• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सञ्जालमा चुलिँदो चर्चा र कटाक्ष : एनआरएनए अर्थात् नचाहिने नेपाली?

64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  १७:५६
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा चलिरहेको छ। सम्मेलनमा भाग लिन आएका गैरआवासीय नेपालीहरुका क्रियाकलापहरु माथि टिकाटीप्पणी भइरहेका छन्। विमानस्थलमा तोडफोड गर्नेदेखि सम्मेलन स्थलका टेबलकुर्ची तोडफोड गर्नेसम्मका हर्कतहरुका विषयमा धेरैले सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरु राखिरहेका छन्।

कतिले गैरआवासीय नेपालीको छोटकरी रुप एनआरएनएलाई आफ्नै तरिकाले अर्थ्याएका छन्। उनीहरुको हर्कतबाट गैरआवासीय नेपाली भन्न नसुहाउने भन्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ता सुजीव शाक्य लेख्छन्, 'एनआरएनएको अर्थ नन् रिक्वाएर्ड नेप्लिज (नचाहिने नेपाली) पनि हुनसक्छ।'

यसैगरी युवराज पौडेललाई एनआरएनए प्रतिनिधहरुले गरिरहेका गैरजिम्मेवार कामहरु चित्त बुझेको छैन। त्यसैले उनलाई लाग्छ, 'एनआरएनए भनेको गैरजिम्मेवार नेपाली हो भनेर उनीहरुले फेरि प्रमाणित गरेका छन्।'

पत्रकार तीर्थ कोइरालाले जहाँ पुगे पनि नेपालीको असभ्य व्यवहार उस्तै रहेको विषयमा ट्विटरमा कटाक्ष गरेका छन्, 'विदेश गएर, विदेशी मुद्रा आर्जन गरेर, सुकिलो-मुकिलो देखिएर अंग्रेजी बोल्दैमा सबै संस्कारयुक्त, सभ्य र सु-संस्कृत हुन्छन् भन्ने भ्रमबाट फेरि पनि हामीलाई मुक्त गर्न गैरआवासीय नेपाली संघको सम्मेलन सफल भएकोमा बधाई।'

उनको ट्विटलाई कोट ट्विट गर्दै अनमोलमणि धारणा राख्छन्, 'जुन दिनसम्म पलायनवादी सोल्टीहरु नेपालका पार्टीका भातृसंगठन खोलेर बस्छन् नि, हो त्यो दिनसम्म तिनले जतिनै डलर कमाएर फरर अंग्रेजी बोलेर किलकिले कस्सिने गरी टाई लगाए नि ती मान्छे बन्दैनन् हेर्नुस्!'

जेन्टलमेन ह्यान्डलवाला रोविन पौडेललाई भने उनीहरुको यो हर्कतमा खुच्चिङ भन्न मन लागेको रहेछ। त्यसैले उनले ट्विटरमा लेखेका छन्, 'नेपाली नागरिकता त्यागेर विदेशमा बसेर नेपालीहरूलाई सुशासन, अनुशासन, सभ्यता सिकाउने नालायकहरू तिनै हैनन्?'

Ncell 2
Ncell 2

एनआरएनए भन्नेहरु नेपालको बेइज्ज्त गर्न आएका हुन् कि सम्मेलन? भनेर प्रश्न गर्दै सन्तोष सापकोटाको भनाइ छ, 'खुब दोष लाउँथे नेपाल र हामी नेपाली यस्तो-उस्तो अनि प्रणाली छैन, के छैन, विदेशमा सिकेको संस्कार अहिले झल्किरा'छ!'

सम्झना उपाध्यायलाई उनीहरुका गतिविधी पटक्कै चित्त बुझेको देखिँदैन। यी क्रियाकलापलाई बाँदर प्रवृत्तिको संज्ञा दिँदै उनी लेख्छिन्, 'अनुशासन, श्रम र बुद्धि जति सबै बेचेर विदेशमा २/४ पैसा कमाएर, सुकिलो लुगा लगाउँदैमा कोही पनि बुद्धिजीवी र असल व्यक्ति नहुने बलियो उदाहरण हो, हाम्रा एनआरएनए भनाउँदाले देखाएको बाँदरे प्रवृत्ति।'

एनआरएनएको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा सभ्यता झल्किरहेको छैन। जित्नका लागि सवै हथकन्डा अपनाउन उम्मेदवार तयार देखिन्छन्। प्रतिष्पर्धीप्रति असहिष्णु प्रतिनिधि छन्।

गैरआवासीय नेपाली भने पनि नेपालको राजनीतिक दलको प्रभावबाट उनीहरु उम्किएको देखिँदैन। यी विषयमा पनि धेरैले टीप्पणी, कटाक्ष र धारणा राखेका छन्। यी विषयलाई नेपाली प्रवत्तिका रुपमा यसरी अर्थ्याउँछन् उद्धव नामको टि्वटर ह्यान्डल भएका एक प्रयोगकर्ता, 'एकपटकको नेपाली सधैंको नेपाली, त्यसै भन्या हो र? जहाँ पुगेर जेसुकै गरे पनि चेतनास्तर चाहिँ उही हुँदो रहेछ!'

