'फ्री-भिसा, फ्री-टिकट'काे नीतिविरुद्ध व्यवसायीले हालेकाे रिट खारेज गर्ने सर्वाेच्चकाे फैसला

नेपाल लाइभ | २०७६ असोज ३० बिहीबार | Thursday, October 17, 2019 १६:५५:०० मा प्रकाशित

काठमाठौं- सर्वाेच्च अदालतले सरकारले ल्याएको 'फ्री-भिसा, फ्री-टिकट'को नीति लागू गर्ने निर्णय उल्ट्याउन माग गर्दै म्यानपावर व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले हालेकाे रिट खारेज हुने फैसला सुनाएकाे छ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले उक्त रिट खारेज गर्ने फैसला सुनाएकाे हाे।

संघका तत्कालीन अध्यक्ष गुरुङले सरकारको मन्त्रीस्तरीय निर्णय खारेज गर्न माग गर्दै २०७४ फागुन १५ गते अदालतमा रिट दायर गरेका थिए।

सरकारले २०७२ सालमा खाडीका ६ मुलुकसहित मलेसियामा रोजगारीका लागि नेपाली श्रमिक पठाउँदा अधिकतम १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने निर्णय गरेको थियो। २०७२ असार २१ बाट लागू भएको उक्त निर्णयप्रति व्यवसायीहरुले असन्तुष्टि जनाउँदै आएका थिए।

दुई वर्षपछि सर्वाेच्चले गुरुङले दायर गरेको उक्त रिट खारेज गरेको हाे।