बनियानी, झापा- जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाले २०६५ असारमा १२ वर्ष कैद सजाय तोकेको थियो भने न्यौपानेलाई वैदेशिक रोजगार कसुरमा रु एक लाख ७५ हजार जरिवाना र १४ महिना कैद सजाय तोकेको थियो।
प्रहरीको फैसला कार्यान्वयन टोलीले आइतबार उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई झापा जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिसकिएको जिप्रका झापाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।