• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सञ्जालमा चुलिँदो चर्चा र कटाक्ष : एनआरएनए अर्थात् नचाहिने नेपाली?

64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  १७:५६
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा चलिरहेको छ। सम्मेलनमा भाग लिन आएका गैरआवासीय नेपालीहरुका क्रियाकलापहरु माथि टिकाटीप्पणी भइरहेका छन्। विमानस्थलमा तोडफोड गर्नेदेखि सम्मेलन स्थलका टेबलकुर्ची तोडफोड गर्नेसम्मका हर्कतहरुका विषयमा धेरैले सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरु राखिरहेका छन्।

कतिले गैरआवासीय नेपालीको छोटकरी रुप एनआरएनएलाई आफ्नै तरिकाले अर्थ्याएका छन्। उनीहरुको हर्कतबाट गैरआवासीय नेपाली भन्न नसुहाउने भन्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ता सुजीव शाक्य लेख्छन्, 'एनआरएनएको अर्थ नन् रिक्वाएर्ड नेप्लिज (नचाहिने नेपाली) पनि हुनसक्छ।'

यसैगरी युवराज पौडेललाई एनआरएनए प्रतिनिधहरुले गरिरहेका गैरजिम्मेवार कामहरु चित्त बुझेको छैन। त्यसैले उनलाई लाग्छ, 'एनआरएनए भनेको गैरजिम्मेवार नेपाली हो भनेर उनीहरुले फेरि प्रमाणित गरेका छन्।'

पत्रकार तीर्थ कोइरालाले जहाँ पुगे पनि नेपालीको असभ्य व्यवहार उस्तै रहेको विषयमा ट्विटरमा कटाक्ष गरेका छन्, 'विदेश गएर, विदेशी मुद्रा आर्जन गरेर, सुकिलो-मुकिलो देखिएर अंग्रेजी बोल्दैमा सबै संस्कारयुक्त, सभ्य र सु-संस्कृत हुन्छन् भन्ने भ्रमबाट फेरि पनि हामीलाई मुक्त गर्न गैरआवासीय नेपाली संघको सम्मेलन सफल भएकोमा बधाई।'

उनको ट्विटलाई कोट ट्विट गर्दै अनमोलमणि धारणा राख्छन्, 'जुन दिनसम्म पलायनवादी सोल्टीहरु नेपालका पार्टीका भातृसंगठन खोलेर बस्छन् नि, हो त्यो दिनसम्म तिनले जतिनै डलर कमाएर फरर अंग्रेजी बोलेर किलकिले कस्सिने गरी टाई लगाए नि ती मान्छे बन्दैनन् हेर्नुस्!'

जेन्टलमेन ह्यान्डलवाला रोविन पौडेललाई भने उनीहरुको यो हर्कतमा खुच्चिङ भन्न मन लागेको रहेछ। त्यसैले उनले ट्विटरमा लेखेका छन्, 'नेपाली नागरिकता त्यागेर विदेशमा बसेर नेपालीहरूलाई सुशासन, अनुशासन, सभ्यता सिकाउने नालायकहरू तिनै हैनन्?'

Ncell 2
Ncell 2
nimb
nimb

एनआरएनए भन्नेहरु नेपालको बेइज्ज्त गर्न आएका हुन् कि सम्मेलन? भनेर प्रश्न गर्दै सन्तोष सापकोटाको भनाइ छ, 'खुब दोष लाउँथे नेपाल र हामी नेपाली यस्तो-उस्तो अनि प्रणाली छैन, के छैन, विदेशमा सिकेको संस्कार अहिले झल्किरा'छ!'

सम्झना उपाध्यायलाई उनीहरुका गतिविधी पटक्कै चित्त बुझेको देखिँदैन। यी क्रियाकलापलाई बाँदर प्रवृत्तिको संज्ञा दिँदै उनी लेख्छिन्, 'अनुशासन, श्रम र बुद्धि जति सबै बेचेर विदेशमा २/४ पैसा कमाएर, सुकिलो लुगा लगाउँदैमा कोही पनि बुद्धिजीवी र असल व्यक्ति नहुने बलियो उदाहरण हो, हाम्रा एनआरएनए भनाउँदाले देखाएको बाँदरे प्रवृत्ति।'

Xtrem

Xtrem

एनआरएनएको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा सभ्यता झल्किरहेको छैन। जित्नका लागि सवै हथकन्डा अपनाउन उम्मेदवार तयार देखिन्छन्। प्रतिष्पर्धीप्रति असहिष्णु प्रतिनिधि छन्।

