रौतहट- जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एक जनाको हत्या गरिएको छ।
कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ।
हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाका अनुुसार मृृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार भएको देखिन्छ।
मात्र ५० मिटरको दूरीमा घर रहेका मृतक शिवमंगल महतो सोमबार राति करिब १२ बजे अभियुुक्तको घरमा प्रवेश गरेका थिए। घरमा बाहिरिया मानिस प्रवेश गरेको चाल पाएर वीरेन्द्र महतोले पछाडिबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा महतोको घटनास्थलमै मृृत्युु भएको प्रहरी निरीक्षक थापाले बताए।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, कटहरियाबाट गएको टोलीले अभियुुक्त वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर शव परीक्षणका लागि जिल्ला अस्पताल, गौर पठाएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको ठोस कारण खुुल्न नसके पनि पुुुुरानो रिसइबीका कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुुलेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।