काठमाडौं- नेपाल बैंकर्स एसोसिएसनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरामा आउन प्रतिबद्धता जनाएको छ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र बैंकर संघका प्रतिनिधिबीच भएको छलफलमा कोषमा सूचीकृत हुन संघले प्रतिबद्धता जनाएको हो।
छलफलका क्रममा मन्त्री विष्टले सबै बैंक तथा बैंकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य रुपमा सूचीकृत हुन आग्रह गरेका थिए।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै निजि क्षेत्रका लागि अनिवार्य गरिएको छ।
आगामी मंसीर १३ गतेसम्म सम्पूर्ण रोजगारदाता तथा श्रमिक अनिवार्य सूचीकृत भइसक्नुपर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।