनेको छ भने यातायात कार्यालय भएको क्षेत्र कालाेपत्रेको तयारी भइरहेको छ। यातायात कार्यायलबाट एकान्तकुना चोकसम्म ट्र्याक खोल्ने काममात्र भएको छ। तर दायाँतर्फ थसिखेल चोकदेखि एकान्तकुना पहुँचमार्गको कुनै काम भएको छैन।

उक्त स्थानमा जग्गा प्राप्तिमै समस्या भएकाले कामअघि बढाउन समस्या भएको सडक विभागले जनाएको छ। एकान्तकुनादेखि बल्खु चोकसम्म दुवैतर्फ ६ मिटरको पहुँचमार्ग छ। तर बल्खुदेखि कलंकीसम्म केही स्थानमा बाहेक अधिकांश ठाउँमा पहुँचमार्गको कुनै काम बनेको छैन।

सडक विभागले चिनियाँ पक्षले ८ लेन सडक निर्माण गरेर हस्तान्तरण गर्नु अगावै काम सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो। पहुँचमार्ग निर्माणले सडक सुरक्षादेखि मूल सडकमा धुलो कम हुने र सवारी चाँपलाई समेत कम गर्ने सडक विभाग उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले बताए। ‘पहुँचमार्ग निर्माणका लागि कतिपय स्थानमा जग्गा प्राप्ति नै मुख्य समस्या बनेको छ,’ उनले भने, ‘रिङरोडसँग जोडिएको जमिन कसैले एक इन्च छोड्ँदैनन्। जमिन उपलब्ध भएको ठाउँमा पहुँचमार्ग निर्माणको काम भइरहेको छ।’

आर्थिक वर्ष २०७२/०७३ देखि नै चक्रपथ सुधार आयोजनाले ८ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट सहजै प्रवेश पाउने अवस्था नरहेको ठहर गर्दै पहुँच सडक निर्माण थालनी गरेको थियो। आयोजनले नेपाल सरकारकै खर्चमा निर्माण थालनी गरेको पहुँचमार्ग हालसम्म सम्पन्न हुन सकेको छैन। पहुँचमार्ग निर्माणमा ढिलाइ भएकै कारण चक्रपथ बाहिर जाने र बाहिरबाट भित्रिने सवारी तथा यात्रुलाई कठिनाइ भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सडक दुर्घटना न्यूनिकरण गर्न प्रयास गर्ने हो,’ सापकोटाले भने, ‘पहुँचमार्ग बनाइयो भने सडक दुर्घटना कम गर्न सहयोग पुग्छ।’ ८ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट प्रवेश पाउँदैनन्।

सरकारले सडकको सुरक्षा, धुलोरहित यात्रा र दुर्घटना न्यूनिकरणका लागि दायाँबायाँ ६ मिटरको सर्भिस ट्र्याक निर्माण थालेको उनको भनाइ छ। तर, स्थानीयको अवरोध नै सडक निर्माणमा ढिलाइको प्रमुुख बाधक बनेको उनले दाबी गरे। ‘यो सडक हाम्रै लागि हो भनेर स्थानीयले बुझ्न नसक्दा समस्या आएको हो’, सापकोटाले भने, ‘समस्या नभएका कतिपय ठाउँमा दुई वर्ष अगाडि नै सडक निर्माण सम्पन्न भइसकेको छ।’

सडक निर्माण सम्पन्न भएको धोविघाट–नयाँबाटो सडकखण्डको दायाँ र एकान्तकुना–नख्खु दोबाटो सडकखण्डको दायाँ सडक पनि अहिले भत्किसकेको छ। मुख्य गरी बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मी सडकखण्डमा बढी समस्या देखिएको छ। बल्खुदेखि कलंकीसम्म ६ मिटर पहुँचमार्ग निर्माणमा भने हालसम्म खासै प्रगती देखिएको छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

६ मिटरको सडक निर्माण हुन नसकेको अवस्थामा स्थानीयले मूल सडकमा प्रवेश गर्ने चोकको खोजीमा सडकका बार भत्काउन पनि सक्ने र जसका कारण सडक दुर्घटना समेत बढेर जाने विभागको भनाइ छ। बाटो ठूलो र फराकिलो भएकाले सवारीको गती तीव्र हुँदा दुर्घटनाको सम्भावना धेरै हुन्छ।

कलंकी–कोटेश्वर ८ लेन सडकखण्डमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले मूल सडक र दायाँबायाँको सडकमा गती सीमा तोकेको छ। उक्त सडकको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस सडकमा २० किलोमिटर प्रतिघण्टाको गती सीमा तोकेको हो।

सडक पूर्णरुपमा निर्माण नभएकै अवस्थामा यसखण्डमा दैनिकजसो साना–ठूला गरी एकदर्जन सवारी दुर्घटनामा पर्ने गर्छन्। सरोकारवाला निकायले समयमै ध्यान नपर्‍याउने हो भने यसले ठूलाे रुप लिने ट्राफिक प्रहरीको भनाइ छ।

सर्वाेच्च अदालतले सडक विस्तारमा व्यक्तिको जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने भन्दै फैसला गरेको थियो। अदालतको फैसलाकै कारण ६ मिटरको सडक निर्माणमा रहेको अवरोध हटाउन नसकिएको सडक विभागको भनाइ छ। अदालतले भने जस्तै सबैलाई मुआब्जा दिएर सडक निर्माणको अवरोध हटाउन सक्ने अवस्था समेत नरहेको सडक आयोजनाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्