• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चालकको लापरबाहीकै कारण हरेक वर्ष १७ सयभन्दा बढीले गुमाउँछन् ज्यान

सातै प्रदेशभन्दा दोब्बर दुर्घटना उपत्यकामा
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १९, २०७६  १५:५३
1140x725

काठमाडौं- सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको १८ जनाले ज्यान गुमाए। ‍सिन्धुपाल्चोककै गोल्खुभन्ज्याङबाट काठमाडौं आउँदै गरेको बस साँखु लम्सेफेदीमा कात्तिक १४ गते दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो। यसअघि असोज २४ गते सिन्धुपाल्चोककै इन्द्रवती गाउँपालिकामा भएको बस दुर्घटना परी १४ मृत्यु हुनेको संख्या थियो। 

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा ४ जना विद्यार्थीको मृत्यु भयो। २१ जना घाइते भए। 

केही दिनको अवधिमा भएका दुर्घटनाका प्रतिनिधि घटना मात्र हुन् यी। सवारी दुर्घटनाका कारण हरेक दिन ७ जनाको ज्यान जाने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै १३ हजार ३ सय ६६ वटा दुर्घटना भएका थिए। दुर्घटनामा परेर १४ हजार ७ सय ३६ जना घाइते भएका थिए भने २ हजार ७ सय ८९ जनाको मृत्यु भएको थियो।

यसरी विभिन्न कारण दुर्घटना हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको छ। सोमबार मात्रै मोरङमा भएको दुर्घटनामा बाबुछोरीले ज्यान गुमाए। विराटनगरको गोल्छा आँखा अस्पतालमा कार्यरत ५२ वर्षीय डा शुभलाल माझी र विराटनगरको न्युरो अस्पतालमा कार्यरत स्टाफ नर्स अञ्जलीकुमारीको ज्यान गएको थियो। डा शुभलाल र अञ्जलीकुमारी बाबुछोरी हुन्। मोटरसाइकलमा सवार उनीहरुलाई बसले ठक्कर दिएको थियो।

यी सबैजसो दुर्घटनामा चालकको लापबाही नै प्रमुख कारण भएको पाइएको छ। आइतबार सुकुटेमा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा भने ओभरलोड र लापरबाही दुवै कारण रहेको पाइएको छ।

सबैभन्दा बढी दुर्घटना चालककै लापरबाहीले हुने गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार पनि दुर्घटनाको मुख्य कारण चालक लापरबाही नै पाइएको छ। देशभरको सवारी दुर्घटनाको विश्लेषणसमेत प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ। यसबारे जानकारी दिँदै प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विश्वराज पोखरेलले भने, ‘देशभरका दुर्घटनाको विश्लेषण गर्दा चालकको लापरबाही नै प्रमुख कारण देखिएको छ। चालकले सजग भएर मात्र चलाउने हो भने दुर्घटना आधाभन्दा कम हुन्छ।’

प्रहरीको तथ्यांकले गत आर्थिक वर्षमा भएका कुल १३ हजार ३ सय ६६ दुर्घटनामध्ये ९ हजार ९ सय १९ दुर्घटना चालकको लापरबाहीका कारण भएको देखाएको छ। यो दुर्घटनाको रेट ७४ दशमलव ३ प्रतिशत हो। 

सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब २३ सय जनाले ज्यान गुमाउने गरेका छन्। यीमध्ये ७४ प्रतिशतको ज्यान चालककै लापरबाहीका कारण गएको छ। यसरी चालककै लापरबाहीको कारण प्रतिवर्ष १ हजार ७ सय भन्दा बढीले ज्यान गुमाउने गरेको पाइएको छ। त्यसैगरी ओभरस्पिड, मादक पदार्थ सेवन (मापसे), ओभरटेक, मेसिन खराबीलगायतका कारण दुर्घटना हुँदै आएका छन्। छाडा चौपाय तथा जंगली जनावरका कारण पनि दुर्घटना हुँदै आएका छन्। गत वर्ष ८ वटा दुर्घटना जनावरका कारण भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी चालकको लापरबाहीलगायत अन्य थुप्रै कारणले सवारी दुर्घटना हुँदा वर्षेनी धेरै मान्छेले ज्यान गुमाउँदै आएका छन्।

हरेक वर्ष साढे २३ सयले गुमाउँछन् ज्यान
प्रहरीको तथ्याङ्कअनुसार हरेक वर्ष सरदर साढे २३ सय जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाउँदै आएका छन्। दुर्घटना हुने र दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि हरेक वर्ष बढ्दै गएको छ। 