पार्टीकरणमाथि प्रिन्सबाबु ह्यान्डलवाला ट्विटरकर्ताको टीप्पणी छ, 'परिवार छोड्यो, देश छोड्यो तर पार्टी छोडेन।'

यसैगरी युङ्जा मिजा ह्यान्डिलमा ट्विट गर्ने देविका घर्तिमगर एनआरएनए ह्यासट्याग दिँदै लेख्छिन्, 'भनेसी जता गएनी कुटपिट/ठोकठाक नछुट्ने रैछ हैन्त!' यस विषयमा कमल घिमिरेको भनाइ छ, 'कसैले एयरपोर्टको सिसा फोरे, कसैले होटलको कुर्ची टेबल फोरे, कसैले सोझा खाले र लहैलहैमा आफू एनआरएनए हुँ भन्ने भ्रम पालेका साथीहरुको टाउको फोरे। भेडो धेरै दिन जुध्न पाएन भने भित्तामा टाउको ठोक्न थाल्छ रे! हाम्रा भेडाले त्यही गरेका हुन्।'

विदेशमा करोडौं कमाएको तथा नेपालमा लगानी गर्ने बताउने गैरआवासीय नेपाली संघको सम्मेलनका लागि नेपाल सरकारले अनुदान दिनुपर्ने कुरा पनि धेरैलाई चित्त बुझेको छैन। यस विषयमा पनि सामाजिक सञ्जालमा प्रशस्त टीप्पणी पोष्ट भएका छन्। यीमध्ये विनोद पोखरेलको धारणा यस्तो छ, 'एनआरएनएले जात्राको लागि फेरि पनि दुःखी-गरिबकै कर रकमबाट नेपाल सरकारले नै भोजभतेर गरिदिनु पर्ने? रात्रीभोज र दारु पार्टीको खर्चसम्म नेपाल सरकारसँग चन्दा मागिएको अवस्था छ। देशलाई केही दिने भनेर स्थापित संस्था नेपाली जनताको करबाट उठेको रकमले भोज र मोज गरेर खानुपर्ने !'

कति गैरआवासीय नेपालीहरु नै एनआरएनएका नाममा भइरहेका गतिविधिबाट सन्तुष्ट छैनन्। एक गैरआवासीय नेपाली राजन अधिकारी एनआरएनएको सदस्यता परित्याग गर्न यसरी सुझाउँछन्, 'मैले त लिएकै छैन। यदि यताका कसैले लिएका छौं भने आजैबाट परित्याग गरिहालौं एनआरएनए सदस्यता! होइन भने तिमीहरु पनि जिम्मेवारी लेओ, आफ्ना नेताको हर्कतको।'

विनायक अधिकारीलाई एनआरएनएको सदस्य भन्न नि लाज मान्नुपर्ने अवस्था आएजस्तो लागेको छ। एनआरएनएको सम्मेलनमा भइरहेका गतिविधिप्रति लज्जा प्रकट गर्दै लेख्छन्, 'अव एनआरएनएको एउटा सदस्य हुँ भन्न पनि लाज मान्नुपर्ने भयो कि कसो? हामीले केही सिक्नु त परै जाओस्, उतै (नेपाल)बाट आउँदा ल्याएको नैतिकता, इमानदारिता र सभ्यता पनि बारबिक्यू गरेर खायछौं त है?'

विदेशमा बसे पनि आफू एनआरएनए नरहेको उल्लेख गर्नेहरु पनि प्रशस्तै छन्। तीमध्ये अनन्त कोइरालाको कटाक्ष सहितको स्पष्टोक्ति छ, ‘म नेपाली हुँ। विदेशमा बस्छु। तर, म एनआरएनए होइन। समयले यस्तो घोषणा गर्ने दिन ल्यायो हेर्नुहोस्।'

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘लडाइँ नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ’ : दुर्गा प्रसाईँ
एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘लडाइँ नचाहने हो भने राजसंस्थाबारे जनमत संग्रह गरौँ’ : दुर्गा प्रसाईँ बिहीबार, मंसिर १८, २०८२
एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
एनपीएल-२ : क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्