गैरआवासीय नेपाली भने पनि नेपालको राजनीतिक दलको प्रभावबाट उनीहरु उम्किएको देखिँदैन। यी विषयमा पनि धेरैले टीप्पणी, कटाक्ष र धारणा राखेका छन्। यी विषयलाई नेपाली प्रवत्तिका रुपमा यसरी अर्थ्याउँछन् उद्धव नामको टि्वटर ह्यान्डल भएका एक प्रयोगकर्ता, 'एकपटकको नेपाली सधैंको नेपाली, त्यसै भन्या हो र? जहाँ पुगेर जेसुकै गरे पनि चेतनास्तर चाहिँ उही हुँदो रहेछ!'

पार्टीकरणमाथि प्रिन्सबाबु ह्यान्डलवाला ट्विटरकर्ताको टीप्पणी छ, 'परिवार छोड्यो, देश छोड्यो तर पार्टी छोडेन।'

यसैगरी युङ्जा मिजा ह्यान्डिलमा ट्विट गर्ने देविका घर्तिमगर एनआरएनए ह्यासट्याग दिँदै लेख्छिन्, 'भनेसी जता गएनी कुटपिट/ठोकठाक नछुट्ने रैछ हैन्त!' यस विषयमा कमल घिमिरेको भनाइ छ, 'कसैले एयरपोर्टको सिसा फोरे, कसैले होटलको कुर्ची टेबल फोरे, कसैले सोझा खाले र लहैलहैमा आफू एनआरएनए हुँ भन्ने भ्रम पालेका साथीहरुको टाउको फोरे। भेडो धेरै दिन जुध्न पाएन भने भित्तामा टाउको ठोक्न थाल्छ रे! हाम्रा भेडाले त्यही गरेका हुन्।'

विदेशमा करोडौं कमाएको तथा नेपालमा लगानी गर्ने बताउने गैरआवासीय नेपाली संघको सम्मेलनका लागि नेपाल सरकारले अनुदान दिनुपर्ने कुरा पनि धेरैलाई चित्त बुझेको छैन। यस विषयमा पनि सामाजिक सञ्जालमा प्रशस्त टीप्पणी पोष्ट भएका छन्। यीमध्ये विनोद पोखरेलको धारणा यस्तो छ, 'एनआरएनएले जात्राको लागि फेरि पनि दुःखी-गरिबकै कर रकमबाट नेपाल सरकारले नै भोजभतेर गरिदिनु पर्ने? रात्रीभोज र दारु पार्टीको खर्चसम्म नेपाल सरकारसँग चन्दा मागिएको अवस्था छ। देशलाई केही दिने भनेर स्थापित संस्था नेपाली जनताको करबाट उठेको रकमले भोज र मोज गरेर खानुपर्ने !'

कति गैरआवासीय नेपालीहरु नै एनआरएनएका नाममा भइरहेका गतिविधिबाट सन्तुष्ट छैनन्। एक गैरआवासीय नेपाली राजन अधिकारी एनआरएनएको सदस्यता परित्याग गर्न यसरी सुझाउँछन्, 'मैले त लिएकै छैन। यदि यताका कसैले लिएका छौं भने आजैबाट परित्याग गरिहालौं एनआरएनए सदस्यता! होइन भने तिमीहरु पनि जिम्मेवारी लेओ, आफ्ना नेताको हर्कतको।'

विनायक अधिकारीलाई एनआरएनएको सदस्य भन्न नि लाज मान्नुपर्ने अवस्था आएजस्तो लागेको छ। एनआरएनएको सम्मेलनमा भइरहेका गतिविधिप्रति लज्जा प्रकट गर्दै लेख्छन्, 'अव एनआरएनएको एउटा सदस्य हुँ भन्न पनि लाज मान्नुपर्ने भयो कि कसो? हामीले केही सिक्नु त परै जाओस्, उतै (नेपाल)बाट आउँदा ल्याएको नैतिकता, इमानदारिता र सभ्यता पनि बारबिक्यू गरेर खायछौं त है?'

विदेशमा बसे पनि आफू एनआरएनए नरहेको उल्लेख गर्नेहरु पनि प्रशस्तै छन्। तीमध्ये अनन्त कोइरालाको कटाक्ष सहितको स्पष्टोक्ति छ, ‘म नेपाली हुँ। विदेशमा बस्छु। तर, म एनआरएनए होइन। समयले यस्तो घोषणा गर्ने दिन ल्यायो हेर्नुहोस्।'

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्