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा ९ हजार १ सय सवारी दुर्घटना भएका थिए। जसमा २ हजार ४ जनाले ज्यान गुमाएका थिए। ४ हजार ५३ जना गम्भीर घाइते भएका थिए भने ८ हजार १ सय २७ जना सामान्य घाइते भएका थिए।

आर्थिक वर्ष २०७२/७३ मा १० हजार १३ वटा सवारी दुर्घटना भएका थिए। जसमा २ हजार ६ जनाले ज्यान गुमाएका थिए। ४ हजार १ सय ८२ जना गम्भीर घाइते भएका थिए भने ८ हजार २ सय १३ जना सामान्य घाइते भएका थिए।

Xtrem

Xtrem

आर्थिक वर्ष २०७३/७४ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने ह्यात्तै बढेको छ। १० हजार १ सय ७८ सवारी दुर्घटनामा यस आर्थिक वर्ष २ हजार ३ सय ८४ जनाले ज्यान गुमाए। ४ हजार २ सय ५० गम्भीर र ८ हजार २ सय ९० सामान्य घाइते भएका थिए।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १० हजार ९ सय ६५ सवारी दुर्घटनामा २ हजार ५ सय ४१ जनाको मृत्यु भयो। ४ हजार १ सय ४४ जना गम्भीर र ८ हजार २ सय ४७ सामान्य घाइते भएका थिए।
यसरी ५ आर्थिक वर्षमा ११ हजार ७ सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। २१ हजार ५ जना गम्भीर र ४३ हजार २ सय ३७ जना सामान्य घाइते भएका थिए।

सातै प्रदेशभन्दा दोब्बर दुर्घटना उपत्यकामा
प्रहरीको तथ्याङ्कले सातै प्रदेशभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामा हुने गरेको देखाएको छ। काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष ८ हजार ५ सय ११ सवारी दुर्घटना भएका थिए भने सात वटै प्रदेशको सवारी दुर्घटना संख्या ४ हजार ८ सय ८२ छ।

अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा सवारी चाप बढी हुनु र सडक साँघुरो भएका कारण दुर्घटना बढी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाल बताउँछन्।

ट्राफिक तथ्याङ्कअनुसार सबैभन्दा कम दुर्घटना हुने प्रदेशमा कर्णाली हो। जहाँ गत आर्थिक वर्षमा जम्मा १ सय ४६ दुर्घटना भएका थिए। त्यसो त कर्णाली प्रदेशमा सवारीको संख्या पनि कम भएकाले दुर्घटना कम हुनु स्वभाविक हो। 

त्यस्तै प्रदेश १ मा १ हजार २ सय ९७, प्रदेश २ मा ९ सय ४१, काठमाडौं उपत्यकाबाहेक प्रदेश ३ मा ७ सय ७५ दुर्घटना गत आर्थिक वर्षमा भए। गण्डकी प्रदेशमा ४ सय ६०, प्रदेश ५ मा १ हजार २९ र सुदूरपश्चिम प्रदेशमा २ सय ३४ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

बढी दुर्घटना हुने समय भने साँझ ६ बजेदेखि राति १२ बजेसम्म छ। यो बीचमा ४०.०४ प्रतिशत दुर्घटना हुने गरेको छ। गत आर्थिक वर्ष यो समयमा ५ हजार ३ सय ५२ दुर्घटना भएका थिए। सबैभन्दा कम दुर्घटना भने रातीको १२ बजेदेखि बिहान ६ बजेसम्म हुने गरेको छ। यस बीचमा गत आर्थिक वर्ष ५ प्रतिशत अर्थात् ६ सय ६८ दुर्घटना भएका थिए। यो बीचमा कम सवारी चल्ने भएकाले दुर्घटना कम हुने गरेको छ।

सवारी दुर्घटना रोक्न ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्ने, सवारी चालकको वितरण वैज्ञानिक रुपमा हुनुपर्ने, टाइमकार्ड लागू हुनुपर्ने, लामो रुटको गाडीमा २ जना चालकको व्यवस्था हुनुपर्ने देखिन्छ। मापसे पूर्णरुपमा प्रतिबन्ध, चालकलाई ट्राफिक सचेतना, छाडा चौपाय नियन्त्रण, सडकको स्तरोन्नतिलगायतमा ध्यान दिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। तर दुर्घटना न्यूनीकरण भने हुन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्