अभिमान र घमण्ड‚ यी शब्दलाई हरेक समाज र संस्कृतिमा नकारात्मक दृष्टिले हेर्ने गरिन्छ। हामीलाई सानैदेखि विनम्र हुन सिकाइन्छ। लेखिका जेन अस्टेनले त यस विषयलाई लिएर उपन्यास नै लेखिन्- प्राइड एन्ड प्रेजुडिस।
यस पुस्तकका मुख्य पात्र डार्सीले प्रेमिका एलिजावेथ बेनेटको प्रेमका लागि आफ्नो घमण्डको बलिदान समेत दिनुपरेको थियो। तर, समय परिवर्तनसँगै पछिल्ला वर्षमा अभिमानका विषयमा धेरै अनुसन्धान भएका छन्।
‘हामीलाई सिकाइएजस्तो अभिमान गर्नु त्यति खराब आचरण होइन,’ मनोवैज्ञानिकहरू भन्छन्। केही अनुसन्धानका अनुसार मानिसको विकासमा अभिमानको भूमिका महत्वपूर्ण हुन्छ।
ब्रिटिस कोलम्बिया युनिभर्सिटीकी मनोवैज्ञानिक जेसिका ट्रेसीले यस विषयमा बारेमा पुस्तक लेखिन्- प्राइड: सिक्रेट अफ सक्सेस्’। ‘घमण्डीपन मानिसमा यसै आउँदैन‚ यसका लागि मानिसले लामो यात्राको सामना गरेका छन्‚’ उनी भन्छिन्।
यदि हामी आफ्नै उपलब्धिमा गर्व गर्न थाल्यौं भने त्यसले समाजलाई पनि फाइदा पुर्याउँछ।
गर्व गर्नुका पनि आफ्नै विशेषता छन्।
क्यालिफोर्निया युनिभर्सिटीकी लेडा कस्माइड्स भन्छिन्, ‘जब मानिस सिकार गरेर जीवनयापन गर्थे‚ त्यो बेला गर्व गर्नु भनेको आफ्नो काम सबैको हितमा छ भनेर बुझाउनु भन्ने हुन्थ्यो।’
लेडाको अनुसन्धान अनुसार हामी तब घमण्ड गर्छौं, जब हामीलाई कुनै कठिन काम सम्पन्न गर्यौं भन्ने लाग्छ। अभिमानकै कारण हामीले कठिन कामका लागि धेरै मेहनत गरेका छौं र त्यसप्रति आत्मविश्वास पनि दह्रो छ। जसले हामीलाई सम्मान गरिनुपर्दछ भन्ने मनोभावको पनि सङ्केत गर्छ।

कनाडाका मन्ट्रियल युनिभर्सिटीका मनोवैज्ञानिक डेनियल स्नाइसर भन्छन्‚ ‘घमण्डका माध्यमबाट तपाईं आफ्नो सफलताको प्रदर्शन गर्नुहन्छ। नत्र तपाईं सफल भएको कसरी थाहा हुन्छ? मलाई तपाईंको सफलताको महशुस यसैगरी नै हुने हो।’
सन् २०१७ मा यसमाथि ठूलो रिसर्च छापिएको थियो। यसलाई कस्माइड्स र डेनियल स्नाइसरले केही मनोवैज्ञानिकहरूसँग मिलेर पूरा गरेका थिए। यस रिसर्चका क्रममा अमेरिकादेखि जापानसम्म १६ देशका मानिसहरूमाथि खोज गरिएको थियो।
रिसर्चमा उनीहरूलाई कुन-कुन बानी मनपर्छ र कुन गुणलाई उनीहर" आफुमा देख्न चाहन्छन् भनी सोधिएको थियो। प्रायः हामी अरुको नजरमा राम्रो छौं भन्ने कुरामा घमण्ड गर्दछौं। चाहे त्यो कुनै काम होस् अथवा योग्यता।
अभिमानको समान सम्मान
यसपछि खोजकर्ताहरूले दक्षिण अमेरिका‚ अफ्रिका र एसियाका ५ सय ६७ जनालाई उनीहरू अर्काको कुन गुणलाई मन पराउँछन् र कुन गुण आफूमा देख्न चाहन्छन् भनी सोधिएको थियो। उनीहरु आत्मविश्वासी‚ आफ्नो रक्षा गर्न सक्ने हुन चाहन्थे। यस्ता गुणको चाहना र तारिफ पनि अरुको तुलनामा धेरै भयो।
डेनियलका अनुसार हाम्रो समाजमा अभिमानको ठूलो महत्व छ। अमेरिकाको इलिनाय युनिभर्सिटीका जोइ चेङ्ग भन्छन्‚ ‘हामीलाई यो कुरा पहिलेदेखि नै थाहा थियो कि अभिमानद्वारा नै हामीलाई सफलताको शिखर चुम्ने हिम्मत आउँछ।’
सबैभन्दा महत्वपूर्ण कुरो त के भने‚ यदि हाम्रो प्रगतिमा अभिमानको यति ठूलो भूमिका छ भने यो प्रति यस्तो नकारात्मक सोच किन?
लेडा जवाफमा भन्छिन्‚ ‘आफ्नो सफलतामा अभिमान गर्नु ठीक हो तर कोही भने अहंकारी हुन्छन्। यो ठीक होइन। जब तपाईं आफ्नो सफलतालाई राम्रोसँग बुझ्नुहुन्छ तर अर्काको नजरमा उक्त सफलता त्यति महत्वपूर्ण हुँदैन भने टकरावको सुरुवात हुन थाल्छ।’
जेसिका ट्रेसी भन्छिन्‚ ‘हामीले आफैंमा गर्व गर्नु र अहंकार गर्नुमा फरक छ। आफ्नो सफलतामा तपाईं खुसी हुनुहुन्छ तर अरुले सफलतालाई तपाईंकै नजरबाट हेर्दैनन् भने चिन्ताको सुरुवात हुन थाल्छ।
अहंकार होइन, आत्मविश्वास ठिक
जसले अभिमान र अहंकारलाई राम्रोसँग बुझेको छ ऊ नै सफल बन्दछ। उनीहरूको सम्बन्ध अरुको भन्दा सुमधुर हुन्छ। जोई र जेसिकाले यस बारेमा खेलाडिमाथि अनुसन्धान गर्दा अनौठो नतिजा अगाडि आएको छ कि जो खेलाडी आत्मविश्वासले भरिपूर्ण हुन्छन्‚ आफ्नो क्षमतामाथि अभिमान गर्छन् ती नै अधिक सफल हुन्छन्।
अर्थात्, अभिमान गर्नु कुनै जरुरी कुरा होइन। सर्त एउटा मात्र छ कि आफ्नो सफलता र क्षमतालाई चाहिनेभन्दा बढी नदेखाऔं।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।